प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनसहित २९ देशका कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । विदेशमा अमेरिकाको कूटनीतिक रणनीति पुनः आकार दिने क्रममा २९ जना राजदूत तथा अन्य दूतावासका वरिष्ठ पदमा रहेका कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो ।
अमेरिकी विदेश मन्त्रालयका दुई अधिकारीलाई उद्धृत गर्दै एपीले प्रकाशित गरेको समाचार अनुसार गत हप्ता कम्तीमा २९ देशका मिशन प्रमुखहरूलाई जनवरीमा उनीहरूको कार्यकाल समाप्त हुने जानकारी दिइएको हो।
फिर्ता बोलाइएका सबै राजदूतहरू बाइडेन प्रशासनको समयमा नियुक्त भएका थिए। ट्रम्पको दोस्रो कार्यकालका सुरुआती महिनामा मुख्यतः राजनीतिक नियुक्तिहरूलाई लक्षित गर्दै गरिएको प्रारम्भिक हटाइबाट उनीहरू जोगिएका थिए। तर, बुधबारदेखि वाशिङ्टनबाट छिट्टै पद छोड्नुपर्ने सूचना पाउन थालेपछि अवस्था परिवर्तन भएको जनाइएको छ।
राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार सेवा गर्ने भए पनि सामान्यतया तीनदेखि चार वर्षसम्म पदमा रहने प्रचलन छ। विदेश मन्त्रालयका अनुसार यस फेरबदलबाट प्रभावित कूटनीतिज्ञहरूले विदेशी सेवाको जागिर गुमाउने छैनन् । उनीहरूले चाहेमा वाशिङ्टन फर्केर अन्य जिम्मेवारी सम्हाल्न सक्नेछन्।
विदेश मन्त्रालयले प्रभावित राजदूतहरूको ठ्याक्कै सङ्ख्या वा नाम सार्वजनिक नगरे पनि यसलाई “कुनै पनि प्रशासनमा हुने सामान्य प्रक्रिया” भनेको छ। विभागले राजदूत राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधि हुने भएकाले “अमेरिका फर्स्ट” एजेन्डालाई अघि बढाउने व्यक्तिहरू सम्बन्धित देशहरूमा छन् भन्ने सुनिश्चित गर्नु राष्ट्रपतिको अधिकार भएको स्पष्ट पारेको छ।
हटाइबाट सबैभन्दा बढी प्रभावित महादेश अफ्रिका हो, जहाँ १३ देशका राजदूतहरू फिर्ता बोलाइएका छन्। त्यसपछि एसियाका छ देशमा राजदूत परिवर्तन भएको छ। युरोपका चार देश, मध्यपूर्वका दुई, दक्षिण तथा मध्य एसियाका दुई (जसमा नेपाल र श्रीलङ्का छन्) र पश्चिमी गोलार्धका दुई देश पनि यस फेरबदलमा परेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्