दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलाको भनाइमा ‘वास्तविक नेता चुनाव जितेर होइन, जनताको भरोसा जोगाएर चिनिन्छ ।’ अब ताजा जनादेशबाट सबैभन्दा ठुलो दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृत्वगणले मण्डेलाले भनेझंै ‘वास्तविक नेता’ बन्नुपर्ने बेला आएको छ । वास्तविक नेता चुनाव जितेरमात्र होइन, जनविश्वास र भरोसा जोगाएरमात्र स्थापित हुनसक्ने भन्ने मण्डेलाको इतिहास पढेरै पनि पुष्टि हुन्छ । देशकाल, परिस्थिति र जनचाहनाअनुरुप काम गर्ने वा नगर्ने मापदण्डको आधार नै निर्वाचनपछिको नेतृत्वको मूल परीक्षा हो । यस परीक्षामा नेतृत्व सफल हुने वा सत्ता र भत्तामा रमाएर बस्ने भन्ने आगामी दिन देखिने नै छन् ।
लोकतन्त्रमा निर्वाचनबाट आएको परिणामले देशका राजनीतिक दलहरूको जनआधारको परिणामले देखाउँछ । निर्वाचनअगाडि गर्ने राजनीतिक भाषण र जनतालाई दिएको आश्वासन कार्यान्ययनमा लग्न त्यति सजिलो हुँदैन । कथनी र करणीमा ठुलो अन्तर भएकाले नै पुराना दलहरू अलोक प्रिय भएका हुन् । अब बन्ने सरकारको प्राथमिकता, कार्यशैली तथा कार्यान्वयनको तौरतरिकाले मात्र ‘बिहानीले दिउँसोको संकेत गर्दछ’ भनेझंै रास्वपाबाट बन्ने सरकारको गति र मतिको आधार तय हुने नै छ ।
निर्वाचन सकिएसँगै लोकतन्त्रको औपचारिक प्रक्रिया टुंगिन्छ, तर यही विन्दूबाट नेतृत्वको वास्तविक परीक्षा सुरु हुन्छ । १६औं अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्, ‘मतदानले नेता छान्छ, तर इतिहासले नेतृत्वको मूल्यांकन गर्छ ।’
मतपेटिकाबाट प्राप्त जनताको ‘म्यान्डेट’ जितको मात्र परिणाम होइन, त्यो जिम्मेवारी, जवाफदेहिता, नैतिकता, भिजन, मिसन र एक्सनको कठोर परीक्षा पनि हो । चुनावका बेला जनतालाई आकर्षक गर्न गरिएका बाचा, देखाइएका सपना र बोलेका शब्द अब व्यवहारमा रूपान्तरण गर्ने वा जितमा रमाएर बस्ने भन्ने नेतृत्वको क्षमतामा निर्भर हुन्छ ।
अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको मन जित्न सफल भएको देखिन्छ । यो दलको इतिहास धेरै छोटो छ । राजनीतिक विश्लेषकका अनुसार प्रजातन्त्रका लागि यस दलमा रहेका जनप्रतिनिधिको योगदान देखिँदैन । जनआन्दोलन २०४६, माओवादी, जनआन्दोलनको हलचल, दोस्रो जनआन्दोलन २०६२÷२०६३, संविधान निर्माण, मधेश आन्दोलन, थरुहट आन्दोलनजस्ता ऐतिहासिक घटना’bout प्रत्यक्ष संलग्न नभएको पुस्ता अहिले जनप्रतिनिधि भएर संसद्मा गएका छन् । ‘नयाँले बनाउँछन्, पुरानाले बिगारे’ भन्ने भाष्यमा ‘कति दम छ ?’ भन्ने मूल्यांकन भविष्यले नै गर्नेछ । यो मुलुकलाई नयाँका नाममा प्रयोगशाला बनाइरहनु हुँदैन । सत्ता प्राप्त भएसँगै ‘नेता सुविधा भोगी बन्ने कि जनउत्तरदायी बन्ने ?’ भन्ने प्रश्नले जनमतको आदर वा अनादर गरेको ठहर्ने छ । अहिलेको जनादेश ‘नेतृत्व जिम्मेवार भएर काम गरोस्’ भन्ने हो ।
राजनीतिमा नेतृत्वको जिम्मेवारी सम्बन्धमा बेलायतका ६१औं र ६३औं प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘जिम्मेवारी लिनु नै नेतृत्वको सुरुवात हो ।’ अहिले नेपाली समाजको आवश्यकता बोध गरेरमात्र पुग्ने अवस्था छैन । समाजमा रहेको पीडा सम्बोधन गर्न आवश्यक छ । इच्छाशक्ति बोलीमा मात्र होइन, व्यवहारमा देखाउने बेला आएको छ । त्यसैले नेतृत्वले सुझबुझसाथ काम गर्नुपर्दछ ।
आधुनिक व्यवस्थापनका ‘पिता’ मानिने पिटर ड्रकरको भनाइमा ‘नेतृत्व लोकप्रियतामा होइन, परिणाममा मापन हुन्छ ।’ अब निर्वाचनपछाडिका दिन देखिने परिणामले मात्र नेतृत्वको वास्तविक अनुहार देखाउने छ । हाम्रो इतिहास ‘राजनीतिक भाषण, नारा र भिडको तालीले देश बन्दैन’ भन्ने कुराको प्रमाण सबैका अगाडि छर्लंग छ । अहिले जनताले रोजगारी चाहेका छन् । प्रशासनमा रूपान्तरण खोजेका छन् । बजार मूल्य घट्यो कि घटेन ? शासनसत्ता पारदर्शी र जनमैत्री भयो कि भएन ? सहकारीपीडितले जम्मा गरेको पैसा फिर्ता पाए कि पाएनन् ? कृषि, पशुपालन क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण भयो कि भएन ? शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार सुरुवात के भयो ? भ्रष्टचार र वेथिति पुरानै अवस्थामा छ कि घट्यो ?लगायत विषयतले जनतालाई छोएको हुन्छ । यही क्षेत्रमा जनताले सकारात्मक परिणाम खोजेका छन् ।
अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको मन जित्न सफल भएको देखिन्छ । यो दलको इतिहास धेरै छोटो छ । राजनीतिक विश्लेषकका अनुसार प्रजातन्त्रका लागि यस दलमा रहेका जनप्रतिनिधिको योगदान देखिँदैन । जनआन्दोलन २०४६, माओवादी, जनआन्दोलनको हलचल, दोस्रो जनआन्दोलन २०६२-२०६३, संविधान निर्माण, मधेश आन्दोलन, थरुहट आन्दोलनजस्ता ऐतिहासिक घटना’bout प्रत्यक्ष संलग्न नभएको पुस्ता अहिले जनप्रतिनिधि भएर संसद्मा गएका छन् ।
भनिन्छ, ‘राजनीतिमा सरकारको कार्यशैली र क्षमता मूल्यांकन गर्न कमसे कमे सय दिनको हनिमुन अवधिले संकेत गर्दछ ।’ अहिंसात्मक आन्दोलनका अध्येता महात्मा गान्धीले भनेका छन्, ‘सत्ता अधिकार होइन, सेवा हो ।’
अब बन्ने सरकारको कार्यक्षमता गान्धीको यही भनाइको मर्मसँग मेल खानुपर्दछ । सरकारले जनताले देख्ने र अनुभव गर्नसक्ने काम गर्न सफल हुनुपर्दछ । जनमतबाट प्राप्त सत्ता जनतामाथि शासन गर्ने लाइसेन्स होइन, जनसेवामै समर्पित गरिने कर्तव्य हो । विगतका सरकारले जनहितमा काम गर्न नसक्दा जेनजी आन्दोलनमात्र भएन, यसले राजनीतिक परिदृश्यमै उथलपुथल ल्याइदियो । कुशासन र सत्ताको लकामारीले विगतको सरकारप्रतिको जनविश्वास घट्दै गयो । फलत ः अहिलेको निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको योग्यता, क्षमता र योगदान नै नहेरी ‘घण्टी’ चुनाव चिह्नमा छाप लगाए । समाजमा व्याप्त असन्तोष भएकाले तीन वर्षको इतिहास भएको रास्वपाले यति ठुलो जनमत ल्याउन सफल भएको छ । यो जनादेशको कदर गरियोस् ।
अहिले राजनीतिक बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीले जसरीे निर्वाचनमा जनसमर्थन पायो, ‘त्यसरी नै देशलाई राम्रोसँग अगाडि बढाउन सक्ला कि नसक्ला ?’ भन्ने कोणबाट विचार आउने गरेका छन् । विगतकामा दलहरूले गरेका गल्तीबाट पाठ सिकेर अगाडि बढ्नसके यो दलले प्राप्त गरेको जनसमर्थनको कदर हुने छ । ‘मेरो गोरुका बाह्रै टक्का’को आत्मकेन्द्रीत शैलीबाट निर्देशित भएमा जनताले जति नै मत दिए पनि देशले निकास पाउनसक्ने छैन । अबको नेतृत्वले देशमा विगतजस्तै अरबौंका भ«ष्टाचारका प्रकरण, आर्थिक अनियमितता, स्वार्थको राजनीतिक लडाइ, नातावाद, कृपावाद, फरियावादमा नफसोस् । जनसेवक बनोस् । राष्ट्रनिर्माता बनोस् । रास्वपाको नेतृत्वले बुभ्mन जरुरी छ कि सेवाभाव हराएको सत्ता वा नेतृत्व टिकाउ हुँदैन ।
जेनजीपछाडि २६ नयाँ दल बने । तर, जनताले जनआन्दोलनअगाडिको संसद्मा २१ सिट ल्याएर सरकारमा समेत गएको दललाई नयाँ दलका रूपमा बुझेको देखिन्छ । अहिलेको निर्वाचनमा नेपाली समाजले नयाँ दलभन्दा पनि घण्टी चुनाव चिह्नमा एकोहोरिएर मतदान गरेको देखिन्छ । ‘कुन उम्मेदवारलाई मतदान गर्दैछु ?’ भन्ने पनि थाहा नभएका मतदाताले ‘घण्टी चुनाव चिह्नलाई मतदान गर्नुपर्दछ’ भनेको सुनियो । सामाजिक सञ्जालमा देखियो ।
एकातिर कांग्रेस, एमाले र माओवादीले सञ्चालन गरेका सरकारको कार्यशैली ‘जनमैत्री’ थिएनन् भने अर्कोतिर यी दलबाट नेतृत्वमा पुगेका नेतागणका कमीकमजोरी आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको थियो । नेपाली कांगे्रसमा गगन थापा र विश्वप्रकाश शर्माहरूले दलभित्रका कमीकमजोरी सुधार गर्न नेतृत्व परिवर्तनसम्म गर्न भ्याएका थिए । निर्वाचनकै मुखमा गरिएको यो सुधारले समाजलाई गहिरो छाप पार्न सकेन । दलभित्रको सुधारमा लागेका गगन थापा आपूm नै निर्वाचित हुन सकेनन् ।
अहिले नेपाली समाजमा ‘पुरानाले बिगारे, नयाँले सपार्छन्’ भन्ने जनविश्वास देखिन्छ । नयाँ दलका नाममा रास्वपालाई भारी मत दिएका छन् । यो विश्वासलाई कायम राख्न रास्वपालाई सहज भने देखिँदैन । ‘नयाँले गर्छन्’ भन्ने जनविश्वासलाई सार्थक रूप दिनका लागि यो दल सफल बनोस् । समाजको यो विश्वास, अपेक्षा र भविष्यप्रतिको आशा निराशामा नबद्लियोस् । मतपेटिकाबाट आएको जनादेशलाई नेतृत्वले जिम्मेवारी, इमानदारी तथा दूरदृष्टिसाथ बुभ्mन सकेनन् भने यो जनादेश छिट्टै भत्कने छ । त्यसैले रास्वपाको परीक्षाको घडी सुरु भएको छ । यो परीक्षामा सफल हुने वा असफल हुने भन्ने गफ र अरुलाई आलोचना गर्ने गर्ला र कलाले हुन सक्दैन । परिणाममुखी कामको आधारमा मात्र अहिले समाजमा चुलिएको असन्तोष सम्बोधन गर्न सम्भव हुनेछ ।
अतः मतदाताले मतपेटिकामा हालेको प्रत्येक विश्वास परिवर्तनको चाहना, राजनीतिक स्थिरता अपेक्षा र सुशासनको आग्रह हो ।
अहिलेको नेतृत्वले विगतका सरकारले गरेका कमीकमजोरीलाई दल निर्माण र नेतृत्व निर्माणको स्रोत बनाएकाले पुरानाले गरेको गल्तीको पुनरावृत्ति नहोला भन्ने आशा गर्न सकिन्छ । हरेकपटक आउने नयाँ राजनीतिक दलले देखाउने गरेको आशामा भोगेकोे निराशा नेपाली समाजले भोग्न र अनुभव गर्न नपरोस् ।
(लेखकको यो निजी विचार हो)
(Visited 9 times, 1 visits today)
