निर्मला राईले जितिन् मञ्जुश्री ट्रेल रेसमा १०० माइलको उपाधि

निर्मला राईले जितिन् मञ्जुश्री ट्रेल रेसमा १०० माइलको उपाधि


२५ चैत, काठमाडौं । निर्मला राईले चौथो मन्जुश्री ट्रेल रेसमा १०० माइल महिलातर्फको उपाधि जितेकी छन् ।

उनले १०० माइल दूरी ३४ घन्टा ५४ मिनेट ३० सकेन्डमा पूरा गर्दै च्याम्पियन बनिन् भने यसअघि अनिता राईले कायम गरेको कीर्तिमान पनि तोडिन् ।

यो रेस पूरा गर्न अनिता राईलाई ३६ घन्टाभन्दा बढी समय लागेको थियो । यसअघि कीर्तिमान राखेकी अनिताले यस पटक ३५ घण्टा ५७ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् । यस्तै ३९ घण्टा ३२ मिनेट २ सेकेण्डमा रेस पूरा गरेकी एनी फुर्बा शेर्पा तेस्रो भइन् ।

उक्त रेस नेपालको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनबाट आइटीआरए पोइन्ट पाउने रेसमध्ये एक हो ।

नेपालकै सबैभन्दा लामो ट्रेल रेसको रुपमा रहेको ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गत १०० माइल पुरुषतर्फको उपाधि अर्जुन कुलुङ राईले जितेका छन् ।

यस्तै महिला १०० किमितर्फ पदमकुमारी सुनुवारले २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भइन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School