नागरिकमा बिमाको पहुँच : RajdhaniDaily.com

नागरिकमा बिमाको पहुँच : RajdhaniDaily.com



राज्यले बिमा क्षेत्रलाइ प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा पैतिस प्रतिशत नागरिकले मात्र बिमाको पोलेसी अन्तर्गत बिमा गरेका छन् । यस भित्र वैदेशिक रोजगारीमा गएकाहरुको पनि समावेश गरिएको छ । बिमा साितिको प्रतिवेदल अनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बिमा अन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षहरुमा नागरिकमा बिमा सम्वन्धि ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखन्छ । हाल देशमा १९ वटा जीवन बीमा ,२० वटा निर्जिवन बीमा र २ वटा पुनर्बिमा कम्पनी सन्चालनमा रहेका छन् । बिभिनन बीमा कम्पनीहरुले ३ हजार २ सय ७९ वटा कार्यालय मार्फत बीमा सेवा दिदै आएका छन् । जेठ मसान्तसम्म जीवन बीमा र निर्जिवन बीमा अन्तर्गत ९० अर्ब रुपैया जम्मा गरेको बीमा समितिले जनाएको छ ।

पछिल्ला वर्षहरुमा बीमा सम्वन्धि चेतना विस्तार गर्न विभिन्न प्रशिक्षण तथा प्रचार प्रसार बढाइएकोले बीमा कार्यक्रममा नागरिकको सहभागिता बढेको देखिन्छ । यही क्रमले बीमा गर्नेहरुको मात्रा बढेमा आगामी वर्षमा चालिस प्रतिशत पुग्ने अनुमान गरिएको छ । बीमा क्षेत्रको दायरा विस्तार गर्नका लागि हरेक प्रदेशमा प्रादेशिक कार्यालय खोल्ने तयारी पनि बीमा समितिले गरेको छ । पहिलो चरणमा मधेश ,कणार्ली र सात नम्बर प्रदेशमा कार्यालय खोल्ने नीति लिइएको छ । बीमा समितिका अनुसार कोरोना बीमा अन्तर्गत कम्पनीहरुले १० अर्ब ५० करोड रकम दिन बाकी रहेको छ । यसलाइ हेर्दा १ लाख ५ हजार बिमितले अझै भुक्तानी पाएका छैनन् ।

बिमाको धेरै फाइदा पनि रहेका छन् । यसबाट बचत गर्ने बानीको विकास हुन्छ भने परेको बखतमा सुलभ ब्याजदरमा ऋण समेत लिन पाइन्छ । हरेक हिसाबले बिमाको याजनामा सहभागी रहनु सकारात्मक देखिन्छ । आर्थिक विकासमा बीमा व्यवसायले खेलेको भुमिकालाइ दुइ कोणबाट हेर्न सकिन्छ । ती छन् जीवन बीमा र निर्जिवन बीमा । जीवन बीमाको कोणबाट नियाल्दा बीमा व्यवसायले व्यकित वा परिसारको विमित व्यक्तिको मृत्युभएमा उसलाइ बीमा लेखमा उल्लेख भए अनुसारको क्षतिपूर्ति उपलब्ध गराउछ जसबाट बाकी परिवारले जविनयापनका लागि केही स्रोत पाउछन् । यो जविन बमिाको पहिलो प्रभाव हो ।

दोस्रो बिमित व्यक्तिको असामयिक निधन नभएमा बीमालेख परिपक्व हुनासाथ बीमित व्यक्तिले बिमादेखमा उल्लेख भए अनुसारको रकम एकमुष्ट प्राप्त गर्नसक्छ । जुन रकमले किमित व्यकितले धेरै कार्य गर्न सक्छ । तेस्रो जीबन बीमा गर्दा व्यकितले प्रिमियम दाखिला गर्नुपर्ने भएकोले अनिवार्य रुपमा बचत गर्ने बानीको विकास हुन्छ । चौथो जीवन बीमा गरिएको छ भने बीमा लेख धितोमा राखेर कर्जा समेत लिन सकिन्छ । यसले साना साना आर्थिक आवश्यक्ता पुरा गर्न सहयोग गर्छ । पाचौ स्वास्थ्य बीमा गरिएको छ भने बिरामी पर्दा आइलाग्ने धेरै खर्चबाट व्यक्तिलाइ पर्ने आर्थिक भार कम हुन्छ । छैठौ जविन बीमा गर्नु सभ्यता ,आधुनिकता र दूरदर्शिताको प्रतिक समेत हो । जिवन बीमा गर्ने व्यक्तिको समाजमा पृथक र सम्मानजनक स्थान रहन्छ । यसले सामाजिक प्रतिष्ठा बृध्दिगराउछ ।

विद्यालय तहको पाठ्यक्रममा पनि बीमाको ’boutमा पठन पाठन गरिनु जरूरी छ

व्यवसायिक जीवनमा बीमाको अझ ठूलो महत्व रहेको छ । निर्जिवन बीमाले व्यवसायिलाइ हुने आकस्मिक वित्तिय जोखिमबाट जोगाउछ । उदाहरणका लागि अग्नि र तारा यरलाइन्सको २०६७सालमा भएको दुर्घटनामा ती विमानहरुको बीमा नगरिएको भए दुवै यरलाइन्सहरु आर्थिक रुपले सकटग्रस्त भैसक्थे । त्यसैले व्यवसायिक जविनमाबीमाको पहिलो महत्व यसले व्यवसायलाइ भविश्यमा पर्न सक्ने सम्भावित आर्थक जोखिमको प्रभावबाट जोगाउछ । दोस्रो बीमा गरेपछि कतिपय आर्थिक जोखिम कम भए पछि व्यवसायिले तनावरहित भइ कार्य गर्न पाउछ जसबाट उत्पादकत्वमा सकारात्मक प्रभाव पर्न गइ आर्थिक कृयाकलाप विस्तार हुन्छ ।

तेस्रो बीमा व्यवसायले कृषि उद्योग खनिज आदि वै क्षेत्रको जोखिम कम गर्न सहयोग गर्छ । जसबाट लगानीकर्ता आकर्षित भइ पुजी बृध्दि हुनजान्छ । चौथो अर्थतन्त्रमा बीमा व्यवसाय बढदै गएमा अप्रत्यक्ष रुपमा उपभोग कटौती भइ राष्ट्रिय बचतको भाग पनि बढछ जुन नेपालजस्तो अल्पविकसित देशको लागि अतिनै जरुरी देखिन्छ । पाचौ अर्थतन्त्रमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि औद्योगिक श्रमसम्वन्ध ,सरकारी नीति ,कच्चा पदार्थको उपलब्धता र बजारको पहुच जस्ताविविध तत्वको आवश्यक्ता पर्छ । लगानीमैत्री वातावरणको अर्को पुर्वशर्त भनेको उपयुक्त मात्रामा अर्थतन्त्रमा बीमा व्यवसायको विकास हुनु पनि एक हो । त्यसैले बीमा व्यवसायले अर्थतन्त्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग गर्छ ।

नेपाली अर्थतन्त्र दोधारे चरित्रको रहेको छ । शहर ,बजार ,सस्थागत क्षेत्र र औद्योगिक गतिविधिबाट टाढा रहेको ग्रामीण र कृषि क्षेत्र पनि नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण अग हो । यस क्षेत्रमा सन्चालित साना साना व्यवसायहरु पसल ,उद्यम ,कृषि घरेल’ व्यवसाय ,पशुपालन कुटिर उद्योग व्यवसायिक कृषि आदि कार्यमा हुने जोखिमहरुको बीमा गर्ने प्रचलन प्रभावकारी रुपमा भएको छैन । यो लघु बीमा व्यवसायलाई विकसित गर्न पनि आगामी दिनमा नीतिगत निकायले ध्यान दिनु जरुरी देखिन्छ । बीमा कम्पनी र ग्राहक बीचमा प्रत्यक्ष रुपले बाक्लो भेटघाट हुदैन । यी दुवै पक्षका बीचमा बीमा अभिकर्ताहरुले समन्वय ग।ेका हुन्छन् । जसलाई व्यवहारिक प्रचलनमा एजेन्ट भन्ने गरिन्छ । यी बमिा एजेन्टहरुलाइ व्यक्तिगत र सस्थागत एजेन्ट गरी दुइ भागमा विभाजन गरिन्छ ।

स्थागत एजेन्टलाइ पनि बैक एजेन्ट र अन्य एजेन्ट गरी दुइ भागमा राखिन्छ । वैक तथा वित्तिय सस्थाहरुले बीमाको एजेन्टका रुपमा कार्य गरेर बीमा सेवा उपलब्ध गराउने कार्यलाइ बैक बीमा भनिन्छ । नेपालमा बैक बीमाको मात्रा भने अत्यन्तै कम रहेको अवस्था छ । यसलाई बढाउनका लागि आवश्यक नीति र कार्यक्रमहरु बनाउनु पर्ने खाँचो रहेको छ । हाल देशमा कतिपय सहकारी सँस्था ,गैरसरकारी सँस्था र बचत तथा कर्जाको काम गर्ने अर्ध सँगठित सँस्थाहरुले बीमा समितिबाट इजाजत नलिई बीमा कारोबार गरिरहेका छन् । यो ज्यादा ठूलो जोखिमपूर्ण कार्य समेत हो । प्रचलित कम्पनी व्यवस्था अनुसार बीमा समितिको इजाजत नलिई बीमा सम्वन्धिव्यवसाय सन्चालन गर्न मिल्दैन ।

नेपाल बीमा प्राधिकरण निर्माण गरी विमालाई बैकजस्तै शक्तिशाली नियमनकारी निकाय बनाउनु पर्छ

अत यस चुनौतीलाई सच्याउन पनि आवश्यक नीतिको व्यवस्था हुनु जरुरी देखिन्छ । नेपालमा बीमा क्षेत्रको नियमनकारी निकायबीमा समिति हो । तर हालको अवथामा बीमा व्यवसायको बढ्दो चुनौतीसँग जुध्न बीमा समितिलाई आवश्यक अधिकार उपलब्ध भएको देखिदैन । त्यसैले बीमा समितिको नाम नै परिवर्तन गरेर नेपाल बीमा प्राधिकरण राखेर यसलार्य राष्ट बैकजतै शक्तिशाली नियमनकारी निकाय बनाउनु पर्छ । यसो भएमा बीमा व्यवसायको क्षेत्रमा देखिइका समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ । बीमा क्षेत्रमा व्यवस्थापकीय तहको जनशक्ति उचित मात्रामा उपलब्ध नहुनु यस क्षेत्रको अर्को समस्या हो । यस समस्यालार्य हल गर्न राष्टिय स्तरको बीमा प्रशिक्षण केन्द्र स्थापना गर्नुका साथै क्षेत्तिय स्तरमा समेत घुम्ती तालिमहरु सन्चालन गर्नपर्छ ।

नेपालका विश्वविद्यालयहरुका नातक तहका लागि बीमा विषयलाई उचित स्थान दिएर समावेश गर्दै सतकोत्तर तहमा बीमा विषयका अध्ययन अध्यापन हुने प्रवन्ध मिलाई यस क्षेत्रको प्राज्ञिक र व्यवहारिक दक्षता बढाउन प्रभावकारी व्यवस्था मिलाउदै जानुपर्छ । यसका साथै विदालय तहको पाठ्रयक्ममा पनि बीमा ’boutमा पाठ समावेश गरी पठन पाठन हुनुपर्छ । विश्व व्यापार सँगठनको सदस्यको नाताले सन् २०१० जनवरी देखि नेपालले सेवा क्षेत्रमा उदारीकरणको निित अवलम्वन गरेको छ । यस प्रवधानले गर्दा भविश्यमा विदेशी बीमा कम्पनीका शाखाहरु न्ेपालमा पनि स्थापना हुन सक्छन् । बीमा क्षेत्रका समस्यालाई समाधान गर्नका लागि वस्तुपरक विकल्पहरुको खोजी गर्नुपर्छ ।

नेपालमा बीमा व्यवसायको प्भावकारीता बढाउनका लागि यस क्षेत्रमा रहेका थप समयाहरुको पहिचान गर्नुपर्छ । बीमा अभिकर्ताहरुलाई उचित तालिमको प्रबन्ध नहुनु ,बीमा सेवा शुल्क महँगो हुनु , बीमा सम्वन्धि नागरिकमा चेताना कम हुनु , सस्थ्यबीमाको विस्तार नहुनु ,निितगत निकायहरु खासगरी अर्थ मन्त्रालय ,नेपाल राष्टबैक ,राष्टिय योजना आयोग बीमा समिति र बितोपत्र बोर्डका बीचमा समन्वय अभावमा प्रभावकारी कार्य सम्पादन हुन सकेका छैनन् ।

The post नागरिकमा बिमाको पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School