प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार
डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिंगोमा नाइट क्लबमा छत ढल्दा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टावियो डोटेलको पनि घटनामा मृत्यु भएको छ ।
लोकप्रिय मरेन्जे गायक रुबी पेरेजको कन्सर्टको समयमा नाइट क्लबमा भएको हो । वेडेका थुप्रै मानिस क्लब भित्र थिए ।
करिब ४०० उद्धारकर्मीहरू अहिले पनि जीवित व्यक्ति खोजिरहेका छन् । मृत्युको संख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
आपतकालीन अपरेसन केन्द्र का निर्देशक जुआन मानेल मेन्डेजले अझै पनि मानिसहरु जिवित रहन सक्ने अपेक्षा गरेका छन ।
जेट सेट सान्तो डोमिंगोको एक लोकप्रिय नाइट क्लब हो । यसले नियमित रूपमा सोमवार साँझ डान्स म्यूजिक कन्सर्टहरूको आयोजना गर्छ ।
त्यहाँ राजनीतिज्ञ, खेलकुदका व्यक्तित्व र अन्य प्रमुख व्यक्तिहरू उपस्थित हुने गर्दछन ।
क्लबको भित्रको भिडियो फुटेजमा मानिसहरू स्टेजको अगाडि टेबलमा बसेका देखिन्छन । केही नाच्दै गरेका छन् भने रुबी पेरेज संगीत गाउँदै गरेको देखिन्छन ।
एक व्यक्ति स्टेजको नजिक उभिएका छन् देखिन्छन । कसैले छतबाट केहि खसाएको छ भनेर उनले औंला छततर्फ इशारा गर्दै गरेको पनि भिडियो फुटेजमा देखिन्छ ।
राष्ट्रपति अबिनाडेरले प्रभावित परिवारहरूलाई समवेदना प्रकट गरेका छन्।