नाइट क्लवको छत खस्दा ७९ जनाको मृत्यु, १५० भन्दा धेरै घाइते



प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिंगोमा नाइट क्लबमा छत ढल्दा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टावियो डोटेलको पनि घटनामा मृत्यु भएको छ ।

लोकप्रिय मरेन्जे गायक रुबी पेरेजको कन्सर्टको समयमा नाइट क्लबमा भएको हो । वेडेका थुप्रै मानिस क्लब भित्र थिए ।

नाइट क्लवको छत खस्दा ७९ जनाको मृत्यु, १५० भन्दा धेरै घाइते

नाइट क्लवको छत खस्दा ७९ जनाको मृत्यु, १५० भन्दा धेरै घाइते

करिब ४०० उद्धारकर्मीहरू अहिले पनि जीवित व्यक्ति खोजिरहेका छन् । मृत्युको संख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

आपतकालीन अपरेसन केन्द्र का निर्देशक जुआन मानेल मेन्डेजले अझै पनि मानिसहरु जिवित रहन सक्ने अपेक्षा गरेका छन ।

जेट सेट सान्तो डोमिंगोको एक लोकप्रिय नाइट क्लब हो । यसले नियमित रूपमा सोमवार साँझ डान्स म्यूजिक कन्सर्टहरूको आयोजना गर्छ ।

त्यहाँ राजनीतिज्ञ, खेलकुदका व्यक्तित्व र अन्य प्रमुख व्यक्तिहरू उपस्थित हुने गर्दछन ।

क्लबको भित्रको भिडियो फुटेजमा मानिसहरू स्टेजको अगाडि टेबलमा बसेका देखिन्छन । केही नाच्दै गरेका छन् भने रुबी पेरेज संगीत गाउँदै गरेको देखिन्छन ।

नाइट क्लवको छत खस्दा ७९ जनाको मृत्यु, १५० भन्दा धेरै घाइते

एक व्यक्ति स्टेजको नजिक उभिएका छन् देखिन्छन । कसैले छतबाट केहि खसाएको छ भनेर उनले औंला छततर्फ इशारा गर्दै गरेको पनि भिडियो फुटेजमा देखिन्छ ।

राष्ट्रपति अबिनाडेरले प्रभावित परिवारहरूलाई समवेदना प्रकट गरेका छन्।





Source link

Leave a Comment