नाइजरमा बाढीले ४०० को ज्यान लियो, १५ लाख विस्थापित



प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

नाइजरमा बाढीका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएका छन ।

गत वर्ष नाइजरमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण १५ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका हुन ।

बाढीका कारण नाइजरमा झन्डै ४०० जनाको ज्यान गएको छ । “बाढीले सन् २०२४ को अवधिमा ३९६ जनाको ज्यान लियो,” आन्तरिक मन्त्री मोहम्मद तोम्बाले भनेका छन ।

नाइजरमा बाढीले ४०० को ज्यान लियो, १५ लाख विस्थापित

नाइजरमा बाढीले ४०० को ज्यान लियो, १५ लाख विस्थापित

दुई लाख भन्दा बढी घरहरू प्रभावित भएका छन् । नाइजरमा जलवायु परिवर्तनले गम्भीर खडेरी र मुसलधारे वर्षा जस्ता चरम मौसमी घटनाहरूको सम्भावना, तीव्रता र लम्बाइ बढिरहेका छन ।

चर्को खडेरीले स्थितिलाई अझ खराब बनाएको छ । राष्ट्रिय मौसम विज्ञान कार्यालयका अनुसार देशका केही भागमा गत वर्षको तुलनामा २०० प्रतिशत बढी वर्षा भएको छ ।

राजधानी नियामी समेत वर्षाका कारण सडकमा क्षति पुगेको छ । गत वर्षको वर्षाले एक लाख ५८ हजार भन्दा बढी घरहरू ध्वस्त पारेको थियो । साथै, ३१ हजार गाईवस्तुको मृत्यु भएको थियो ।





Source link

Leave a Comment