नर्थ क्यारोलिनाको आरटीपी क्षेत्रमा पहिलो ल्होसार कप हुने



प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार

a soccer ball sitting on top of a lush green field

तस्बिर: गिएरो सास्की

ल्होसारको अवसरमा नर्थ क्यारोलिनाको आरटीपी क्षेत्रमा पहिलो “ल्होसार कप” आयोजना हुने भएको छ। आरटीपी क्षेत्रमा बसोबास गर्दै आएका १ सय २० जना नेपाली फुटबल खेलाडीहरूबीच फुके नेपाली फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो।

त्यस्तै, सह–आयोजकका रूपमा हिमालयन फुटबल क्लब, होपेक्स र योलो फुटबल समूह रहेका छन्। विभिन्न आठ टीमबीच हुने ल्होसार कप आगामी फेब्रुअरी १४ देखि मार्च ७ तारिखसम्म सञ्चालन हुने भएको छ।

प्रतियोगितामा बौद्धनाथ एफसी, स्वयम्भूनाथ एफसी, पशुपतिनाथ एफसी, लुम्बिनी एफसी, मन्जुश्री एफसी, नमोबुद्ध एफसी, मुक्तिनाथ एफसी र भैरवनाथ एफसी गरी आठ टिम सहभागी हुनेछन्।

प्रतियोगिताका अधिकांश खेल एपेक्सको नेचर पार्कमा हुनेछन् भने फाइनल खेल प्लेजेन्ट पार्कमा आयोजना गरिनेछ। आरटीपी क्षेत्रमा लामो समयदेखि दशैंको अवसरमा होपेक्सले “आरटीपी दशैं कप” आयोजना गर्दै आएको छ।

त्यस्तै, हालका वर्षहरूमा एभरेष्ट क्रिकेट क्लबले साना स्तरमा “न्यू इयर कप” आयोजना गर्दै आएको छ।





Source link

Leave a Comment