रोगले संक्रमित ग-यो भने व्यक्तिको जीवनै संकटपूर्ण बन्छ । समयमै उचित औषधि उपचार नगरे ज्यानै जानसक्छ । तथापि, रोग संक्रमणको असर भने अधिकांश त सम्बन्धित व्यक्तिमै सीमित रहन्छ । नजिकको उठबस बेगर सजिलैसँग अरूमा फैलन सक्दैन । यसैगरी, चौपाय र नवस्पतिमा रोग संक्रमण भए र उपचार नगरे क्रमशः सजीवनता नै लोप हुन सक्छ । तर, द्रव्य पिपासु राजनीतिज्ञद्वारा मुलुक संक्रमित भए मुलुक र मुलुकवासीकै जीवनस्तर कष्टकर बन्छ । यसैले संक्रमणको प्रकृति र असर भने देश र देशवासी, चौपाय र वनस्पतिको नितान्त भिन्न हुन्छ । चौपाय र वनस्पतिमा हुने अधिकांश संक्रमण रोगकै सूक्ष्म जीवाणु वा ब्याक्टेरियाद्वारा हुन्छ भने देश र देशवासीमा फैलने राजनीतिक संक्रमण जनविश्वास प्राप्त गरेकै द्रव्य पिपासु व्यक्तिबाटै हुन्छ । द्रव्य पिपासुद्वारा फैलने संक्रमणको प्रभाव पनि मुलुकको सम्पूर्ण भैगोलिक क्षेत्रदेखि सर्वसाधारण नागरिकसम्म बृहत्तर क्षेत्रमा फैलन्छ । यो देश र देशवासीलाई संक्रमित पार्ने राजनीतिक भाइरस हो ।
द्रव्य पिपासु त्यस्तो व्यक्ति हो, जसका लागि धन सम्पत्तिभन्दा ठूलो कुरो अरू हुँदैन । ऊ सधैं नगद आर्जनकै लागि लुब्ध रहन्छ । जसरी भए पनि कमाउनकै लागि आशक्त र लालची बनिरहन्छ । आर्जन नै उसको मुख्य उद्देश्य हुन्छ । आर्जनका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि पर्दैन । न त आफन्त, साथीसंगति र सामाजिक प्रतिष्ठाले नै उसलाई छेक्छ । नेपालमा करिब एक दशक पहिलेबाटै आएको द्रव्य पिपासुको संक्रमणले मुलुकको सबै क्षेत्रलाई अहिले प्रभावित बनाएको छ । संक्रमणको असर नपुगेको न त राज्य संयन्त्र नै छ, न त समाज र नागरिक नै । संक्रमणको अहिलेको यही अवस्थाले नेपाल राज्य त छ तर त्यहाँ राज्य प्रशासन छैन । लोकतन्त्र छ तर लोकतान्त्रिक व्यवहार छैन । जनप्रतिनिधि नेता पनि छन् तर व्यवहारका जननेता छैनन् । जनप्रतिनिधिकै सत्ता छ तर ‘जनसत्ता छैन’ भन्ने आभास दिलाइरहेको छ ।
नेपालको राज्य प्रशासन द्रव्य पिपासुकै प्रशासनमा परिणत भएको र देश र जनताको हितमा भन्दा द्रव्य पिपासुकै हितमा राज्य सञ्चालित गरेर देशलाई कंगाल बनाउँदै ल्याएको आभास द्रव्य पिपासुकै व्यवहारले विश्व समुदायमाझ दिँदै आएको छ । देश र देशवासीलाई संक्रमित गर्ने द्रव्य पिपासुका जीवाणु भनेका सत्तासीन जनप्रतिनिधि नै हुन् भने चौपाय र वनस्पतिलाई संक्रमित बनाउने जीवाणु रोग फैलाउने ब्याक्टेरिया नै हुन् ।
यसर्थ, यी दुई जीवाणु नितान्त भिन्न प्रकृतिका हुन्छन् । यी दुईमा हुने अर्को भिन्नता जनावर र वनस्पतिमा लाग्ने संक्रमणको जीवाणुलाई औषधि उपचारले नै नियन्त्रण गरी सजीवता जोगाउन सकिन्छ । तर, देश र देशवासीलाई संक्रमित पार्ने द्रव्य पिपासु जीवाणुलाई नियन्त्रण गर्ने न कुनै औषधि नै छ, न कुनै साधन र ‘मेकानिज्म’ नै छ । तथापि सत्तासीन द्रव्य पिपासुद्वारा फैलिने जीवाणुलाई निर्मूल पार्ने क्षमता आमनेपालीमा भए पनि पछिल्लो समयमा उल्टै सर्वसाधारण नेपालीलाई नै द्रव्य पिपासुले पकडमा पार्दा जनशक्ति नै प्रभावहीन देखिँदै आएको छ । तथापि, यसप्रतिको जनजागरण अहिले विस्तारित भइरहेकाले ढिलो वा छिटो नेपाली जनताले द्रव्य पिपासु जीवाणुलाई नेपाली भूमिबाटै निर्मूल पार्नेछन् । त्यसका लागि आमनेपालीकै पारस्परिक साथ सहयोग पनि उत्तिकै आवश्यक छ ।
जनप्रतिनिधिकै नकावधारी द्रव्य पिपासु भाइरसले मुलुकको कुनकुन क्षेत्रमा कस्तो संक्रमण फैलाएका छन् ? त्यसको अहिलेको अवस्था कस्तो छ ? भन्ने’bout चर्चा गरौं ।
१. आर्थिक क्षेत्र
आर्थिक दृष्टिले मुलुक अहिले पूर्णरूपमा परिनिर्भर भएको छ । आफ्नै स्रोत साधनमा राज्य चलाइएको छैन । अनुदान एवं आन्तरिक र बाह्य ऋणको भरमा मुलुक चलाइएको छ । आयातको अनुपातमा निर्यात नगण्य छ । व्यापार घाटाको प्रतिशत मासिक रूपमै उकालो चढिरहेको छ । स्वदेशी उत्पादन बढाई आत्मनिर्भर बन्ने र निर्यात बढाउने दीर्घकालीन योजना द्रव्य पिपासुको प्राथमिकतामा छैन । भएकै उद्योग कलकारखाना धारासायी बनेका छन् । अधिकांशतः बन्द भएका छन् । उद्योग कलकारखाना व्यवस्थित रूपमा सञ्चालन गर्नेभन्दा भएका उद्योगलाई निजी क्षेत्रले जिम्मा लगाई लाभ हत्याउनमै द्रव्य पिपासु लिप्त छन् । द्रव्य पिपासुले अनुदान र ऋणकै भरमा संकलित बजेट नै लाभमुखी परियोजनामा विनियोजित गरी लुटिरहेका छन् । यसैको प्रतिफल राष्ट्रिय ऋण करिब ३० खर्ब रुपैयाँ नै पुग्न लागेको छ ।
२. विकास निर्माण क्षेत्र
मुलुकको विकास निर्माणको क्षेत्र लथालिंग छ । पुराना परियोजनाहरू अधिकांश त अलपत्र अवस्थामा छन् । कमिसनको खेलले सम्पन्न भएकै आयोजना सञ्चालनमा आउन सकेका छैनन् । यसको पछिल्लो दृष्टान्त सम्पन्न भएकै पोरखा र भैहरवा अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था एवं त्यहाँ द्रव्य पिपासुद्वारा भएको घोटालालाई हेरे पुग्छ । निर्धारित समयमै कार्य सम्पन्न नगर्ने निर्माण कम्पनी वा ठेकेदारबाट प्रारम्भमा लाभ वा कमिसन हत्याएका कारण औंल्याउनसक्ने हिम्मतै द्रव्य पिपासुमा छैन । उल्टै ठेकेदारको चाकडी गर्ने र खुसी पार्न म्याद थप्दै बजेट विनियोजन गर्दै लाभ लिइरहने प्रवृत्ति निरन्तर चलिरहेको छ ।
द्रव्य पिपासु त्यस्तो व्यक्ति हो, जसका लागि धन सम्पत्तिभन्दा ठूलो कुरो अरू हु“दैन । ऊ सधैं नगद आर्जनकै लागि लुब्ध रहन्छ । जसरी भए पनि कमाउनकै लागि आशक्त र लालची बनिरहन्छ । आर्जन नै उसको मुख्य उद्देश्य हुन्छ । आर्जनका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि पर्दैन । न त आफन्त, साथीसंगति र सामाजिक प्रतिष्ठाले नै उसलाई छेक्छ
पुराना आयोजना त अधुरै भए पनि द्रव्य पिपासुका लागि रस चुसेर फालेको बोक्राजस्तै बनेका छन् । त्यस्ता आयोजना सम्पन्न पार्नभन्दा नयाँ आयोजना ल्याएर उही लाभमुखी प्रवृत्ति दोहो¥याइरहन द्रव्य पिपासु लागि पर्छन् । विकास निर्माण कार्य लथालिंग हुँदा जनताको जीवनस्तर भने सधैं कष्टकर र दयनीय छ ।
३. प्रशासनिक क्षेत्र
राज्य प्रशासनलाई द्रव्य पिपासुले अहिले तस्कर र भ्रष्टको प्रशासनमा परिणत गराएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मकै राज्यको जनप्रशासन तस्कर र भ्रष्टकै प्रशासनको रूपमा सुसंगठित एवं विस्तारित भएको छ । प्रशासनिक पदाधिकारीकै नियुक्ति, सरुवा, बढुवा र पदस्थापना तस्कर र भ्रष्टले गराउँदै आएका छन् । मन्त्रालयको नेतृत्वले तस्कर र भ्रष्टकै इशारा कार्यान्वयन गराउँछन् । नाकाहरूको ‘कर्मचारी सेटिङ’ तस्कर र भ्रष्टबाटै हुँदै आएको छ । उच्चस्तरीय प्रशासनिक पदाधिकारीले तस्कर र भ्रष्टको अनुकूल कार्य गर्न अनिच्छा व्यक्त गरे पदमुक्त हुनुपर्ने अवस्था छ । तस्कर र भ्रष्ट त सत्तासीन द्रव्य पिपासु जीवाणुकै दुहुनो गाई हुन् । लाभका लागि उनीहरू राष्ट्रकै अस्मिता बेच्नसमेत पछि पर्दैनन् ।
४. अपराधको क्षेत्र
द्रव्य पिपासुले अहिले राष्ट्रलाई नै अपराधीको अखडा बनाएका छन् । राजनीतिलाई अपराधीकरण गर्ने, अपराधीकरणमै राजनीति गर्ने तथा राजनीति र अपराध एकअर्काका पूरक ठान्ने प्रवृत्ति द्रव्य पिपासुकै उपज हो । यसैक्रममा द्रव्य पिपासुले लाभप्रद नयाँ अपराध नै जन्माउँदै आएका छन् । द्रव्य पिपासुद्वारा जन्मिएको पछिल्लो नयाँ उदाहरण ‘भिजिट भिसा प्रकरण’ भएको विदितै छ ।
जस्तोसुकै अपराध गरे पनि आस्थाका कसुरदारले अनुसन्धानको दायरामा पर्नुनपर्ने । शीर्षस्थ नेतृत्व नै राजनीतिक अपराधीको ढाल बनिदिने । समाजमा असामान्य अवस्था निम्त्याउन राज्यकै कार्यकारी प्रमुख लागिपर्ने प्रवृत्ति पछिल्लो समयमा बढिरहेको छ ।
पक्षका कसुरदार आफन्त र सहयोगीहरू नै द्रव्य पिपासुका लागि कानुनभन्दा माथिका ठानिन्छन् । राज्यको कानुन त प्रतिस्पर्धी, प्रतिपक्षी, विरोधी र निरीह व्यक्तिकै लागि मात्रै लागू हुन थालेका छन् । पक्षका हत्यारा, राष्ट्रघाती र बलात्कारीजस्ता अपराधीलाई आफू सत्तामा पुग्नासाथ खोजीखोजी माफी मिनाहा दिलाई जेलमुक्त गराउने द्रव्य पिपासुको प्रवृत्तिले अराजकता बढाएको छ । तर, निर्दोष व्यक्ति भने फसिरहेका छन् । सत्तासीन द्रव्य पिपासुको यस्तो घिनलाग्दो व्यवहार र कार्यशैलीले अन्तर्राष्ट्रिय जगत्मा मुलुक अपराधीकै अखडाका रूपमा चिनिएको भान हुन्छ ।
५. कूटनीतिक एवं वैदेशिक क्षेत्र
द्रव्य पिपासु जीवाणुले मुलुकको कूटनीतिक क्षेत्र लज्जास्पद अवस्थामा पु¥याएका छन् । यसको दृष्टान्त उनीहरूले नै यही जेठ पहिलो साता काठमाडौंमा सम्पन्न ‘सगरमाथा संवाद २०२५’ ले नै दिइसकेको छ । हिमालदेखि तराईसम्म जलवायु परिवर्तनले पु¥याएको प्रभाव रोकथाम गर्ने कार्यक्रमको मुख्य उद्देश्य थियो ।
यसक्रममा छिमेकी राष्ट्रदेखि विभिन्न मित्रराष्ट्रकै सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधि उपस्थिति हुने अपेक्षा गरेको सरकारले आमन्त्रित अधिकांश उच्चस्तरीय प्रतिनिधिले नै निमन्त्रणाप्रति चासो नदिई अनुपस्थित रहेको कारण कार्यक्रम नै खल्लो भयो । यो नेपालको कूटनीति लज्जास्पद अवस्थामा पुगेको प्रतीक हो । द्रव्य पिपासुकै गैरसंवेदनशील कूटनीतिले अहिले मुलुककै अन्तर्राष्ट्रिय गरिमा खस्किएको देखिन्छ ।
यहाँ गृहमन्त्री मात्र होइन, प्रधानमन्त्री नै यदि कुनै कसुरमा मुछिए भने पनि उनीहरू आफ्नो प्रतिष्ठा बढेको ठान्छन् । ‘भिजिट भिसा प्रकरण’मा मुछिएका गृहमन्त्री रमेश लेखक यसअघि नै नांगिइसकेकै व्यक्ति भएकाले अब उनमा लाजसरम हुने कुरै भएन † तर, उनकै प्रत्यक्ष मातहतका अध्यागमनका सहसचिव तीर्थराज भट्टराई अनुसन्धानको दायरामा पर्दैमा सहसचिव भट्टराई र उनकी श्रीमती देवीमाया बराल (भट्टराई)को नाममा ५ वर्षका लागि अमेरिकाले जारी गरेको ‘मल्टिपल इन्ट्री भिसा’ नै रद्द ग¥यो ।
अन्य मुलुकले ‘राष्ट्रघाती’ गम्भीर प्रकृतिको अपराधलाई कसरी हेर्छन् भन्ने यो दृष्टान्त नै हो भने सत्तासीन नेपाली द्रव्य पिपासु भाइरसका लागि त यो कहिल्यै नमेटिने कलंककै दाग हो । द्रव्य पिपासु भाइरसले मुलुकको कूटनीति कुन अवस्थामा पु¥याएका छन् ? बुझ्न यिनै दुई प्रकरण नै पर्याप्त छन् ।
द्रव्य पिपासुले पछिल्लो एक दशकको अवधिमा जनताका लागि आवश्यकता र औचित्य नभए पनि उनीहरूको बिलासिताको प्रतिककै रूपमा पनि जनहितका केही कार्य गरेको भ्रम छेरेरै लाभ लिएकै छन् । यसक्रममा उनीहरूले गरेका र गर्न खोजेका महŒवाकांक्षी कार्यको फेहरिस्तको दृष्टान्त हेरौं :
१. भ्यूटावर निर्माण २. मेची–महाकाली चल्ने रेलमार्ग ३. हिन्द महासागरमा पानीजहाज चलाउने योजना ४. मेट्रो रेल स्थापना ५. घरघरमा ग्यासको पाइपलाइन ६. नेपाललाई युवाविहीन बनाउने भूमिका ७. ज्येष्ठ पीडितलाई अलपत्र पार्ने रणनीति ८. गाउँबस्ती उजाड पार्ने कार्य ९. आयोग स्थापित गरी आफन्तलाई रोजगारी प्रदान १. सरकारी जग्गा हडप ११. भिजिट भिसा अपराधको जन्म १२. नेपाली नागरिकलाई विदेशी शरणार्थी बनाउने पौरख १३. उद्योग कलकाराखना निजीकरण प्रमुख हुन् ।
माथि उल्लिखित दृष्टान्त प्रतिनिधि पात्र मात्र हुन् । यसअलावा मुलुकको शैक्षिक क्षेत्र, जनस्वास्थ्य क्षेत्र, हकअधिकार क्षेत्र, रोजगार क्षेत्र, सामाजिक क्षेत्र र न्यायिक क्षेत्रको अवस्था त अझै निराशाजनक पाइएको छ । त्यसैले, द्रव्य पिपासु भाइसबाट मुलुक जोगाउन अझै पनि जनता एकजुट नबन्ने हो भने राष्ट्रिय अस्मिता नै बेचिन सक्छ । यसतर्फ राष्ट्रभक्त नेपाली सबै सचेत बनौं ।
[email protected]
(Visited 13 times, 1 visits today)
