दोश्रो स्विंग राज्य जर्जियामा पनि ट्रम्प विजयी



प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

अमेरिकाका सात स्विंग राज्यहरूमध्ये दुईमा पूर्व राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जीत हात पार्नुभएको छ ।

ट्रम्पले नर्थ क्यारोलाइना र जर्जियामा विजय प्राप्त गर्नुभएको हो । यी दुवै राज्यमा १६।१६ इलेक्टोरल भोट छन्।

सात स्विंग राज्यहरूमध्ये पाँच राज्यका नतिजा आउन अझै बाँकी छन् । प्रारम्भिक गणना अनुसार ती सबै पाँच राज्यहरूमा पनि ट्रम्पले अग्रता कायम गरिरहनु भएको छ ।

स्विंग राज्यहरू ती राज्यहरूलाई भनिन्छ, जहाँ चुनावमा हार वा जीत धेरै नै कम अन्तरले हुने गर्छ।

एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, र विस्कन्सिनलाई अमेरिकामा स्विंग राज्यहरूको नामले चिनिन्छ ।

अमेरिकाको अलास्का र हवाई राज्यबाहेक अन्य सबै राज्यहरूमा मतदान सम्पन्न भइसकेको छ । अहिले मतगणना जारी छ।

अहिलेसम्मको प्रक्षेपणले ट्रम्पसँग २४६ इलेक्टोरल भोट छन् भने कमला ह्यारिससँग १८७ इलेक्टोरल भोट रहेका छन्।

जीतका लागि ५३८ मध्ये २७० भोटको आवश्यकता पर्छ।

दोश्रो स्विंग राज्य जर्जियामा पनि ट्रम्प विजयी





Source link

Leave a Comment