दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु


१७ चैत, सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी र असिनापानीसहित चट्याङ लाग्दा भैरवी गाउँपालिका ६ तोरीमूलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो ।

चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँमा एउटा बाख्रो पनि मरेको छ । हावाहुरी र असिना पानीले विशेषगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School