देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने बताएका छन्।

अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने तथा सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता उनको भनाइ छ।  

उनले भने, ‘केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला। मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर। अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ। यो रोपेको होइन, आफैँ पलाउन थालेको छ। मैले भनें नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ। नेकपा एमालले देशलाई ठिक बाटोमा अघि बढाएर गरिबी र भोकमरी अन्त्य गरे मात्रै एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ। अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ। झिँगाहरु सरापिरहेका छन्, नेकपा एमाले झन बलियो भएर अघि बढेको छ।’

यस्तै, उनले देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको जिकिर गरे। केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरुप्रति दया लागेर आउने गरेको बताए। एमालेले देशलाई ठिक बाटोमा अघि बढाउन अझै २० वर्ष आफूले सक्रिय भएर काम गर्नेसमेत दाबी गरे।  

ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए। 

प्रकाशित: २३ चैत्र २०८० १४:३६ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School