देशभर आज प्रजातन्त्र दिवस मनाइँदै



प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

आज बुधबार देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ का अवसरमा देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरिएका छन ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

देशभर आज प्रजातन्त्र दिवस मनाइँदै

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो ।

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।





Source link

Leave a Comment