जनता, सरकार र सार्वभौमसत्ता भएको एक भूभागलाई देश भनिन्छ । कुनै पनि देश त्यहाँको जनता, संस्कृति, भाषा तथा परम्पराको मिश्रणबाट बन्छ । देशप्रेमको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । देशप्रतिको माया र अपनत्वको भावनाले मात्र राष्ट्रियता बलियो हुन्छ । राष्ट्रियता राष्ट्रको प्राण हो भने राष्ट्र भिन्न धर्म, जात, जाति, संस्कृति, वर्ग, लिंग, क्षेत्र वा पेसाका जनतालाई सगौरव तथा स्वाभिमानका साथ शिर उच्च राख्ने इज्जत र प्रतिष्ठाको प्रतीक हो ।
तर, पछिल्लो समयमा नेपालीहरूमा देशप्रेमको भावना कमजोर भएको त होइन ? भन्ने प्रश्नहरू उठेका छन् । हरेक दिन हजारौंको संख्यामा शिक्षित पुस्ता बिदेसिएको अवस्था छ । युवाहरूको रोजाइमा विकसित मुलुकहरू पर्ने गरेको अवस्था छ । देश विकास गर्न युवाहरूको जोश तथा सीपको खाँचो हुन्छ । शिक्षित पुस्ता बत्तीमा पुतली होमिएझंै विदेशतिर पलायन भएका छन् । यस अवस्थालाई रोक्नका लागि हरेक मानिसमा देशप्रेमको भावना जाग्न र जगाउन आवश्यक भइसकेको छ ।
आजका विकसित मुलुकहरू त्यहाँका युवापुस्ताको जोश र अग्रजहरूको होसले निर्माण भएको हो । हाम्रो मुलुकको सन्दर्भमा पढेलेखेको नयाँपुस्ता स्वदेशमा बस्न रुचाएनन् । अग्रज पुस्तामा युवाहरू स्वदेशमा रोकेर उनीहरूको श्रमलाई देश विकासमा लगाउने होस आएन । हो, मुलुक गरिब छ । अवसरहरूको अभाव छ । तथापि आप्mनो घर गरिब भएपछि धनीहरूको घरमा गएर काम गर्नुभन्दा आप्mनो घरलाई धनी बनाउने कर्ममा लाग्नुपर्छ । बालकृष्ण समले कवितामा ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि’ भनेझंै देश विकास गर्नका लागि देशप्रेम चाहिन्छ । आपूm सम्पन्न हुनका लागि विदेश जाने होइन, देशलाई सम्पन्न बनाएर आपूm सम्पन्न हुनका लागि स्वदेशमै काम गर्नु देशप्रेम हो । सबै नागरिक एकजुट भएर मुलुक विकासमा सहभागी नभएसम्म देश विकास हुन सक्दैन ।
अहिले शिक्षित नेपालीहरू रोजगार र अध्ययनका लागि सयांैभन्दा बढी देशहरूमा गइरहेका छन् । राज्यले नयाँ पुस्तालाई देश निर्माणमा उपयोग गर्न सकेको छैन । यो अवस्था सिर्जना हुनुका पछाडि हाम्रो शिक्षा नीतिमा गम्भीर त्रुटी रहेको देखिन्छ । शिक्षाले देशलाई माया गर्ने, आप्mनै देशमा आयआर्जनका अवसरहरू खोजी गर्नसक्ने र देश विकासमा योगदान दिने जनशक्ति उत्पादन गर्न सकेको छैन । शिक्षित जनशक्ति आप्mनो देश विपन्न छ भनेर सम्पन्न देशहरूमा होमिएका छन् । यो डरलाग्दो भविष्यको संकेत हो । यसर्थ, हरेक शिक्षितहरूमा देशप्रेमको भावना जागरण गर्न आवश्यक छ । यसका लागि नागरिक शिक्षाको विषयवस्तुको प्रशिक्षण आवश्यक ठानिन्छ ।
आफू सम्पन्न हुन बिदेसिने होइन, मुलुकलाई सम्पन्न बनाउन स्वदेशमै काम गर्नु देशप्रेम हो
नागरिक शिक्षाले देशभक्तिको भावना अंकुरण गराउँछ । ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’को चेतनाको विकास गराउँछ । समाजमा व्यक्ति, समाज र सिंगो मुलुकलाई आत्मनिर्भर बनाउने स्वाभिमानको विकास गर्न नागरिक शिक्षाले प्रभावकारी भूमिका खेल्छ । हरेक व्यक्तिमा देशप्रेमको भावना जागरण भई व्यक्तिगत हितभन्दा मुलुकको हितप्रति सजग र सतर्क हुने चेतनाको विकास गर्न नागरिक शिक्षालाई शिक्षा प्रणालीमा समावेश गर्नुपर्छ ।
नागरिक शिक्षाले राष्ट्रियताको भावना विकास गर्न मद्दत गर्छ । मुलुकमा रहेका भिन्न भाषा, जाति, धर्म, पेसा, संस्कृति, संस्कार, चलन तथा प्रचलनहरू भएका समुदायहरूको बीचमा आपसी सद्भाव, प्रेम, सहयोग र सहिष्णुता कायम राखी एकआपसमा मिलेर मुलुक र जनहितमा काम गर्ने चेतनाको विकास गराउँछ । व्यक्तिले आफ्नो हितभन्दा राष्ट्रको हितप्रति समर्पित भएर कार्यगत भावनाको विकास गराउन नागरिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ । नागरिक शिक्षाको विषयवस्तुमा आधारित शिक्षाले सबै मानिसलाई देशप्रेमको भावना अंकुरण गर्न ऊर्जाको काम गर्छ ।
त्यसो त शिक्षित पुस्ता परदेश जानुको पछाडि गरिबी, अभाव तथा बेरोजगारी पनि हो । पाश्चात्य चिन्तक रंगेलले शिक्षा गरिबी निवारणको माध्यम हो भनेका छन् । रंगेललेझंै व्यक्ति र समाजको गरिबी हटाउन हाम्रो शिक्षा प्रणाली असफल छ । गरिबी हटाउनका लागि शिक्षितहरू उद्यामशील हुनुपर्छ । सिद्घान्त र उपदेशमा मात्र आधारित शास्त्रीय शिक्षाले तर्क गर्न त सिकाउला तर काम गर्ने सीप सिकाउँदैन । हाम्रो देश गाउँ नै गाउँले भरिएको छ । यी गाउँहरू कुनै न कुनै प्राकृतिक स्रोत र साधनले सम्पन्न छन् । देशको शिक्षा प्रणालीबाट शिक्षित जनशक्तिले आप्mनो गाउँघर तथा देशमा रहेको प्राकृतिक स्रोत र साधनको उपयोग गरी आयआर्जन गर्नसक्ने ज्ञान तथा सीप सिक्न सकेनन् । शिक्षाले नयाँ खोज अनुसन्सधान तथा अन्वेषण गर्ने ज्ञान दिनु त टाढाको कुरा विश्व बजारमा भएका आधुनिक टेक्नोलोजीहरूलाई आप्mनो पेसागत क्षेत्रमा जोडेर व्यवसायलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण गरी आयआर्जन गर्नसक्ने क्षमता मात्र प्रदान गर्नसके शिक्षितहरू बिदेसिने थिएनन् । यस कोणबाट हेर्दा शिक्षालाई नागरिक शिक्षाका साथै व्यावसायिक बनाउन आवश्यक छ । शिक्षामा कृषि, पशुपालन, पर्यटन, जडिबुटीलगायत प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन्, तथा व्यावसायीकरण गर्नसक्ने क्षमता हासिल गर्नु आजको आवश्यकता हो ।
विश्वका प्रायः मुलुकहरू दोस्रो विश्वयुद्घपछाडि स्वतन्त्र हँुदै गए । लामो समयसम्म पराधीन भएका मुलुकहरूले स्वतन्त्र भएपछि शिक्षामा स्वदेशीपनको आवश्यकता महसुस गरे । शिक्षाका माध्यमबाट देशलाई माया गर्ने र परिश्रम गर्ने दक्ष नागरिक उत्पादन गरे । बाहिरी र आन्तरिक निरंकुशताबाट स्वतन्त्र भएपछि उनीहरूले आ–आप्mनो देशको शिक्षामा परिवर्तन गरी शिक्षालाई स्वदेशी ढाँचामा बदले । यसो गर्नेहरूमा भारतमा महात्मा गान्धी, मिश्रमा अब्दुल नासिर, युगोस्लोभियामा मार्सल टिटो, ताञ्जिनियामा जुलियस नेरेर र चीनमा माओत्सेतुङलगायतका व्यक्ति एवं व्यक्तित्व छन् । हाम्रो मुलुकको सन्दर्भमा राज्यको बागडोरमा पुग्ने कुनै नेतृत्वले शिक्षालाई समयसापेक्ष बनाएर स्वदेशीपनको विकास गर्न सकेन । जन्मभूमिभन्दा अरूको भूमि प्यारो लाग्ने जनशक्ति उत्पादन भयो । फलतः बौद्धिक पलायन व्यापक भयो, हुँदै छ । राज्यले कहिले सोच्ने ?
मुलुक विकासमा योगदान गर्ने कर्मशील शिक्षितहरू उत्पादन गर्न नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ
अहिले शिक्षालाई समयसापेक्ष बनाउनुपर्ने भन्ने विषय हरेक क्षेत्रबाट आउने गरेको छ । तर, समयसापेक्ष बनाउँदा के कस्ता विषयहरू समावेश गर्ने भन्ने विषयमा ठोस मार्गचित्र बन्न सकेको छैन । शिक्षा व्यक्ति, समाज र सिंगो मुलुकका लागि उपयोग हुनसक्ने खालको हुनुपर्छ । जुनसुकै, विषयको अध्ययन गरे तापनि शिक्षित जनशक्ति सभ्य, सुसंस्कृत, कर्तव्यनिष्ठ तथा कर्मशील हुनु आवश्यक हुन्छ । असल आचरणबिनाको शिक्षा हितकारी हुन सक्दैन । कर्तव्यबोध गराउनसक्ने शिक्षाले मात्र घर, परिवार, समाज र देशको कल्याण गर्न सक्छ । त्यसैले, असल आचरण तथा कर्तव्यबोध भएका शिक्षितहरू उत्पादन गर्न नागरिक शिक्षालाई शिक्षा प्रणालीमा समावेश गर्नुपर्छ ।
अहिले किन शिक्षित युवाहरूको मन देशभित्रभन्दा बढी देशबाहिर जाने योजनामा तल्लीन छ ? किन शिक्षित युवाहरूले देशमा आप्mनो भविष्य उज्ज्वल देख्न सकेनन् ? एउटा कारण राज्यले लामो समयसम्म जनताको हितमा काम गर्न नसकेकाले हो भने अर्को कारण हाम्रो शिक्षाले देश भक्तिको भावना अंकुरण गर्न नसक्नु हो । यस मुलुकमा केही पनि हँुदैन भन्ने मनोविज्ञानको विकास गराउनमा राजनीतिक दलहरू दोषी छन् । देश बनाउने तागत बोकेको युवा पुस्तामा व्यक्तिगत विकासका लागि विदेश जानुपर्छ भन्ने मनोविज्ञानको विकास हुनु राम्रो कुरा होइन । पछिल्लो समयमा विद्यालयदेखि विश्वविद्यालयसम्मका देशका शिक्षण संस्थाहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या नपुगेको समाचारहरू आउने गरेका छन् ।
हरेक देशले अनुशासित, सिर्जनसील तथा कर्तव्यनिष्ठ नागरिहरू उत्पादन गर्न शिक्षालाई आधार बनाएका हुन्छन् । दृष्टान्तका लागि इन्डोनेसियामा विद्यालय अध्ययन गर्ने विद्यार्थीहरूलाई नागरिक शिक्षाअन्तर्गत महिनामा एक दिन आप्mना बुबा, आमा वा अभिभावकलाई विद्यालयमा लिएर आउनुपर्ने र छोराछारीहरूले अभिभावकका नङ काटिदिने, आपसमा अन्तक्र्रिया गर्ने, बुबाआमाको महŒवका ’boutमा प्रशिक्षण दिने काम गरिन्छ । विद्यालयले विद्यार्थीहरू र अभिभावकहरूलाई सँगै राखेर उनीहरूलाई छोराछोरीले गर्नुपर्ने काम र कर्तव्यका ’boutमा अभिमुखीकरण गर्ने जस्ता अभ्यासले पारिवारिक सम्बन्ध सुमधुर गराउन र बुबाआमाको महत्व बुझाउने काम गरिन्छ । शिक्षाका माध्यमबाट पारिवारिक सम्बन्ध अत्यन्त सुमधर बनाइएकाले शिक्षितहरू घर, परिवार र समाजप्रति कर्तव्यनिष्ठ हुन्छन् । इन्डोसियामा हालसम्म कुनै पनि वृद्धाश्रमहरू बनाइएको छैन । यस कोणबाट हेर्दा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’को भावनाको विकासका लागि नागरिक शिक्षा अनिवार्य ठानिन्छ ।
अन्त्यमा नागरिक शिक्षाले व्यक्तिलाई कर्तव्यनिष्ठ बनाउन प्रशिक्षित गर्छ । घरपरिवार, समाज र देशप्रतिको कर्तव्यबोध भएका शिक्षितहरू उत्पादन गर्न नागरिक शिक्षालाई प्राथमिकता दिनुपर्छ । नागरिक शिक्षाले समाजका विभिन्न तह, वर्ग र क्षमताका नागरिकहरूलाई आफ्नो काम तथा कर्तव्यबोध गराई देश विकासमा योगदान गर्ने कर्मशील शिक्षितहरू उत्पादन गर्न नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ । नागरिक शिक्षाले देशप्रेमको भावनात्मक सोचको विकास गराउने भएकाले राज्यले एकातिर औपचारिक रूपमा विद्यालयदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नागरिक शिक्षालाई समावेश गर्नुपर्छ भने अर्कोतिर विद्यालयबाहिर रहेकाहरूका लागि हरेक स्थानीय तहहरूमा देशव्यापी रूपमा नागरिक शिक्षाका तालिमहरू सञ्चालन गर्नुपर्छ ।
(Visited 4 times, 1 visits today)