देवदह खयरडाँडामा भेटियो प्राचीन इनार

देवदह खयरडाँडामा भेटियो प्राचीन इनार



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिनुभयो ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो ।

उहाँका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकीन हुनेछ । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बताउनुभयो ।

उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् । स्थानीयहरुले पुरातात्विकस्थल भन्ने थाहा नहुँदै इँटा लगेपछि संरचनाहरु देखिएको उप्रेतीको भनाइ छ ।

गौतमबुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने भन्दै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उहाँको भनाइ छ । रोहिणी पूर्वका नागरिकहरुले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताउनुभयो ।

तर बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडा र टुक्रा भने पण्डितपुरमा भेटिएका थिए । स्थानीयले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।

पुरातत्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताउनुभयो । उहाँले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने बताउनुभयो ।

देवदह खयरडाँडामा भेटियो प्राचीन इनार

देवदह नगरपालिका–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको रु १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको बताइएको छ ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञ शुभेच्छा पोख्रेल उत्खननमा खटिनुभएको थियो । उत्खनन थप एक महिनासम्म चल्ने जनाइएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School