देउवाले गरेको कारबाही कोइरालाद्वारा अस्वीकार : RajdhaniDaily.com


काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसमा अनुशासनको कारबाही भएपछि संस्थापनइतर पक्षमा तरंग ल्याएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले गरेको कारबाही एकपक्षीय र कारबाहीमा पनि विभेद भएको बताइएको छ ।

कांग्रेसमा अनुशासनको डण्डा

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले एकपक्षीय र मनोमानी कारबाही गरेको भन्दै डा. शेखर कोइराला समूहले त्यसलाई अस्वीकार गर्ने निष्कर्षसहित प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ । बिहीबार कोइराला समूहको बैठक काठमाडौंको विशालनगरमा बस्यो । बैठकले अनुशासन समितिले गरेको कारबाही नै अवैधानिक रहेको निष्कर्ष निकाल्दै त्यसलाई फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ ।

यस’boutमा कांग्रेस सभापति देउवासँग छलफल गर्ने, कारबाही फिर्ताका लागि आग्रह गर्दै कारबाहीमा परेका नेताहरूबाट केन्द्रीय समितिमा पुनरावेदन दिन लगाउने र यसलाई चर्को रूपमा उठानुका साथै धर्ना दिनेसम्मको कार्यक्रम’boutमा छलफल भएको छ ।

कांग्रेस अनुशासन समितिले २०७९ को स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि संस्थापनइतर पक्ष संगठित रूपमा प्रतिवाद गर्ने निष्कर्षमा पुगेको हो ।

कोइराला समूहले पार्टीको अनुशासन समितिले १८ नेता कार्यकर्तामाथि गरेको कारबाहीलाई अवैधानिक र पूर्वाग्रहपूर्ण ठहर गर्दै अस्वीकार गरेको छ । संस्थापन पक्षले गरेको कारबाही विधानसम्मत नभएको र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकाल्दै त्यसलाई फिर्ता लिन माग गरिएको छ ।

बैठकले अनुशासन समिति आफैंले विधान उल्लंघन गरेको आरोप लगाउँदै यस कारबाहीलाई ‘स्वार्थ समूहको प्रतिशोध’को संज्ञा दिएको छ । कोइराला समूहका नेता राजेन्द्र बजगाईंले विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गर्नुपर्ने भए पनि त्यसअनुरूप नभएकाले यस कारबाहीको वैधानिता नै नभएको विषय’boutमा बैठकमा छलफल भएको बताए ।

‘विधानतः यो कारबाही ठीक छ कि छैन भन्ने विषयमा कुराकानी भयो, विधानले चाहिँ उजुरी, निवेदन परेको समय अवधिको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने, त्यो पनि घन्टा मिनेट गनेरै ६ महिना पुग्नुपर्ने भनेर लेखेको रहेछ, त्यसअनुरूप नभएको भएर यो वैधानिक छैन भन्ने कुरामा छलफल भयो,’ कोइराला समूहका नेता बजगाईंले भने ।

नेता बजगाईंले पुनरावलोकनका लागि कारबाहीमा परेका साथीहरूले आवेदन दिएपछि बृहत् भेला गर्ने’bout समेत छलफल भएको बताए । ‘यो कारबाही विधानतः ठीक छैन, वैधानिक छैन र अनुशासन समितिले अनुशासन भंग ग¥यो भन्ने विषयमा छलफल चलेको छ, पुनरावलोकनका लागि कारबाहीमा परेका साथीहरूले आवेदन दिएपछि बृहत् भेला गर्ने’bout छलफल गरिएको छ,’ उनले भने ।

कोइराला समूहले तत्कालका लागि कारबाहीमा परेका नेताहरूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिन लगाउने र त्यसपछि यस विषयलाई सशक्त रूपमा उठाउने रणनीति बनाएको छ । पार्टी विधानमा कुनै पनि उजुरीमाथि ६ महिनाभित्र कारबाही गरिसक्नुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यसको पालना नभएकाले कारबाही स्वतः अवैधानिक भएको इतर समूहको निष्कर्ष छ ।

बैठकपछि नेता अर्जुननरसिंह केसीले विधान र नियमावलीभन्दा बाहिर गएर गरिएको कारबाही स्वीकार्य नहुने चेतावनी दिए । पार्टीमा कोही कसैलाई अन्याय हुन नदिने बताउँदै उनले निर्णय नसच्याए देशभर रिले अनसन गर्ने चेतावनीसमेत दिए ।

‘पार्टीमा अनुशासन हुनुपर्छ तर कारबाही गर्दा पूर्वाग्रह ढंगले गरिएको छ, स्वार्थ समूहले गरेको यो कारबाही स्वीकार गर्दैनौं, त्यही बाटोमा अघि बढ्छौं, थप छलफल गर्दै अगाडी बढ्छौं,’ उनले भने ।

हालै सम्पन्न केन्द्रीय समिति बैठकपश्चात सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय बसेर अनुशासन समिति’bout कुनै निर्णय नगर्ने सहमति भए पनि त्यसविपरीत काम भएको कोइराला समूहका नेताहरू बताउँछन् ।

१४औं महाधिवेशनमा कोइरालाले देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका थिए । कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापा भने सो बैठकमा सहभागी थिएनन् । पछिल्लो समय कोइराला र थापा दुवै सभापतिको दौडमा रहेका बताइन्छ । सोही कारण दुई नेताका बीचमा दूरी बढ्दै गएको बताइन्छ । थापा सो बैठकमा सहभागी नभएपछि उनको खोजी भएको थियो ।

अनुशासनको कारबाही बेमौसमी बाजा
यसैबीच, कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसमा गरिएको अनुशासनको कारबाहीप्रति आपत्ति जनाउँदै तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् । अनुशासन समितिले गरेको कारबाहीलाई उनले बेमौसमी बाजाको संज्ञासमेत दिएका छन् ।

भण्डारीले अनुशासनको कारबाहीलाई आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति भएको टिप्पणीसमेत गरेका छन् । ‘अनुशासनको कारबाही हो कि प्रतिशोध ? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति, नेपाली उखान ‘पोहोर मरिन् सासू अहिले आए आँसु’ ! बेमौसमी बाजा ! गम्भीर आपत्ति ! तुरुन्त फिर्ता गर,’ भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

को–को परे कारबाहीमा ?
कांग्रेस अनुशासन समितिको बैठक ९ देखि १७ असारसम्म बसेको थियो । बैठकमा गत स्थाानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा असहयोग गरी पराजित गराउनेलाई कारबाही गरिएको हो । २५ असारमा समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले कारबाही गरिएको विषय एक विज्ञप्तीमार्फत सार्वजनिक गरेका छन् ।

ढुंगाना संयोजक रहेको अनुशासन समितिले कारबाहीको निर्णय गर्दा समितिका सदस्यद्वय सञ्जय गौतम र राजीव कोइरालाले फरक मत राखेका छन् । गौतम र कोइरालाले सो निर्णयलाई अस्वीकार गर्दागर्दै बहुमतका आधारमा निर्णय भयो ।

ढुंगानासहित ईश्वरी न्यौपाने र ध्रुव वाग्ले गरी तीन जनाले नेताहरूमाथि कारबाहीको निर्णय बहुमतका आधारमा ग¥यो । जसको विरोध भइरहेको छ । कांग्रेस अनुशासन समितिमा संयोजक ढुंगाना र सदस्यहरूमा न्यौपाने, वाग्ले, गौतम र कोइराला छन् ।

कारबाही गरेकाहरूलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले अनुशासन समितिले अनुशासनको कारबाही गरेको जनाइएको छ । तीन तहमा राखेर कारबाही गरिएको समितिका संयोजक ढुंगानाले जनाएका छन् ।

१ वर्षका लागि कारबाही गरिएकाहरू तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला–१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता रहेका छन् ।

त्यसैगरी, ६ महिनाका लागि कारबाही गरिएकाहरूमा धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका–१ का रामबावु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की जिल्ला–२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलालीको धनगढी उपमहानगरपालिका–२ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका–१ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका–२ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका–१ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका–५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी रहेका छन् ।

यस्तै, तीन महिनाका लागि कारबाही गरिएकामा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी रहेका छन् ।

कारबाहीमै विभेद किन ?
१६ देखि २३ असारसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । सो बैठकमा शेखर कोइरालाले विभिन्न विषय जोडदार रूपमा उठाएका थिए । बैठकमा उनले अनुशासनको कारबाहीमै विभेद किन भन्दै सभापति देउवासँग जवाफ मागेका थिए ।

सभापति देउवाले पार्टीभित्र ठूलो अन्तरघात गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यस्तालाई कारबाही गर्नुपर्ने जानकारी बैठकमा गराए । ‘पार्टीलाई एकढिक्का बनाउने मेरो इच्छा छ, हाम्रो भित्र के छ भने टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ, हाम्रो पार्टीको रोग नै यही हो, यो रोग सुधार्न सबै लाग्नुपर्छ,’ देउवाले भने । उनले अन्तरघात गर्नेलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको संकेत त्यतिबेलै दिएका थिए ।

बैठकमा कोइरालाले पार्टीमा अनुशासन समितिले निष्पक्ष काम नगरेको भन्दै समितिमा पार्टीका अग्रज नेतालाई राख्नुपर्ने प्रस्ताव गरेका थिए । अनुशासन समितिले एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराउने काम गरेको र कसैलाई निलम्बन गर्ने प्रस्तावसमेत गरेकामा कोइरालाले असन्तुष्टि पोखे ।

अनुशासन समितिको बैठकमा देउवाले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उम्मेदवार बनाएको जवाफ दिँदै शेखरलाई किन कारबाही नगर्ने भनेर भनेको कुरा उल्लेख गर्दै उनले सो कुरा के आधारमा भनेको त्यस’boutमा समेत जवाफ खोजेका थिए ।

‘म आज धेरै सोचेर भन्दै छु, अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठीसम्म पनि काट्नसक्ने ताकत राख्नुहुँदो रहेनछ,’ कोइरालाले बैठकमा प्रश्न गर्दै भने, ‘तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्नसक्ने हैसियत पनि राख्नुहुन्न उहाँहरू, यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन, एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ, कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ, कारबाहीमा किन विभेद ?’

यसैगरी, सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहेकाले के कारणले उनलाई नहटाएको भन्दै उनले प्रश्न गरेका छन् । सो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापति देउवा र पदाधिकारीले बुझेको छ कि छैन भन्ने ’boutमा उनले जवाफ माग गरेका छन् ।

‘निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान् र इमानदार साथीहरूलाई टिकटबाट वञ्चित गरियो अहिले अनुशासन कारबाहीको कैंची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिँदै छ,’ कोइरालाले भने, ‘पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीलाई सचेत गराऔं र रूख चिह्नको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो, उहाँहरू सबैलाई एकपटकलाई माफी दिऊँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु ।’

(Visited 27 times, 1 visits today)





Source link

Leave a Comment