दूत मार्फत ट्रम्पको पाकिस्तानलाई सन्देश : इमरान खानलाई जेलमुक्त गर



प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्न आग्रह गरेका छन ।

ट्रम्पले विशेष मिसनका लागि पाकिस्तानमा नियुक्त गरेका दूत रिचर्ड ग्रेनेल मार्फत पाकिस्तानमा भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पिटिआई का संस्थापक इमरान खानको रिहाइको माग गरेका हुन ।

ग्रेनेलले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अमेरिका र पाकिस्तानबीचको सम्बन्धबारे चर्चा गर्दै खान सत्तामा आएपछि पाकिस्तानसँगको सम्बन्ध सुधार भएको उल्लेख गरेका छन ।

उनले पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई जोड दिँदै खानलाई बाहिरी व्यक्ति तथा परम्परागत राजनीतिज्ञ कुनै पनि रूपमा नहेरिएको बताए ।

खानले पूर्व राष्ट्रपति ट्रम्पको जेल सजायको समान आरोपहरूको सामना गरिरहेको औँल्याउँदै ग्रेनेलले खानको अवस्थालाई राष्ट्रपति ट्रम्पको अवस्थासँग मिलाएर रिहाइको माग गरेका हुन ।

ग्रेनेलले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरको एक्समा पोस्टको जवाफमा पिटिआई संस्थापकलाई रिहा गर्न आह्वान गरे ।

उनले विदेश मन्त्रालयका प्रवक्ताको आलोचना समेत गरेका छन ।





Source link

Leave a Comment