दिल्लीका मुख्यमन्त्री केजरीवालद्धारा तिहाड जेलमा आत्मसमपर्ण

दिल्लीका मुख्यमन्त्री केजरीवालद्धारा तिहाड जेलमा आत्मसमपर्ण



प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार

२१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गर्नुभएको छ ।

दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भन्नुभयो चुनाव लोकतन्त्रको जग हो ।

लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो । अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गर्नुभएको हो ।

यो सत्य हो कि केजरीवालको स्वास्थ्य राम्रो छैन । केटोन लेभल धेरै उच्च छ, तौल छ किलोले घटेको छ तर पार्टीका कोही नेतालाई जेल जाने डर छैन ।

दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।

अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School