प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौंको लागतमा आफ्नो निर्वाचन क्षेत्रका मतादाता खुसी बनाउन दमकमा निर्माण गरेको भ्युटावर प्रारम्भदेखि नै चर्चित बन्दै आएको हो । निर्माण सम्पन्न भएको भ्युटाबर कस्तो छ, त्यहाँबाट कस्तो दृश्य देखिन्छ ? भन्ने कौतूहल सबैलाई लाग्न सक्छ । अन्यत्रको भ्युटावरभन्दा दमक भ्युटावरको विशेषता भिन्न छ किनकि यो त प्रधानमन्त्रीकै इच्छामा बनाइएको हो । यसैले पूर्व गएको बेला सो भ्युटावरबाट दृश्यावलोकन गर्ने स्तम्भकारको चाहना थियो । केही दिनपहिले विशेष कामको सिलसिलामा काठमाडौंबाट विराटनगर हुँदै झापातर्फ म प्रस्थान गर्दै थिएँ । विराटनगरबाट करिब एक घन्टामा मोरङ जिल्लाकै पथरी बजार के पुगेको थिएँ २–४ जना परिचित व्यक्तिले मलाई देखी गाडी रोके । उनीहरूसँगको केहीबेरको भलाकुसारीपछि म दमकतर्फ अगाडि बढ्न लाग्दा नै एक मित्रको अहिले त जंगल सकिएपछि, पथरीबाटै टाढाको दृश्य पनि देखिन्छ । ऊ त्यो पूर्व उत्तरतर्फ हेर्नुहोस् त दमकको ओली टावर यहीँबाट छर्लङ्ग देखिन्छ भनी औंल्याए ।
दमक भ्युटावरलाई ओली टावरको नामले सम्बोधन गरेको पाउँदा मलाई आश्चर्य पनि लाग्यो । झलक्क टावरतिर आँखा लगाई बिदा मागेर म दमकतर्फ प्रस्थान गरेँ । भ्युटावरको बनावट हेर्ने र दृश्यावलोकन गर्ने अवसर यही भएको ठानी अगाडि बढेँ । लामो समयपछिको दमक उपस्थिति भए पनि दमकको भौगोलिक अवस्था, बसोबास र सामाजिक वातावरण मेरा लागि नौलो थिएन । दमकको मूलचोकबाट उत्तर बजारलाइनतर्फ गाडी मोडनासाथ २–४ जना परिचित व्यक्तिले मलाई रोके । उनीहरूसँगको केहीबेरको छोटो संवादपछि छुट्टिन लाग्दा भ्युटावर देखाउन हामी पनि जान्छौं भनी २–३ जना गाडीमा बसेपछि हामी केहीबेरमै भ्युटावर पुग्यौं । मैले सुनेको दमक भ्युटावरको नाम पनि दमकवासीले आआफ्नै तरिकाले राखेको उनीहरूबाटै थाहा पाएँ । कतिपयले भ्युटावरलाई पथरीकै जस्तो ओली टावरै भने, कसैले नवसम्भ्रान्तको टावर भने, कसैले कम्युनिस्ट टावर भने, कसैले नक्सलाइट टावर त कसैले झापा हत्याकाण्डको दृश्यावलोकन गर्ने टावर भनेको सुन्दा मलाई आश्चर्य लाग्यो ।
दमकनिवासी मित्रहरूबाट थाहा पाएको नाममध्ये ‘झापा हत्याकाण्डको दृश्यावलोकन गर्ने टावर’ भन्ने नामले भने मलाई गम्भीर पनि बनायो । ५३ वर्षपहिलेको मध्यवर्षात्को सिजनमा भएको झापा हत्याकाण्डको दृश्य यस भ्युटावरबाट अहिले कसरी देखिन्छ ? मनमा सोचिरहेकै बेला, साथै गएका भान्जा पुण्यप्रसाद ओलीले यसको सम्पूर्ण वृत्तान्त म भ्युटावरको दृश्यावलोकन स्थलबाटै मामालाई बताउँछु भनिरहँदा नै हामी भ्युटावरमा पुग्यौं । मूलगेटबाट भित्र प्रवेश गर्नुपहिले नै हामीले भ्युटावरको बाह्य स्वरूप र पेरिमिटरको दृश्य नियाल्यौं । ठूलो क्षेत्रफल घेरेर लगाइएको आकर्षक बाउन्ड्री वाल र आधुनिक शैलीमा निर्माण भएको आकर्षक भ्युटावरको बाह्य स्वरूप हेर्दा रोमाञ्चक थियो । बाह्य स्वरूपको अवलोकनपछि बाउन्ड्री वालको मूलगेटबाट भ्युटावरको हाताभित्र प्रवेश ग¥यौं ।
कम्पाउन्डभित्रको साजसजावट देख्दा यो दमकै हो ? भनी सबाल गर्नुपर्ने अवस्था नै त्यहाँ थियो । किनकि साविकको त्यहाँको पातलो बस्ती र हरियाली धानले ढाकेको फाँट त्यतिखेर थिएन । त्यहाँ त नेपालकै सबैभन्दा आकर्षक आधुनिक भ्युटावर ठडिरहेको थियो । यो देखेर स्तम्भकारलाई गर्भ नलागेको पनि होइन । भ्युटावर परिसरमा रहेका कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग भ्युटावर निर्माण’boutका केही जिज्ञासा राख्दै हामी टावरभित्र प्रवेश ग¥यौं । टावरको आन्तरिक व्यवस्थाका ’boutमा जानकारी गराउन निर्माण कम्पनीकै प्रतिनिधि पनि हाम्रो अघिअघि लागे । हरेक तलाकै ससर्ती अवलोकन गर्दै अन्तिम तालाको दृश्यावलोकन कक्षमा पुग्नासाथ, साथै गएका भान्जा पुण्य ओलीले चार दिशाबाट मात्र होइन मामा दृश्यावलोकन गर्न यहाँ आठै दिशाबाटै सूक्ष्म रूपले अवलोकन गर्नुपर्छ भनी बताए ।
मेरो झलक्क हेराइमा त साविकको खेतीयोग्य उर्वरा फाँट झापा, अहिले कंक्रिटको पहाडी बनेको अनुभूति नभएको होइन । प्रारम्भको झापा जिल्लाकै बासिन्दा भए पनि, अपरिचित आगन्तुकै जस्तो मैले पनि साथै रहेका मित्रहरूलाई सामूहिक रूपमै सबै दिशाबाट सविस्तार दृश्यावलोकन गराउनुहोस् भनी अनुरोध गरेँ । सर्वप्रथम पुण्य भान्जाले नै पूर्व दिशा फर्केर देखिएको दृश्य वृत्तान्त बताउन सुरु गरे । ल हेुर्नुहोस् मामा ऊ त्यो पर सेतो लौरोजस्तो देखिएको बिर्तामोडको दूर सञ्चार टावर हो । त्यसको दक्षिणपछि नजिकै देखिएको हरियो टाटो गारामुनीको खोपवाडी हो । झापामा भएको २०२८ सालको हत्या काण्डमा सामन्त भनी काटेर हत्या गरिएका विष्णुप्रसाद विमलीको घर त्यही हो । त्यही देखिएको हरियो धान खेतको दलदल हिलोमा भाग्दै गरेका विष्णुप्रसादलाई घेरेर काटेर छियाछिया पारी मारेका थिए । पानी नै रक्तामै थियो । यदि सो ठाउँमा अहिले लास भएको भए टेलिस्कोपबाट हेर्दा विष्णुप्रसाद विमलीले हिलोमा छटपटिएर अन्तिम श्वास फालेको देख्न सकिन्थ्यो भनी बताए ।
पुण्य ओली भान्जाले यो बताइरहँदा टोलाएर म हरियो खेततिरै हेरिरहेको थिएँ । लगत्तै रमेश मिश्र दाइले मलाई इशान दिशातर्फ फर्काएर त्यो पर देखिएको सेतो भकुन्डोजस्तो डल्लो देख्नुभो भाइ ? त्यो शनिश्चरे बजारको खानेपानीको टंकी हो । त्यही पानी टंकीकै नजिकै धर्मप्रसाद ढकालको घर पर्छ । धर्मप्रसाद ढकाललाई पनि नक्सलाइटहरूले घर कम्पाउन्डमै काटेर मारे । बुबाउपर आक्रमण भएको थाहा पाएर प्रतिकार गर्न उठेका ढकालका कान्छा छोरा ज्ञानु ढकाल जो ३–४ दिन अगाडि मात्र क्याम्पस बिदा भएर घर फर्केका थिए उनलाई समेत पोल खुल्ने डरले नक्सलाइटहरूले काटेरै मारे । यसैगरी नक्सलाइटहरूले शोषक, सामन्त र जमिनदारको नाममा त्यसैबेला हत्या गरेका ईश्वरी चुँडाल, भुटन चौधरीसमेतको घर तथा हत्यास्थल टावरबाटै क्रमशः देखाउँदै गए ।
केपी शर्मा ओली अझै लगातार ४–५ वर्षसम्म पदमै रहन पाउने हो भने तेह्रथुमकै इवा भदौरेको मेरो जन्मघर र तीनसल्लेको उनको जन्मघर मात्र होइन भक्तपुरको बालकोट दरबार नै देख्न सकिने दुई ३ सयतले अग्लो भ्युटाबर दमकमै बनाउन सक्थे भन्ने नलागेको पनि हैन । तर त्यो मेरो कल्पना मात्र थियो
मिश्र दाइले हत्याको वृत्तान्त बताइरहँदा, सुनिरहेको संकेत स्वरूप मुन्टो हल्लाउनुबाहेक बोल्नसम्म म सकिनँ । किनकि आफन्त व्यक्तिकै हत्याको वृत्तान्त सुन्नुपर्दा खाटो बसेको हृदयको चोटमा नुनचुक दलेजस्तो भएको मेरो वेदना त्यहाँ उदांगिन नदिन म चाहन्थेँ । हत्या गरिएका विष्णुप्रसाद विमली मेरै परिवारका बुबाहरू सबैका जेठो ज्वाइँ वा मेरो परिवारको जेठो भिनाजु हुनुहुन्थ्यो । रमेश मिश्र दाइले वृत्तान्त बताइरहँदा मेरो उपस्थिति त्यहाँ भए पनि मन भने आफ्नै टिनएजर कालको सो घटना’bout बुबाहरूबीच भएको संवादतर्फ फर्केको थियो । स्मरण रहोस् २०२८ सालको वर्षाद्को एक दिन बिहानै मेरो काहिँलो काका श्रीप्रसाद प्रसार्ई हाम्रो घरनजिक आएर मेरो बुबा तुलसीरामलाई संकेत गर्दै ‘ए दाजु १ जेठो ज्वाइँ विष्णुप्रसादलाई खोपवाडीमा आज राति मारे अरे’ भनेको सुन्नासाथ बुबाले हैन के भनेको काइँला ? भन्दै काकाछेउ पुगेको र केहीबेरमै अरू बुबाहरू भेलाभै घरबाट हिँडेको क्षण स्मरणमा आयो । बुबाहरूबीच भएको संवादको स्मरणले मलाई चिन्तित बनाएकै थियो । तर मैले त्यसलाई दबाएरै त्यहाँ प्रदर्शित हुनबाट रोकेँ ।
यसपछि टावरको अर्कोपट्टि फर्केर टाढाको दृश्य देखाउँदै भाइ रमेश संग्रौलाले भन्यो, ‘दाजु हेर्नुहोस् त ऊ त्यो परको सेतो ठूलो पक्काघर, त्यो त हालका प्रधानन्त्री केपी शर्मा ओलीको हो नि । त्यो घर पछि केपीले बनाएको हो । पहिले त्यही ठाउँमा केपीका बुबा मोहनप्रसादले बनाएको छाप्रे फुसघर थियो । अस्तिसम्म मोहन बुबा त्यही छाप्रेघरमा बस्नुहुन्थ्यो । वरिपरिको काँशघारी फाँडेर उहाँले खेती गर्नुहुन्थ्यो, अझै पनि मोहन बुबाको बसाइँ त्यही ठाउँमा छ ।’ रमेश संग्रौला भाइको कुरा नसिध्दिँदै अर्को भाइ दिलकुमार श्रेष्ठले ‘अहिले त केको छाप्रेघरका मोहनप्रसाद काकाको छोरा खड्ग ओली नि । मुलुककै शक्तिशाली व्यक्ति कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली पो त । उनकै नामबाट यो टावरलाई स्थानीयले ओली टावर र नवसामन्त टावर नाम राखेका छन् । उनीहरूको पारिवारिक जीवनशैली र व्यवहार छोटो समयमै चमथ्कारपूर्ण ढंगले परिवर्तन भएको छ । अहिले उनीहरूले हामीलाई चिन्दैनन्’ भनी कुरा थपे ।
दमक नगरपालिकाकै कर्मचारी भतिज बद्री प्रसाईले, ‘काकालाई ऊ त्यो बिर्तामोडसँगै जोडिएको पूर्वतर्फको हरियाली थेग्लो गिरिबन्धु टिस्टेट हो भन्ने कुरा त थाहै होला ? जहाँ प्रधानमन्त्री ओलीकै साथ सहयोगीले हत्याउन गरेको दुष्प्रयास अहिले राष्ट्रिय चर्चाकै विषय बनेकै छ ।’ बद्री भतिजको कुरा सकिनासाथ पुनः रमेश मिश्र दाइले बिर्तामोड नगरपालिका क्षेत्रभित्रै पर्ने घैलाडुब्बा बजारतर्फ इंगित गर्दे मलाई भन्नुभयो, ‘भाइ घैलाडुब्बा बजारको पश्चिमी भागमा ऊ हेर्नुहोस् त विरिङ खोलातिर फर्केको लामो सेतो घर त्यही हो घैलाडुब्बा हाइस्कुल । जहाँ खड्गप्रसाद ओली र म सँगै नवौं कक्षामा पढ्थ्यौं । हामीलाई पढाउने यज्ञप्रसाद प्रसाई गुरु अहिले पनि जस्ताको त्यस्तै हुनुहुन्छ । तर अहिलेको केपी शर्मा ओलीले उहाँलाई चिन्दैनन्, हामीलाई त परै छोडौं । तथापि गुरु यज्ञप्रसादले भने च्यातिएको चप्पलमा खड्गप्रसाद ओली विद्यालय आउने गरेको कथा अझै सुनाउनुहुन्छ नि भाइ !’
सबैको कुरा सुनिसकेपछि, यो भ्युटावर त आफ्नै विगत र वर्तमानको जनजीवन र दिनचर्या प्रदर्शित गराउनकै लागि पो प्रधानमन्त्रीज्यूले निर्माण गरेका रहेछन् भन्ने मलाई अनुभूति नभएको पनि होइन । पक्कै पनि यही उद्देश्यले मात्रै भ्युटावर निर्माण गरेको त होइन, यसबाट अरू पनि रोमाञ्चक सामाजिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक दृश्यहरू देखिनुपर्छ भन्ने लागेर साथै रहेकै समूहतर्फ फर्केर सामूहिक रूपमै मैले केपी ओली सम्बद्ध दृश्यबाहेक यहाँबाट देखिने अन्य महत्वपूर्ण दृश्य देखाउनुहोस् भनी अनरोध गरेँ ।
मेरो जिज्ञासाको तात्पर्य बुझेर भान्जा पुण्यप्रसाद ओलीले अब मामालाई पालैसँगै अलगअलगै विषयवस्तु सम्बद्ध स्थलको सदृश्य झलक देखाउँछौं भन्दै आफ्नो कुरा राख्न प्रारम्भ गरे । ‘म मामालाई धार्मिक महत्वपूर्ण तीर्थस्थलको अवलोकन गराउँछु । मामा ऊ पर हेर्नुहोस् त त्यो शनिश्चरे बजारसँगै जोडिएको मन्दिरको गजुर प्रसिद्ध जलेश्वर वा अर्जुनधारा धामको हो । त्यहाँको शिवालयका ’boutमा मामालाई अवगतै छ । तर त्यो स्थान मामाले पहिले देखेको भन्दा धेरै परिवर्तन भएको छ । जलेश्वर धामदेखि सोझै दक्षिणमा देखिएको चन्द्रगढी बजारदेखि पूर्व दक्षिणमा पर्ने त्यो कालो, कालो खाल्डोजस्तो भाग किचकबद्ध वा कचलाकोलन हो, जुन नेपालको सबैभन्दा होचो भाग मानिन्छ । यसैगरी मामा कचलाकोलनदेखि सोझै उत्तर चुरेको थुम्को जुन मेची नदीकै पश्चिमी किनारकै भाग पर्दछ हेर्नुहोस् त्यो पुराणमा उल्लेखित कृष्ण थुम्की हो । कृष्ण थुम्की दक्षिण काँकडभिट्टा बजारकै उत्तर निकट रहेको त्यो स्थान पतालगंगा हो मामा । धूलाबारी बजारकै केही दक्षिणतर्फ हेर्नु त । शिवमन्दिर । मामा कन्काई नदीकै किनारमा, सुरुंगा उत्तरको धनुषकोटिधाम त्यही हो, जुन कोटिहोम नजिकै छ । धनुषकोटिधामको ठीक पश्चिममा चुरेको फेदमा कनकाई नदीको पश्चिमी किनारमा भएको ऊ त्यो सतासीधाम हो । अर्को बिर्तामोड बजारकै पूर्वतर्फ रहेको हेर्नुहोस् हरिहर आश्रम मामा, यी झापाका मुख्य तीर्थस्थल हुन जुन यही टावरबाट सबै देखिन्छन् ।’ भान्जा पुण्यले सदृश्य अवलोकन गराए । टाढैबाट भए पनि सबै तीर्थस्थलको दर्शन गर्न पाएकामा मलाई खुसी लाग्यो ।
सामाजिक र ऐतिहासिक धरोहर अवलोकन गराउनेको पालो क्रमशः आउँदै थियो । एकाएक मेरो नजर टावर उत्तर नजिकैको चुरे थुम्कोतिर प¥यो । जुन थुम्कोस्थित वरपीपल चौतारी, मैले यातायात सुविधा नहुँदा तेह्रथुमको आठराईदेखि पाँचथरको फिदिम, रबिबजार हुँदै पेरंगे खोलाको तिरैतिर दमक झर्ने क्रममा विश्राम गर्दै झापाको समथर मैदानको मनमोहन दृश्य अवलोकन गर्ने चौतारी नै थियो । चुरे थुम्कोको चौतारीले मैले विद्यार्थी जीवनमा बुबाको साथ झापा तेह्रथुम पैदल हिँडेको झल्को दियो । दमक हुँदै उकालो चढ्ने र पाँचथरको रविबजारबाट दमकतर्फ झर्ने बटुवाहरू सबैका लागि चुरै थुम्कोको चौतारी विश्रामस्थल नै थियो । सो बाटो हिँड्दा मैले चौतारीको चिप्लो ढुंगाबाट धेरैपटक झापाको हरियाली धानखेतको रमणीय दृश्य अवलोकन गरेको थिएँ । कतै अहिले पनि उक्त चौतारीमा बटुवाहरू विश्राम गरिरहेका त छैनन् ? मैले नियालेर हेरिरहेँ ।
सूक्ष्म अवलोकनकै क्रममा हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली अझै लगातार ४–५ वर्षसम्म पदमै रहन पाउने हो भने तेह्रथुमकै इवा भदौरेको मेरो जन्मघर र तीनसल्लेको उनको जन्मघर मात्र होइन भक्तपुरको बालकोट दरबार नै देख्न सकिने दुई ३ सयतले अग्लो भ्युटाबर दमकमै बनाउन सक्थे भन्ने नलागेको पनि हैन । तर त्यो मेरो कल्पना मात्र थियो । यस्तै कल्पना गर्दै चौतारीमा नियाल्दा मैले लस्करै ७–८ वटी दिदीबहिनी घाँस र दाउराको भारी बिसाएर पछेउराले अुनहारको पसिना पछ्दै उल्टै टावरतर्फ फर्केर हामीलाई हेरिरहेको देखेँ । त्यसमध्येकै रातो साडी लगाएकी एउटी बहिनीले औंलाले हामीलाई देखाएर हाँसेको दृश्य देख्दा हामीले हेरेको भ्युटावरभन्दा दसौं गुणा अग्लो नजिकैको प्राकृतिक टावरमा बस्नेले त्यस्तो होचो ठाउँबाट के दृश्य हेरेको होला भनी गिज्याइरहेको अनुभूति हुँदा म लाजले भुतुक्क भएँ । लज्जास्पद मुद्रामै मैले सबै मित्रहरूलाई बाँकी दृश्य अर्कोपटक हेरौंला भनी फर्कन अनुरोध गर्नासाथ हामी सबै दृश्यावलोकन कक्षबाट बाहिरियौं ।
(Visited 10 times, 1 visits today)