दक्षिण क्यालिफोर्नियामा छापा मार्ने क्रममा घाइते भएका आप्रवासीको मृत्यु



प्रकाशित मिति : असार २८, २०८२ शनिबार


संघीय आप्रवासन अधिकारीहरूले दक्षिण क्यालिफोर्नियाको क्यानाबिस फार्ममा छापा मार्दा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

छापा मार्ने क्रममा ३० फिट तल खस्दा गम्भीर घाइते भएका हाइम एलानिस गार्सिया को मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।

गार्सिया झरेपछि घाँटी र टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनकी श्रीमती मेक्सिकोबाट यात्रा गरी अस्पताल पुगेसँगै मृत घोषणा गरिएको थियो ।

दक्षिण क्यालिफोर्नियामा छापा मार्ने क्रममा घाइते भएका आप्रवासीको मृत्यु

दक्षिण क्यालिफोर्नियामा छापा मार्ने क्रममा घाइते भएका आप्रवासीको मृत्यु

गार्सिया ग्यास हाउस फार्ममा कार्यरत थिए । यो क्यानाबिस खेती गर्ने कम्पनी हो । बिहीबार त्यहाँ छापा मारिएको थियो । लस एन्जलसको उत्तर पश्चिममा ५० माइलको दूरीमा यो ठाउँ पर्छ।

“गार्सिया कानून कार्यान्वयन निकायबाट खेदिँदै थिएनन् । उनी आफैं हरियोगृहको छानोमा चढे र हाम फालेका थिए ।

छापा लगत्तै सयौं प्रदर्शनकारीहरू भेला भए । केहीले संघीय अधिकारीहरूको गाडीमा ढुंगा र इँटा हानेका थिए। संघीय अधिकारीहरूले टियर ग्यास र ‘कम प्राणघातक हतियारहरू’ प्रयोग गरी भिडलाई तितरबितर पारेका थिए।

३१९ जना आप्रवासीहरूलाई पक्राउ गरिएको छ । साथै १४ जना बालबालिकालाई जबरजस्ती श्रम वा मानव तस्करीबाट उद्धार गरिएको छ ।

“यस छापामा अमेरिकाका नागरिकहरू समेत समातिएका छन्।” उनीहरूले संघीय अदालतले दिएको अस्थायी प्रतिबन्ध आदेशको स्वागत गरेका छन् ।

दक्षिण क्यालिफोर्नियामा छापा मार्ने क्रममा घाइते भएका आप्रवासीको मृत्यु

जसले आप्रवासन अधिकारीहरू (होमल्याण्ड सेक्युरिटी) लाई केवल जातीयता, भाषा, काम वा स्थानका आधारमा शंका बिना कारबाही गर्न रोक लगाएको छ ।

यो मुद्दामा आप्रवासी अधिकारका लागि कृयासिल संस्थाहरू र क्यालिफोर्निया राज्य तथा लस एन्जलस शहरले समर्थन गरेका थिए।





Source link

Leave a Comment