दक्षिण कोरियामा विमान दुर्घटनामा परी १२४ जनाले ज्यान गुमाए (अपडेट)



प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान जेजु एयरको विमान दुर्घटना हुँदा १२४ जनाले ज्यान गुमाएका छन्। उक्त विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र ६ चालक दलका सदस्य थिए।

दक्षिण कोरियाको दमकल विभागका अनुसार दुर्घटनामा ज्यान गुमाउने संख्या १२४ पुगेको जनाएको हो ।

उक्त विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको थियो। विमान अवतरणका क्रममा विमानस्थल नजिकै दुर्घटनामा परेको बताइएको छ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थलमा पुगेका छन् । उनले उद्धार कार्यमा आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र उपकरणहरूको व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School