दक्षिण कोरियामा चिनियाँ डीपसीक एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारको अनुसार डीपसीकले देशको व्यक्तिगत डेटा संरक्षण कानुनको पालना सुनिश्चित गर्न आवश्यक सुधार र उपायहरू लागू गरेपछि मात्रै प्रतिबन्ध हटाइनेछ ।

डीपसीक दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो । दक्षिण कोरियाका लाखौं मानिसहरूले यसलाई एप स्टोरबाट डाउनलोड गरिसकेका छन्। तर, यस एपको लोकप्रियता बढेसँगै गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू उब्जिएका छन्, जसका कारण विभिन्न देशहरूमा यसको अनुसन्धान भइरहेको छ।

धेरै देशहरूले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यस एपमा प्रतिबन्ध लगाएका छन्। दक्षिण कोरियाले पनि डेटा सुरक्षा सम्बन्धी चिन्ताका कारण यो कदम चालेको हो।

दक्षिण कोरियामा चिनियाँ डीपसीक एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध





Source link

Leave a Comment