दक्षिण कोरियाको विमास्थलमै विमान दुर्घटना, कम्तिमा २८ को मृत्यु



प्रकाशित मिति : पुस १३, २०८१ शनिबार

दक्षिण कोरियामा विमानस्थलमै भएको विमान दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । १८१ जना सवार विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको हो ।

विमान मुयान अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गबाट बाहिर गएर पर्खालमा ठोक्किएको हो । यो विमान दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

जेजु एयरको विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्यहरु थिए । विमान थाइल्याण्डको बैंककबाट फर्किँदै थियो । अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ ।

दुई जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी छ । विमानको पछाडिको भागमा फसेका मानिसहरूलाई उद्धार गर्न आपतकालीन सेवाहरू प्रयासरत रहेको विमानस्थलका एक अधिकारीले जनाएका छन् ।

विमानमा रहेका यात्रुमध्ये १७३ जना दक्षिण कोरियाली नागरिक र दुई जना थाइ नागरिक थिए ।

दुर्घटनाको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । तर, स्थानीय मिडियाहरूका अनुसार चराहरू विमानको प्रणालीमा अड्किँदा यो दुर्घटना भएको हुन सक्छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रत्यक्ष फुटेजले विमानलाई धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदै र त्यसपछि आगो लाग्दै गरेको देखाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School