दक्षिण कोरियाका प्रधानमन्त्री हान बिरुद्धको महाभियोग अदालतद्वारा खारेज



प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डकसूको महाभियोग खारेज गरेको छ । उनलाई देशको कार्यवाहक राष्ट्रपति को रूपमा अदालतले पुनर्स्थापित गरेको छ ।

हानले गत डिसेम्बरमा कार्यवाहक नेता को रूपमा जिम्मेवारी सम्हालेका थिए । राष्ट्रपति योन सुक योललाई संसदले महाभियोग लगाएर निलम्बित गरेपछि हान लाई जिम्मेवारी दिइएको थियो ।

उनलाई मार्शल कानून घोषणा गर्न प्रयास गरेको आरोप लगाइएको थियो ।

दक्षिण कोरियाका प्रधानमन्त्री हान बिरुद्धको महाभियोग अदालतद्वारा खारेज

दक्षिण कोरियाका प्रधानमन्त्री हान बिरुद्धको महाभियोग अदालतद्वारा खारेज

तर हानले दुई हप्तासम्म मात्र सत्ता सम्हाल्न पाएका थिए । त्यसपछि सांसदहरूले उनका बिरुद्ध पनि महाभियोग लगाउनको लागि मतदान गरे ।

त्यसपछि दक्षिण कोरियाको नेतृत्व उपप्रधानमन्त्री चोई सांग मोकले गर्दै आएका थिए । दक्षिण कोरिया योनको असफल मार्शल कानून लागू गर्ने प्रयासपछि राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको थियो ।

कार्यवाहक राष्ट्रपति पद सम्हालेपछि हानले संवैधानिक अदालतमा नयाँ न्यायाधीशहरूको नियुक्तिलाई रोकेका थिए । ७ जना न्यायाधीशहरूको बहुमतले महाभियोग खारेज गर्ने निर्णय गरेको थियो ।

संवैधानिक अदालतको बुद्धिमानी निर्णयको लागि धन्यवाद दिन्छु हानले अदालतको आदेशपछि प्रतिकृया दिए । अदालतले राष्ट्रपति योनको महाभियोगको बारेमा पनि फैसला गर्ने तयारी गरेको छ ।

योनलाई १४ डिसेम्बरमा संसदले महाभियोग लगाएर पदवाट हटाएको थियो । यदि अदालतले महाभियोग उल्टायो भने योन तुरुन्तै आफ्नो पदमा फर्कने छन ।

दक्षिण कोरियाका प्रधानमन्त्री हान बिरुद्धको महाभियोग अदालतद्वारा खारेज

योनको अदालती निर्णयको मिति अझै तय भएको छैन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School