दक्षिण एसिया र मोदी : RajdhaniDaily.com


वैश्विकस्तरमा कुनै पनि देशले आफ्नो सशक्त उपस्थितिलाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छ, यसको सशक्त उदाहरण हो, भारत । वैश्विक राजनीतिक तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको उपस्थिति र भूमिका अनिवार्य बन्दै गएको छ । भारतले आफ्नो सैन्य क्षमता, आर्थिक क्षमता, ज्ञान–विज्ञान र कौशल, आध्यात्मिक एवं सांस्कृतिक विरासत र कूटनीतिसमेत एकैसाथ प्रयोग गरिरहेको छ । रुस–युक्रेन युद्ध होस् अथवा प्यालेस्टाइन–इजरायल युद्ध, भारतको समन्वयकारी भूमिकाको चारैतिर प्रशंसा भइरहेको छ । विश्वका पाँच प्रमुख अर्थ व्यवस्थामध्येको एक भारत अहिले विश्वको उदाउँदो शक्तिराष्ट्र पनि हो । दक्षिण एसियाको एउटा प्रमुख राष्ट्र भएको नाताले भारतले यस क्षेत्रको विकासमा बढी ध्यान दिनुपर्ने र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनलाई क्रियाशील बनाउनुपर्ने चाहना र माग यस क्षेत्रमा रहेको देखिन्छ । दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस दिशामा सार्थक पाइला चालेका भए पनि दक्षिण एसियाका कतिपय देशमा भारतप्रति रहेको आधारहीन शंका र विश्वासको कमीका कारण पनि दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अपेक्षित सक्रियतामा अवरोध देखिएको यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

करिब ११ वर्षअघि दक्षिण छिमेकी भारतको प्रधानमन्त्री बन्दा मोदीले आफ्नो शपथग्रहण समारोहमा दक्षिण एसियाका सबै देशका प्रमुखहरूलाई आमन्त्रण गरेका थिए । त्यस शपथ समारोहमा दक्षिण एसियाका नेताहरूको उपस्थितिले सार्कको उज्ज्वल भविष्यको सम्भावनालाई संकेत पनि गरेको थियो । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत मोदीले दक्षिण एसियाका सदस्य राष्ट्रहरूसित मिलेर काम गर्न खोजेका थिए । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफको जन्मदिनको अवसरमा उनको उपस्थिति यसैको संकेत थियो तर पाकिस्तानी सेनाले भारतको पुलवामामा आक्रमण गरी साढे दुई दर्जन जति भारतीय सेनालाई हताहत गरेपछि भारत र पाकिस्तानबीच उत्पन्न भएको कटुता अहिलेसम्म समाप्त भएको छैन । कोभिड–१९ को समयमा पनि भारतले दक्षिण एसियाका देशहरूसित मिलेर काम गर्न खोजेको थियो यद्यपि कोभिड–१९ को समयमा भारतले दक्षिण एसियाका देशहरूलाई आवश्यक स्वास्थ्य सामग्री र पछि खोपसमेत सहयोग गरेका थिए । तर, त्यसमा पनि पाकिस्तानले कश्मीरजस्तो विषयलाई चर्चामा ल्याएर सार्कलाई विवादित बनाउने काम गरेको थियो । विवादास्पद दुईपक्षीय मुद्दालाई सार्कको मञ्चबाट उठाउन नहुने कुरा यसको बडापत्रमै उल्लेख छ तर पाकिस्तानले निरन्तर रूपमा यस विषयलाई चर्चमा ल्याउने काम गर्दै आएको हो । भारत र पाकिस्तानबीचको कटुता कतिसम्म बढेको छ भने पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री इमरान खानले एकपटक आफ्नो देशको संसद्मै भनेका थिए, ‘भारतका प्रधानमन्त्री मोदीले उनको फोनलाई समेत रिसिभ गर्दैनन् ।’ भारत–पाकिस्तान विवादको सोझो असर दुवै देशको दुईपक्षीय व्यापारमा परेको छ । पाकिस्तानमा खाद्य सामग्रीलगायत प्रत्येक वस्तुको मूल्यमा चर्को वृद्धि भइरहेको अवस्था छ । पाकिस्तानले भारतसित सुमधुर सम्बन्ध बनाउन खोजे पनि अहिले भारतकै अभिरुचि त्यसमा देखिएको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो विदेश भ्रमणको सुरुआत नेपालबाट नै गर्न चहेका थिए तर नेपालले यस सम्बन्धमा छिटो निर्णय लिन नसक्दा मोदीले भुटानबाट आफ्नो विदेश भ्रमणको थालनी गरे । भुटानपछि उनी नेपाल आएका थिए । सम्भवतः आफ्नो पहिलो कार्यकालमा उनी तीन–चारपटक नेपाल आएका थिए जबकि दोस्रो कार्यकालमा आउँदै आएनन् । सम्भवतः सबैभन्दा बढी नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री मोदी नै हुन् । मोदीले आफ्नो नेपाल भ्रमणका क्रममा पशुपतिनाथको मन्दिर, जानकी मन्दिर, लुम्बिनी र मुक्तिनाथमा पूजा–अर्चना गरेपश्चात् नेपाल–भ्रमणमा आउने भारतीय तीर्थयात्री र पर्यटकको संख्यामा अप्रत्याशित रूपमा बढेको छ । सुरुमा मोदी नेपाल भ्रमणमा आउँदा काठमाडौंको बौद्धिक वृत्तमा एउटा प्रश्न उठ्ने गथ्र्यो, ‘होइन, मोदीजी किन पटक–पटक नेपाल भ्रमणमा आउन चाहन्छन् ?’, आज तिनै बौद्धिक वृत्तले ‘नेपालको पटक–पटकको आग्रहका बावजुद पनि मोदी किन नेपाल भ्रमणमा आउन चाहँदैनन् ?’ भन्ने प्रश्न उठाउने गरेका छन् । भारतको नाम सुनेपछि त्यसमा अनर्थ मात्रै हेर्ने मानसिकताका कारण पनि नेपाल–भारत सम्बन्ध धेरै प्रगाढ बन्न सकेको छैन । परम्परागत बहुआयामिक सम्बन्ध भएका कारण दुवै देशका जनताले नै यस द्विपक्षीय सम्बन्धलाई कमजोर हुन दिएका छैनन् । नेपालको समग विकासमा भारतको सहयोग जारी छ ।

करिब ११ वर्षअघि दक्षिण छिमेकी भारतको प्रधानमन्त्री बन्दा मोदीले आफ्नो शपथग्रहण समारोहमा दक्षिण एसियाका सबै देशका प्रमुखहरूलाई आमन्त्रण गरेका थिए । त्यस शपथ समारोहमा दक्षिण एसियाका नेताहरूको उपस्थितिले सार्कको उज्ज्वल भविष्यको सम्भावनालाई संकेत पनि गरेको थियो

दक्षिण एसियाकै देश श्रीलंकामा पनि भारतप्रति नकारात्मक धारणा राख्नेको कमी छैन । त्यहाँको राजापाक्षे सरकारले चीनसित ऋण लिएर देशको अर्थव्यवस्थालाई सुधार गर्न चाहन्थे तर देशमा व्याप्त भ्रष्टाचारका कारण त्यो सम्भव भएन र चिनियाँ ऋणको चर्को ब्याजदरका कारण देश नै आर्थिक रूपले कंगाल हुन पुग्यो । आर्थिक संकटको बेलामा भारतले नै उसलाई सहयोग ग¥यो । अहिले श्रीलंका र भारतबीच राम्रो सम्बन्ध छ ।

विगत १०–१५ वर्षदेखि देशमा व्याप्त राजनीतिक स्थिरताका कारण आर्थिक प्रगतिको बाटोमा बढिरहेको बंगलादेशमा धार्मिक उन्माद र कट्टरता बढ्न जाँदा त्यहाँ सरकार नै परिवर्तन भएको छ । एउटा जननिर्वाचित सरकारलाई सडकको भीडबाट हटाउने काम भएको छ । गैरमुसलमानप्रतिको असहिष्णुताले त्यहाँ ठूलो धनजनको क्षति गरायो । बंगलादेश अहिले राजनीतिक अस्थिरता र अराजकताको बाटोमा लागेको छ । सामान्य अवस्थामा फर्किन उसलाई एक दशक लाग्नेछ । माल्दिभ्सको अवस्था पनि बंगलादेश र श्रीलंकाभन्दा भिन्न छैन । भुटान निरन्तर रूपमा प्रगतिको बाटोमा छ । लामो गृहयुद्धबाट फर्केको अफगानिस्तान बिस्तारै राजनीतिक स्थिरता र स्थायी शान्तिको अवस्थामा फर्कन लागेको छ तर अफगानिस्तानीहरू स्वभावले नै आक्रामक र योद्धा हुन्छन् तथा चाँडै नै प्रतिआक्रमण पनि गर्छन् । तसर्थ, अफगानिस्तान हिंसामुक्त रहने कल्पना पनि गर्न सकिँदैन । नेपालमा स्थायी शान्ति भए पनि राजनीतिक स्थिरता कायम हुन सकेन । देशका शासकमा देश विकासका लागि समर्पण र भिजन देखिएन । छिमेकी राष्ट्रसितको सम्बन्धलाई देशको आर्थिक प्रगतिमा उपभोग गर्न सकिएन । यहाँ सिद्धान्त, दर्शन र विचारका कुरा मात्रै भए, काम भएन ।

अफगानिस्तानबाहेक दक्षिण एसियाका प्रायः सबैजसो देशसित भारतको सिमाना जोडिएको छ । दक्षिण एसियाका देशबीचको खानपान, रहनसहन, भाषा–संस्कृति, इतिहास भौगोलिक परिवेश प्रायः एक समान नै छन् । हाम्रा समस्या र चुनौती पनि एकजस्तै छन् तर समस्याको पहिचान गर्ने र त्यसको सम्बोधन गर्ने तरिकामा समानता देखिएन । पूर्वाग्रह, संकीर्णता तथा भाषिक र जातीय कट्टरतामा आधारित राष्ट्रवादका कारण दक्षिण एसियाका अधिकांश देशको विकास हुन सकेन । भारत मात्रै किन विकास ग¥यो ? यस’bout हामीबीच गम्भीर चिन्तनको आवश्यकता छ । विश्वमा भइरहेका सुधार र विकासका प्रक्रियासित आफूलाई नजोडी कार्पेटमुनि धूलो लुकाउने नीति राखेका देशहरू अवश्य पनि पिछडिएका छन् । भारतसँग स्वतन्त्र भएका अथवा कहिल्यै कसैको दासत्व नबोकेको देशले किन प्रगति गर्न सकेन ? यस’bout दक्षिण एसियाका देशहरूले गम्भीर चिन्तन गर्नुपर्छ । यदि सार्कको तुलनामा विमस्टेक, क्वाड र आसियानजस्ता देशतिर भारतले बढी ध्यान केन्द्रित गरेको छ भने त्यसको कारण खोतल्नु हामी सबैको कर्तव्य हो । प्राकृतिक स्रोत–साधनको प्रचुर भण्डार हुँदा पनि आफू ठगिने हो कि ? भन्ने डरले त्रसित रहेकै कारण पनि यस क्षेत्रको विकास हुन सकेन । वैदेशिक लगानीको रङ (कुन देशबाट आएको हो) हेर्ने हो भने विकास हुन सक्दैन । दक्षिण एसियाको विकास हुन नसक्नुमा यस क्षेत्रका अधिकांश देशका शासक नै दोषी छन् ।

भारतका प्रधानमन्त्री मोदी एसियाका प्रभावशाली प्रधानमन्त्री त छन् नै, थोरै समयमा अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो कूटनीतिक पहलका कारण स्थापित हुन पुगे । प्रशासनिक, कूटनीतिक र इमानदारीको क्षेत्रमा सक्षम नेताको रूपमा स्थापित नेता मोदीको लोकप्रियतामा अलिकति पनि कमी आएको छैन । १ सय ४० करोड जनसंख्या भएको देश, लोकतान्त्रिक शासन प्रणाली, न्यायिक सर्वोच्चता र सय वर्ष पुरानो राजनीतिक पार्टीको निरन्तर विरोध तथा निगरानीका बावजुद भारतका प्रत्येक नागरिकको प्रिय नेताको रूपमा मोदी स्थापित छन् । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूपछि लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाएका मोदी देशभित्र मात्रै होइन, देशबाहिर पनि निकै लोकप्रिय छन् । अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका टाइम्सको सर्भेक्षणमा ५० लाख मतदातामध्ये एकतिहाइले मोदीको पक्षमा मतदान गरे । त्यसैबेला स्टेट टाइम्सले मोदीलाई एसियाको वर्षको महान् पुरुषको रूपमा व्याख्या गरेको थियो । भारतका विपक्षीहरूले उनीमाथि कट्टर हिन्दूवादी नेता भएको आरोप लगाए पनि साउदी अरब, युनाइटेड अरब इमिरेट्स र इजिप्टजस्ता अनेकौं इस्लामिक देशले आफ्नो देशको उच्च नागरिक सम्मानबाट मोदीलाई विभूषित गर्नु सामान्य उपलब्धि र लोकप्रियता होइन ।

विश्वको पाँचौं अर्थव्यवस्था बनेको भारत सन् २०३० अघि नै विश्वको तेस्रो अर्थव्यवस्था बन्ने प्रक्षेपण गरिँदै छ । अमेरिका र युरोपेली देशहरूको आरोपका बावजुद उनले सस्तो दरमा रुसबाट इन्धन खरिद गरे रुस र युक्रेन दुवैले पत्याएका नेता मोदीकै कारणले रुसले युद्धमा आमविनाशकारी हतियारको प्रयोग नगरेको कुरा रहस्योद्घाटन पोल्यान्डका विदेश उपमन्त्रीले गरेका छन् । प्रतिद्वन्द्वी राष्ट्र चीनसित पनि भारतको सम्बन्ध सुधारोन्मुख दिशामा छ । जी–२० मा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भारत ब्रिक्समा ठूलो भूमिका निर्वाह गरिरहेको छ । ग्लोबल साउथमा भारत र चीन दुवैले मिलेर नेतृत्वदायी भूमिकाको निर्वाह गर्ने निश्चित छ । मोदी, सी चिनपिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन विश्व राजनीतिका नेतृत्वकर्ता हुन् भन्दा अतिशयोक्ति नहोला । दक्षिण एसियाका देशले मोदीको राजनीतिक अनुभव, दूरदर्शिता र प्रस्ट नीतिको लाभ लिन सक्नुपर्छ ।

(Visited 26 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School