दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित



प्रकाशित मिति : असार २, २०८१ शनिबार

दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रे (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीले रामाफोसा पुनःराष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको खुलासा गरेको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

“केपटाउन अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा आयोजित ७औँ लोकतान्त्रिक संसद्को राष्ट्रियसभाको पहिलो बैठकबाट माननीय सिरिल रामाफोसा दक्षिण अफ्रिका गणतन्त्रको राष्ट्रपतिको रूपमा पुनः निर्वाचित हुनुभएको छ”, एएनसीले एक्समा भन्यो ।

दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय काङ्ग्रेस पार्टीले दुई हप्ताअघि भएको चुनावमा एएनसीले ३० वर्षको बहुमत गुमाएपछि बिहीबार मुख्य विपक्षी र अन्य दलसँग गठबन्धन सरकार गठन गर्न र राजनीतिक गतिरोध अन्त्य गर्न सहमति भएको स्थानीय समाचार माध्यमले जनाएको छ ।

राष्ट्रपतिको रूपमा रामाफोसाको यो दोस्रो कार्यकाल रहेको दक्षिण अफ्रिकाको समाचार एजेन्सीले बताएको छ ।





Source link

Leave a Comment