दक्षिणी क्यालिफोर्नियामा डढेलो, ३० हजार मानिसलाई स्थानान्तरण गरियो



प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा तीव्र गतिमा डढेलोले फैलिएको छ । डढेलोले धेरै क्षेत्रलाई क्षति पुराएको छ । यो डढेलो तीव्र हावाको आँधीले चलाएको हो ।

डढेलोका कारण केहि घरहरु नष्ट भएका छन । करिब ३० हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

डढेलोले अझै बिकराल रुप लिनसक्ने अधिकारीहरुले चेतावनी जारी गरेका छन । अधिकारीहरूले चेतावनी दिए कि सबैभन्दा खराब स्थिति अझै आउन बाँकी छ।

लस एन्जलसको पश्चिममा रहेको तटीय क्षेत्र प्यासिफिक प्यालिसेड्सका बासिन्दाहरू भाग्न खोज्दा सनसेट बुलेभार्डमा लामो ट्राफिक जाम भयो ।

यस क्षेत्रमा करिब २४ हजार मानिस र धेरै सेलिब्रेटीहरू बस्छन् ।

बुधबार दिउँसोसम्म दक्षिणी क्यालिफोर्नियाले एक दशकभन्दा बढी समयपछि भोगेको सबैभन्दा ठुलो आँधी थियो । यो आँधीको बेग १०० माइल प्रतिघण्टाको थियो ।

आगलागी भएको क्षेत्रको दक्षिणपूर्वमा रहेको एउटा पहाडी बस्तीमा धुवाँको ठूलो पर्खाल आकाशमा फैलिएको देखिन्थ्यो ।

डढेलोले टेमेस्कल क्यानियन नजिकका पहाडहरूमा तीव्र गतिमा फैलिएको छ ।

दक्षिणी क्यालिफोर्नियामा डढेलो, ३० हजार मानिसलाई स्थानान्तरण गरियो

यो डढेलोको गम्भीरता र यसले ल्याएको कठिनाइहरूले क्यालिफोर्नियाको आपतकालीन व्यवस्थापनलाई पुन विचार गर्न बाध्य गराएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School