प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार
अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित मालिबु क्षेत्रमा आइतबार बेलुका ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार आइतबार बेलुका ८:१५ बजे ३ दशमलव ९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु वेस्ट लेक गाउँबाट लगभग ८ माइल उत्तर पूर्व र थाउजन्ड ओक्सबाट ९ माइल उत्तरमा केन्द्रित थियो ।
भूकम्पको कारण भएको क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन ।
दक्षिणी क्यालिफोर्नियाका मालिबु, लस एन्जलसका केही भागहरू, सान फर्नान्डो भ्याली, अगौरा हिल्स, थाउजन्ड ओक्स, क्यामारिलो, साउथ बे समुदाय र लङ बीचमा रहेका बासिन्दाहरूले भूकम्पको धक्का महसुस गरेको बताएका छन् ।