प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार
थाइल्याण्डले कम्तीमा ४० उइघुरलाई देशनिकाला गरी चीनमा फिर्ता पठाएको छ । उनीहरुलाई त्यहाँ चरम यातना वा मृत्युदण्डको सजाय हुनसक्ने संभावना रहेको छ । उनीहरु थाइल्याण्डको जेलमा विगत १० बर्षदेखि थुनिएका थिए ।
उनीहरुलाई चीनको शिन्जियाङ क्षेत्र फर्काइएको थाइल्याण्डका अधिकारीले बताएका छन ।
चीनले थाइल्याण्डमा कागजातविहिन अबस्थामा बसेका ४० जना आप्रवासीहरु फर्केको बताएको भएपनि उनीहरु उइघुर समूदायका हुन या होइनन भनेर खुलाएको छैन ।
चीनमा उइघुर र अन्य प्रायः मुस्लिम जातीय समूहहरूसँग मानवता विरुद्धका अपराध र जातीय हत्याका आरोप लगाइएको छ ।
तर चीनको उत्तर पश्चिमी शिन्जियाङ क्षेत्रमा यस्ता घटनाहरु भइरहेको छ । तर बेइजिङले भने ती सबै आरोप अस्वीकार गरेको छ ।
थाइल्यान्डले २०१५ पछि उइघुरलाई पहिलो पटक देशनिकाला गरेको हो।
अमेरिकाले र संयुक्त राष्ट्रसंघले थाइल्याण्डको पछिल्लो कदम प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । आठ उइघुर अझै थाइल्यान्डमा छन् । ति मध्ये पाँच जना अहिले पनि थुनामा रहेका छन्।
प्रधानमन्त्री पैतोङतार्न शिनावात्राले हालै चीनको भ्रमणगरी उइगुरहरुको सुरक्षा सुनिश्चित गराएको थाइल्याण्डले बताएको छ ।
को हुन उइघुरहरू ?
२०१४ मा थाइल्यान्डको सीमामा थुनिएका ३०० भन्दा बढी उइघुरहरू मध्येका ति ४० जना हुन । उनीहरु शिन्जियाङमा भएको दमनबाट पलायन भएका थिए ।
शिन्जियाङ क्षेत्रमा लगभग १ करोड २० लाख उइघुरहरू बसोबास गर्छन् । ति मध्ये प्रायः मुस्लिम हुन्। उइघुरहरूले आफ्नो भाषा बोल्छन् । उनीहरुले बोल्ने भाषा टर्की भाषासँग मिल्दोजुल्दो छ ।
उनीहरुले आफूलाई मध्य एशियाली राष्ट्रहरूसँग सांस्कृतिक र जातीय दृष्टिले नजिक मान्छन् । उनीहरू शिन्जियाङको जनसंख्याको आधाभन्दा कम छन् ।
शिन्जियाङमा चिनियाँ प्रमुख जाति हान को ठूलो आप्रवासन गरिएको छ । कतियले यसलाई अल्पसंख्यकहरूको जनसंख्या घटाउने उद्देश्यले सरकारले गरेको कार्य भनेर टिप्पणी गरेका छन ।
चीनले मुस्लिम धार्मिक व्यक्तित्वहरूलाई लक्षित गर्ने र शिन्जियाङमा धार्मिक अभ्यासहरू प्रतिबन्धित गर्ने गरेको आरोप लागेको छ । त्यहाँ मस्जिद र समाधिहरूलाई पनि नष्ट गरिएको बताइन्छ ।