थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी



प्रकाशित मिति : असार १६, २०८१ आईतबार

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।

मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न सङ्घर्ष गरिरहेका छन् ।

रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।

रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ ।

मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ । मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School