त्रिवि पदाधिकारीहरूको नियुक्तिमा भइरहेको ढिलाइमा पूर्व उपकुलपतिहरू आपत्ति

त्रिवि पदाधिकारीहरूको नियुक्तिमा भइरहेको ढिलाइमा पूर्व उपकुलपतिहरू आपत्ति


त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको नियुक्ति ढिलाइबारे पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्।

शुक्रबार पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग जोशीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

पदाधिकारीहरूको नियुक्ति ढिलाइबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यहरूमा पर्न सक्ने वा परिरहेका समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु पर्ने उनीहरुले बताएका छन्।

यसरी पदाधिकारीहरूको नियुक्तिमा ढिलो हुनु भनेको विश्वविद्यालयको नियमित काममा जानी नजानी अवरोध ल्याउनु पनि रहेको पूर्वउपकुलपतिहरूको भनाइ छ।

त्रिविका पदाधिकारीहरूको अविलम्ब नियुक्त गरेर उपकुलपतिको टिम पूरा गर्दै विश्वविद्यालयको नियमित काम सुचारु गर्न उनीहरुले आग्रह गरेका छन्। 

प्रकाशित: २३ चैत्र २०८० १८:२९ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School