त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ५ महिनासम्म दैनिक १० घण्टा बन्द रहने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ५ महिनासम्म दैनिक १० घण्टा बन्द रहने

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आज शुक्रबारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द रहनेछ। विमानस्थल स्तरोन्नतिका लागि राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दक्षिण–पश्चिमतर्फ ट्याक्सीवे, उत्तरतर्फ इन्टरनेशनल एप्रोन र पूर्वतर्फ ह्याङ्गर एप्रोनको विस्तार गर्न १५ अर्ब खर्च हुनेछ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आज शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।

स्तरोन्नतिका क्रममा राति १० बजे देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School