तोकिएका आईडी बिना आप्रवासीहरूलाई अमेरिकाभित्रको उडानमा रोक



प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

तोकिएका आईडी बिना आप्रवासीहरूलाई अमेरिकाभित्रको उडानमा रोक

अमेरिकाको यातायात सुरक्षा प्रशासन टीएसएले घरेलु उडानहरूमार्फत यात्रा गर्न आप्रवासीहरूको पहिचानको माध्यमको रूपमा सीबीपी एपको प्रयोग बन्द गरेको छ। स्वच्छिक देशनिकालाको लागि यात्रा गर्ने आप्रवासीहरूलाई भने यात्रा गर्न छुट दिइने जनाइएको छ ।

होमल्याण्ड सेक्युरिटी अधिकारीहरूले गैरकानूनी रूपमा अमेरिकामा आप्रवासीहरूलाई औपचारिक पहिचान बिना उडान गर्न अनुमति दिएर उत्पन्न हुने सुरक्षा जोखिमहरूको बारेमा चिन्ता व्यक्त गरेपछि टीएसएले नीति परिवर्तन गरेको हो । तर आप्रवासन अधिकारकर्मीहरुले यो नीति परिवर्तनले सीमावर्ती समुदायहरूमा थप दबाब दिने र थप आप्रवासीहरूलाई स्थल यातायातमा भर पर्न बाध्य पार्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति जो बाइडेनको कार्यकालमा आप्रवासीहरूलाई एसाइलमको अप्वाइन्टमेन्टको तालिका बनाउन अनुमति दिनका लागि यसको सुविधा विस्तार गरिएको थियो । तर अब नयाँ निर्देशनको साथमा त्यो क्षमता हटाइएको छ । सीबीपी वानलाई पनि सीबीपी गोका नाममा पुनः ब्रान्ड गरिएको छ।

तोकिएका आईडी बिना आप्रवासीहरूलाई अमेरिकाभित्रको उडानमा रोक

तोकिएका आईडी बिना आप्रवासीहरूलाई अमेरिकाभित्रको उडानमा रोक

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई औपचारिक पहिचान बिना उडान गर्न अनुमति दिँदा सुरक्षा खतरा उत्पन्न हुने तर्क गरेको छ । नयाँ नीति अनुशार विमानस्थलमा गएका कैयन आप्रवासीहरुलाई विमान चढ्न नदिई फिर्ता गरिएको छ ।

टीएसएले अमेरिकी ड्राइभर लाइसेन्स, अमेरिकी पासपोर्ट, अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल एन्ट्री, नेक्सस, सेन्ट्री, फास्टजस्ता ट्रस्टेड ट्राभलर कार्डहरू, अमेरिकी रक्षा मन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिङ कार्ड, संघीय मान्यता प्राप्त आदिवासी कार्डहरू, विदेशी सरकारद्वारा जारी पासपोर्ट, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र, अमेरिकी वर्क परमिट लगायतका कार्डहरु आन्तरिक उडानका लागि स्वीकार गरिने जनाएको छ ।

यसैबीच अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान सन् २०२५ को मे ७ बाट पूर्णरुपमा लागु गर्ने  भएको छ ।  अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय भवनहरुमा प्रवेश गर्न  ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि अब  ३ महिनाभन्दा कम छ ।

टीएसएले अन्तिम नियम प्रकाशित गर्दै रियल आईडीको प्रावधान मे ७ बाटै लागु हुने र अब अबधि थप नगरिने प्रष्ट पारेको हो ।  २०२५ को मे ७ पछि  अमेरिकामा विमान चढ्न वा संघीय भवनहरुमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ ।

सन् २००५ को मे ११ मा तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसले हस्ताक्षर गरेको रियल आईडी ऐन सुरुमा २००८ देखि पूर्णरुपमा लागु गर्ने योजना बनाइएको थियो । तर त्यसपछि डेडलाइन कैयनपटक विस्तार गरिएको थियो । । पछिल्लोपटक कोरोना महामारीको कारण देखाउदै डेडलाइन विस्तार गरिएको थियो ।

तोकिएका आईडी बिना आप्रवासीहरूलाई अमेरिकाभित्रको उडानमा रोक

रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।

तोकिएका आईडी बिना आप्रवासीहरूलाई अमेरिकाभित्रको उडानमा रोक

केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।

कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।





Source link

Leave a Comment