तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाइदै

तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाइदै



प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ ।

प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार निर्माण भइसकेका छन् ।

उपचारका लागि भनेर आउने व्यक्तिको शुल्क, सहयोग तथा सरकारी बजेटबाट कुण्डलाई व्यवस्थित गरिएको र बिरामीको सहजकताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

उहाँकानुसार गत आर्थिक वर्षमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको १५ लाख बजेट र समितिको ३ लाख लागत साझेदारीमा मुख्य कुण्डको प्रवेशद्वार निर्माण गरिएको छ ।

भक्तपुरे इट्टाको प्रयोग गरेर निर्माण भएको प्रवेशद्वारले तातोपानी कुण्ड परिसरलाई आकर्षक र कलात्मक बनाइएको छ ।

गत वर्ष कुण्डमा स्नान गर्न आउनेका लागि कपडा फेर्ने भवन, मुख्य कुण्डको छानो पुनःनिर्माण, कुण्ड परिसरमा पदमार्ग, तातोपानीको चिनारी स्तम्भलगायतका पूर्वाधार निर्माण गरिएका छन् ।

कुण्ड परिसरमा थरिथरिका फूलका बिरुवा रोपेर सौन्दर्यकरण गरिएको छ । एक वर्षको अवधिमा पूर्वाधार निर्माण र सुविधा विस्तारमा आन्तरिक आम्दानीबाटै करिब ३० लाख लगानी गरेको कुण्ड व्यवस्थापन समितिले बाहिरी कुण्डमा जाने प्रवेशद्वार र टिकट काउण्टरसमेत कलात्मक शैलीमा निर्माण गरिरहेको छ ।

नुहाउने पानीको लागि ३० वटा धारामा एकसाथ तातोपानी पुग्ने पूवार्धार बनाइरहेको छ । पूर्वाधारलाई अपाङ्गतामैत्री र प्रविधिमैत्री बनाउनुका साथै कुण्डमा जानका लागि लिफ्ट जडान गर्ने र विद्युतीय ह्वील चियरको प्रबन्ध गर्ने तयारी भइरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाइदै

कुण्डलाई जलचिकित्सासँग जोडेर फिजियो र मसाज थेपारीको सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार र आवश्यक मेसिन उपकरणको बन्दोबस्त गरिएको छ ।

यहाँ सङ्घीय सरकारको ५० लाख र कुण्ड व्यवस्थापन समितिको ३ करोडभन्दा बढी लगानीमा जलचिकित्सा सेवाका लागि भवन निर्माण गरिएको र गण्डकी प्रदेश सरकारबाट ५० लाख बराबरको मेसिन उपकरण प्राप्त भइसकेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

तातोपानीको मुख्य कुण्डमा १ सातासम्म बसेर प्राकृतिक उपचार गर्नका लागि वार्षिक करिब २० हजार मानिस आउने गरेका छन् । त्यसका लागि ३ सय शुल्क लिने गरिएको छ ।

गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ ।

कुण्डमा डुबेर बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ ।

यहाँ नियमित नुहाउनाले ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने विश्वास छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School