प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार
ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।
ताइचुङ सहरको सिन कङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरको १२औँ तलाको फुड कोर्टमा विस्फोट भएको ताइचुङ फायर ब्युरोले जनाएको छ ।
मृतकहरूमध्ये दुई जना मकाउबाट आएका पर्यटक रहेको मकाउको पर्यटन कार्यालयले बिहीबार पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू पर्यटनका लागि आएका सात जनाको परिवारका सदस्य थिए । अन्य पाँच जना घाइते भएका छन् र हाल ताइचुङका स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
स्थानीय समयानुसार बिहान करिब ११ः३० बजे घटनास्थलमा दर्जनौँ दमकलकर्मीहरू परिचालित गरिएका थिए । भवनको बाहिरी भाग क्षतिग्रस्त भएको र छरिएका टुक्राहरू सडकमा छरिएका थिए ।