डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ


सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्।

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकामा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्टभित्र मृत फेला परेकी थिइन्।

मृतककी भाइबुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए।

पक्राउ परेकी यमुनामाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

प्रकाशित: २१ चैत्र २०८० २२:२२ बुधबार





Source link

Leave a Comment