डेल्टा कम्प्लेक्समा भएको आगलागी ८ घण्टापछि नियन्त्रणमा , ५० करोड क्षतिको अनुमान

डेल्टा कम्प्लेक्समा भएको आगलागी ८ घण्टापछि नियन्त्रणमा , ५० करोड क्षतिको अनुमान



प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको छ । कम्प्लेक्सका सञ्चालक चोलाप्रसाद पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ ।

आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताउनुभयो ।

मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो ।

ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताउनुभयो ।

पण्डितका अनुसार मोटरग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्णरुपमा ध्वस्त भएको छ ।

आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगङ्गा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका १३ बारुणयन्त्र परिचालन गरिएका थिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School