प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार
डेल्टा एयरलाइन्सले सोमबार टोरन्टोमा दुर्घटनाग्रस्त भएको विमानमा सवार प्रत्येक यात्रुलाई ३० हजार अमेरिकी डलर क्षतिपुर्ति दिने घोषणा गरेको छ । उक्त दुर्घटनामा विमानमा सवार सबै यात्रु सकुशल रहेका थिए ।
अवतरण गर्दा विमान रनवेमा चिप्लिएर पल्टिएपछि आगो लागेको थियो । तर यात्रुहरु विमानबाट निकालिएपछि अधिकांश आफै हिडेर घर गएका थिए । यो घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
उक्त उडानमा ७६ जना यात्रु र ४ जना क्रू सदस्य गरी ८० जना सवार रहेका थिए । अमेरिकाको मिनियापोलिसबाट उडान भरेको विमान क्यानाडाको टोरन्टोमा दुर्घटनाग्रस्त भएको थियो ।
डेल्टा एयरलाइन्सका प्रवक्ताले ३० हजार डलर यात्रुहरुलाई बिना सर्त प्रदान गरिन लागिएको हो ।
टोरन्टोको रोजोन जिनोवा कानून कार्यालयले दुर्घटनामा प्रभावित केही यात्रु र तिनीहरूको परिवारहरूले उनीहरूको नाममा कानूनी प्रक्रिया अगाडि बढाएका छन्।
सन २०१३ मा एशियाना एयरलाइन्सले सान फ्रान्सिस्को मा भएको विमान दुर्घटनामा सवार यात्रुहरूलाई १० हजार अमेरिकी डलर प्रारम्भिक राहत प्रदान गरेको थियो ।
अस्पतालमा दुर्घटनापछि अस्पतालमा लगिएका २१ यात्रुहरू मध्ये सबैलाई डिस्चार्ज गरिएको एयरलाइन्सले बताएको छ ।