देशमा फेरि धान्नै नसक्ने जुलुस निस्कन थालेको छ र धेरै ठाउँमा निषेधाज्ञा जारी पनि भइसकेको छ । लिंकनले भनेका थिए ः प्रजातन्त्र वा लोकतन्त्र भन्नु जनताको, जनताका लागि र जनताले शासन गर्ने व्यवस्था हो । साँच्चै लोकतन्त्रको मूल आधार योग्यता, विज्ञता, क्षमता, निष्ठा, अनुशासन, संस्कार, सुसस्कार, सुशासन नै हो । जिम्मेवारीबोध र कर्तव्यपरायणता, पारदर्शिता, कार्य विभाजन, सार्वजनिक जवाफदेहिता नै हो । पब्लिक ओपिनियन र पब्लिक अडिटमै बाँचेको हुन्छ लोकतन्त्र । तर, हाम्रोजस्तो देशमा लोगतन्त्र भीडतन्त्र, छाडातन्त्र, मनपरीतन्त्र, लोभतन्त्रले परिचित छ । यहाँ जिम्मेवारीबोध भएन र इमानदारी, सच्चरित्रता, अनुशासन र सुशासनको पाटो कतै देखिएन । राज्यदोहनका लागि लोकतन्त्रको नाम दिइयो । प्रजातन्त्र हाम्रो देशमा मागी खाने भाँडो भइरह्यो ।
मेरिटोक्रेसीको नामै छैन, योग्यता, दक्षता र सीप अनि विषयविज्ञताको अभावमा भीडले शासन गरिरहेको छ, संसद्मा ह्वीप जारी भई अध्यादेश पास हुनु पनि लोकतन्त्रका लागि अभिशाप नै हो । हामी भुटानसँग पनि पछि लाग्न सकेको देखिएन । जसले औद्योगिक कलकारखाना स्थापित गरेर बढी भएको विद्युत् विदेशमा निर्यात गर्छ, त्यो पनि हामीभन्दा धेरै सस्तोमा । संसद्मा दुई दल भए पनि सत्ता र प्रतिपक्षको अलग बेन्च हुन्न, वर्णानुक्रमले आआप्mनो सिटमा बस्छन् सांसदहरू । सांसद बन्न न्यूनतम स्नातकको योग्यता जरुरी छ । नाम चलेका विश्वविद्यालयबाट डिग्री हासिल गरेकाले राजनीतिक पद लिन्छन् । अंग्रेजी भाषामा दक्ष हुन्छन् ती र प्रधानमन्त्री बा मन्त्रीहरू विषयविज्ञ हुन्छन् । आपराधी, कुकर्ममा लागेका व्यक्तिले राजनीति गर्न पाउँदैनन् र ६५ वर्ष उमेर पाकेपछि राजा, मन्त्री बा सांसद हुन नपाउने र बढीमा दृई कार्यकालभन्दा बढीका प्रधानमन्त्री हुन्नन् । हामीकहाँ यी योग्यताको सर्वथा अभाव छ । देश किन बिग्रियो यसबाट स्पष्टै हुन्छ ।
हाम्रो देशलाई अब प्राथमिक उपचार गरेर नपुग्ने भएको छ । शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । घातक रोग सिद्ध भइसकेकाले राजनीतिक कोर्स करेक्सन गर्न ढिलो भइसकेको छ । बनेका र ढलेका पूर्वाधारहरूले त्यही भनिरहेका छन् । जात–भात नमिल्नासाथ राजनीतिक दूरी बढ्ने र आफ्नो जात–भात मिलेपछि जस्तोसुकै अपराध पनि क्षम्य हुने संस्कार बसेको छ, राजनीतिमा । महानगर प्रमुख बालेन, अभियन्ता प्रसाइँ, प्राधिकरणका कुलमानहरू खेर जान लागेको देखिन्छ । रविहरू त खेर नै गइसके । हर्क, हमालहरूको बाटो पनि सहज छैन । भनिने सुशासन तर गरिने दुशासन, भद्दा राजनीतिको सीमा नाघिसकेको छ । संसारकै धेरै सरकार, महँगो गणतन्त्र र लोकतन्त्र छ यहाँ । जनताको तुलनामा शासकहरू धेरै छन् । चालू खर्च अधिक, विकास खर्च नहुने, अधिक ऋण र व्यापारघाटा, अर्बौंअर्बको नेताको औषधि र सुरक्षा खर्च, अधिक करको मार, अनियन्त्रित बजार, अब्बलको विप्रेषण र एक नम्बरको प्रदूषण रहेको भूभाग निकै सानो देश हो नेपाल । जहाँ राजनीतिकर्मीले अधिक दोहन गरिरहेका छन् ।
आठ जना नेपाली जो गैरकानुनी रूपमा अमेरिका पसेका थिए, त्यहाँको प्रशासनले नेपाल फर्काइदियो तर यहाँको प्रशासनले आपैंm ल्याउन सकेन । आठ जना नेपाली जसले मोटो रकम खर्चेर अमेरिकाको सपना देखे, स्वदेशमा सम्भावना देखेनन् । ती अमेरिकी सैन्य विमानबाट खुट्टामा चेन र हातमा हतकडी लगाइएर विमानस्थल ओर्लिए । नैतिकता, इमानदारी, अनुशासनको पाटो राजनीतिमा नेदेखिएभैंm आम पब्लिकमा पनि देखिएन । गुरुअनुसार वा भनौं नेतृत्वअनुसारै हुने हुन् जनता वा पब्लिक पनि । दूतावास छन्, परराष्टृ मन्त्रालय छ तर नेपाली डिपोर्ट हुँदा हतकडी कति नमज्जाको कुरो छ । भारतमा पनि यसरी फर्कने क्रम देखियो तर दिल्लीले कति चलाखी ग¥यो कि उसले केन्द्रको दिल्ली विमानस्थल प्रयोग नगरेर पन्जाब विमानस्थल प्रयोग गरायो, केही समयअघि । ट्रम्पको आप्रवास नीतिअनुकूल नहुँदा गैरकानुनी रूपमा पसेका सबैजसो विदेशीहरू फर्काइने क्रम जारी छ ।
जात–भात नमिल्नासाथ राजनीतिक दूरी बढ्ने र आफ्नो जात–भात मिलेपछि जस्तोसुकै अपराध पनि क्षम्य हुने संस्कार बसेको छ, राजनीतिमा । चालू खर्च अधिक, विकास खर्च नहुने, अधिक ऋण र व्यापारघाटा, अर्बौंअर्बको नेताको औषधि र सुरक्षा खर्च, अधिक करको मार, अनियन्त्रित बजार, अब्वलको विप्रेषण र एक नम्बरको प्रदूषण रहेको भूभाग निकै सानो देश हो नेपाल
माथि नै भनियो, आम हाम्रो पब्लिक पनि गम्भीर छैन । यति नै बेला दुबईबाट कुकर्म भन्दै २५ सय नेपाली डिपोर्ट भए । कसैले लागूऔषधको मुद्दा खेपे, कसैले मदिरा सेवन, कसैले आपसमा भैmझगडा गरे । सुशासन भएको देशमा यी कर्महरू अक्षम्य हुने गर्छन् । सिंगापुरमा पैदल हिँड्नेलाई पैदलमार्ग छुट्याइएको छ । विपरीत गरे ठूलै सजाय हुन्छ । अनुशासन चीन, ताइवान, थाइल्यान्ड, युरोप, अमेरिका, खाडी नै देशहरूमा पनि छ । जब शासन अनुशासित हुन्छ अरूले पनि अनुशासन मान्न बाध्य हुन्छन् । शासकहरू आपैंm काण्डहरूमा मुछिन्छन् र उनकै स्वर ठूलो हुने गरेको देखिन्छ । हत्या, हिंसा, कुकर्मबाट नेता हने योग्यता प्राप्त हुने गरेको छ हामीकहाँ । बलात्कार, यौन अपराध, ठगी, चोरी, अन्य हिंसा, सार्वजनिक जमिन खाने, नीतिगत निर्णय भन्दै जोगिने, राजस्व हिनामिना सयौं केस छन् हामीकहाँ र सत्ताबाट बाहिर आए आपूm असुरक्षित हुने महसुस गर्दै सत्ताकै वरिपरि बाँचुन्जेल रहने, ठूला सार्वजनिक पद धारण गरिरहने, मोहियानी हक सम्झेर नयाँ पुस्तालाई सत्ता हस्तान्तण नै नगर्ने संस्कृति छ यहाँ । कुनै योग्यता चाहिँदैन तिनले कानुन बनाउँछन् अरूले मानिदिनुपर्छ । रुल अफ लको सट्टा ल अफ हूल छ यहाँ । पढेकाले यहाँ रोजगारी पाउन्नन् । राजनीतिक झन्डा यहाँको योग्यता हो, सार्वजनिक पदहरूका लागि नातागोता, चिप्लोचाप्लुसी, भनसुन, साला, साली, जेठान, दाजुभाइ, ससुराज्वाइँ, सासूको योग्यता भए पुग्छ । समानुपातिकको कोटा कसरी वितरित छ । कति जोडीले पद लिएका छन् । अध्ययन अनुसन्धान गर्दा स्पष्टै हुन्छ । समाबेसीको कोटामा को–को छन् त्यसबाट पनि यकिन हुन्छ । सात समुद्रपारिबाट यहाँ फोन आएपछि यहाँका नेताहरू थरर हुन्थे र भन्थे त्यति ठूलो देशले फोन गरेको छ । एमसीसी के भयो, छिटो टुंग्याउनुप¥यो भनेको छ । यहाँको संसद्ले छिटो निर्णय गर्नुप¥यो भन्थे ।
उताका सहायकमन्त्रीहरू यहाँ आउँदा पाउ दाप्न तम्तयार हुन्थे । बाहिर झगडा देखाए । भित्र संसद्बाट एमसीसी पास गरे । तर, अमेरिकाले यूएसएडसँगै एमसीसीलाई अब चासो नदिने भनिसकेको छ र यहाँको बजेट खर्च जुटाउन धौ–धौ पर्ने भइसकेको छ । अमेरिका वा दुबईबाट अहिले नेपालीलाई डिपोर्ट गरिएभैंm रोजगारी खोज्दै संसार पुगेका करिब एक करोड नेपालीलाई एकैचेटि डिपोर्ट गरियो वा त्यस्तो परिवेश सिर्जना भयो र सबै बिदेसिएका नेपालीले स्वदेश फर्कनुपरेमा हाम्रो नेतृत्वले के गर्छ र कहाँ राख्छ ? पठाउने बेलामा साढे ६ सयको कष्ट पर्ने पासपोर्टलाई १७ हजारसम्म तिरेर अनेक स्थानमा रकम बुझाउँदै गएका नेपालीको मनस्थिति के होला ? स्वदेशमा रोजगारी दिने औद्योगिक काम वा ओद्योगिकीकरण बा त्यसमा नै स्वदेशी बिजुली उपभोग गर्न सकिने वातावरण हाम्रो नेतृत्वले किन लिन नसकेको ? ३५ वर्षदेखि एउटै नेतृत्व छ यहाँ देश झन्झन् गरिब र राजनीतिक व्यक्ति प्राडो, पजेरो उर्बर मात्र किन ? देशमा विदेशीहरूले मन्दविष छरेका छन् । यहाँको धर्म, संस्कृति, संस्कार, रहनसहन, भाषा, वेशभूषा लगभग सिद्धिन लागेको छ र पराया संस्कृतिले जरो गाडेको छ । त्यसमै ताली बजाउने र अहिलेसम्म विदेशी जुठो खाएका नेताहरूको कुकर्मलाई अभैm ढाकछोप र त्यसैलाई मलजल गर्ने काम भइरहेकामा दुःख छैन कसैलाई । देश आत्मनिर्भरभन्दा पनि नेताजीहरूको आत्मरतिमा अल्झेको छ ।
पुर्खाले असंलग्न परराष्ट्र नीति अँगाल्ने भने । पञ्चशीलको सिद्धान्त भने । भारत चीन दुबैलाई र टाढाका मित्रहरूलाई पनि असंलग्नताको दृष्टिले सम्बन्ध कायम राख्ने भने । तर, चीन–भारत तटस्थ बस्दा युक्रेनको पक्षमा नेपालले मतदान गरेको छ । अहिले मात्र होइन पहिले पनि । पुर्खाले दुई ढुंगाको नरम तरुल भनेका थिए । अहिले बहुढुंगाको तरुल भएको छ, यहाँको भूराजनीति र अर्थराजनीति आप्mनै किसिमको हुनुपथ्र्यो तर भारतको चामल कोटामा र माथि भनिएको भुटान हाम्रो चामल दाता मुलुक भएको, सुशासनको ट्रान्स्परेन्सी आँकडाले पनि हामीलाई उसले जितेकै देखियो । अभैm पनि हामी र हाम्रो नेतृत्वलाई लज्जाबोध भएन ।
नेपाल भ्रष्टाचारको केन्द्रभूमि बनेको छ, लोकतन्त्रमा जन निर्वाचितहरू पनि मुद्दा बोकेर बसेका छन्, बेरुजु अंक भारी छ, सुशासन हात्तीको देखाउने दाँतजस्तो मात्र भएको छ, जनता करको मारमा परेका छन् र विदेशीहरूले यहाँ फन्डिङको हात झिक्ने भएमा ३ महिना पनि कर्मचारीलाई तलब खुवाउन पैसो छैन भनिँदै छ । यहाँ कर्मचारीले मात्र तलब खाँदैनन्, जनप्रतिनिधि, पालिकाकाले पनि खाने गरेका छन् जुन पञ्चायतको पालामा थिएन । ल्याप्चे जनप्रतिनिधि, आठपासे नेताहरू, बोल्न लर्बराउने र बोली नै नबुभ्mने उच्च तहका नेताले देश जिम्मा लिएका छन् । देश चलाउने कुशल चालकको अभाव खड्किएको छ । दुई पाइलट भएर पनि विमानभैंm देशलाई हाँक्छु भने । तिनकै सत्तोश्रापमा परेको छ देश । फाइदा हुने कुरामा सबै एक हुने तर आपूmलाई मन नपर्नासाथ कुकुर बिरालाजस्ता देखिने नेताको जर्जर नेतृत्वले देश नराम्रो खाडलमा फसेको छ । देशलाई खाल्डोबाट उठाउने कसले हो नेपालीले नै सोच्नुपर्ने बेला आएको छ ।
विकासको मोडल मलेसियाका महाथिरबाट सिकिएन । चीनका सिपिङबाट सिकिएन । भारतका मोदीबाट सिकिएन । सिंगापुरका ली क्वान युबाट सिकिएन । सरकारी पैसामा विदेश शयर त भयो मस्ती मार्न मात्रै, अनुसन्धान, अवधारणा, योजना, कार्यान्वयनतिर हेरिएन । विदेशीलाई रातो कार्पेटमा राखियो रातरातै तर सिमानामा तुइन चुँडाल्दा, प्रहरो हान्दा, बालबालिका मर्दा, गोलीहानी सिध्याउँदा नरम नीति लिइयो । वर्र्षौं लगाएर आप्mनो भूमिमा विदेशीले बाटो खन्दा वर्षौंपछि उद्घाटन हुँदा मात्र ए हो र भनियो । अन्तर्राष्ट्रिय फोरममा ¥याल काढेर देशको निरीह र दुरूह अवस्था देखाइयो । असंलग्न नीति भनियो तर छिमेकी दुई सिंह तटस्थ बस्दा तीन हातमाथि उफ्रिएर र नेटो समर्पित युक्रेन पक्षमा मतदान गरियो कसैलाई रिझाउनकै लागि । विदशीको बुई चढेर विदेशी भूमिमै पास गरिएको सम्झौता र राजनीतिक प्रणालीलाई लागू गराइयो । जनता नांगेझार भइसकेका छन् । मेरिटोक्रेसी पुनःस्थापना जरुरी छ ।
(Visited 7 times, 1 visits today)