डेनमार्कद्धारा आर्कटिक क्षेत्रमा सुरक्षा बलियो बनाउन २ अर्ब डलर खर्च गर्ने घोषणा



प्रकाशित मिति : माघ १४, २०८१ सोमबार

डेनमार्कले आर्कटिक क्षेत्रमा सुरक्षा मजबुत बनाउन २ अर्ब डलर खर्च गर्ने घोषणा गरेको छ । उसले यो खर्च स्वायत्त क्षेत्रहरु ग्रीनल्याण्ड र फारो टापुहरुसँगको साझेदारीमा गर्ने बताएको छ ।

तीन नयाँ आर्कटिक जहाज, उन्नत इमेज क्याप्चर क्षमतासहितका लामो दूरीका ड्रोनहरू र स्याटेलाइट क्षमतामा सुधार ल्याउन यो खर्चले सहयोग पुराउने अपेक्षा गरिएको छ ।

डिसेम्बरमा डेनमार्कले ग्रीनल्यान्डको सुरक्षा बलियो बनाउन नयाँ जहाज खरिद गर्ने, लामो दूरीका ड्रोन थप्ने र कुकुर स्लेज टिम बढाउने घोषणा गरेको थियो।

आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा र प्रतिरक्षासम्बन्धी गम्भीर चुनौतीहरू रहेका डेनमार्कका रक्षा मन्त्री ट्रोल्स लुन्ड पौल्सेनले बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड खरिद गर्न चाहेको बताएको पृष्ठभूमिमा डेनमार्कले यो कदम उठाएको हुनसक्न आँकलन गरिएको छ ।

ग्रीनल्यान्ड स्वायत्ततासहितको क्षेत्र हो । तर डेनमार्कको यसमा हिस्सा रहेको छ ।

ग्रीनल्यान्ड विश्वको सबैभन्दा कम जनसंख्या भएको क्षेत्र हो । त्यहाँ करिब ५६ हजार मानिस बसोबास गर्छन् । जसमा प्रायः आदिवासी इनुइट समुदायका मानिसहरू छन् ।

दोस्रो विश्वयुद्धको बेला नाजी जर्मनीले डेनमार्कलाई कब्जा गरेपछि अमेरिकाले ग्रीनल्यान्डमा आक्रमण गर्दै सैन्य र रेडियो स्टेशन स्थापना गरेको थियो ।

डेनमार्कद्धारा आर्कटिक क्षेत्रमा सुरक्षा बलियो बनाउन २ अर्ब डलर खर्च गर्ने घोषणा

त्यसपछि अमेरिकाले यो क्षेत्रमा आफ्नो उपस्थितिलाई निरन्तरता दिँदै आएको छ ।

ग्रीनल्यान्ड उत्तर अमेरिका र युरोपको बीचमा सबैभन्दा छोटो मार्गमा पर्ने भएकाले रणनीतिक रूपमा अमेरिकाका लागि महत्त्वपूर्ण छ ।

हालका वर्षहरूमा ग्रीनल्यान्डको खनिज सम्पदा, दुर्लभ खनिज, युरेनियम, र फलाम उत्खननमा चासो बढेको छ ।

युरोपेली देशहरूले ग्रीनल्यान्डलाई धम्की नदिन चेतावनी दिए पनि ट्रम्पले आफ्नो अडान भने दोहोर्याउँदै आएका छन्।





Source link

Leave a Comment