प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

अमेरिकी अर्थ मन्त्रालयले गैर कानुनी आप्रवासीलाई दिइँदै आएका विभिन्न कर–सहितका सङ्घीय सुविधा कटौती गर्ने तयारी गरेको छ। अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार यो कदम अघि बढाइएको बताएका छन् ।
अर्थ मन्त्रालयले ले प्रस्तावित नियमावलीमार्फत अर्जित आम्दानी कर क्रेडिट, अतिरिक्त बाल कर क्रेडिट, अमेरिकन अपोर्चुनिटी कर क्रेडिट तथा सेभर्स म्याच क्रेडिटको फिर्ता हुने भाग गैर कानुनी तथा गैर–योग्य आप्रवासीलाई उपलब्ध नहुने व्यवस्था स्पष्ट पार्ने जनाएको छ। मन्त्रालयका अनुसार यी सुविधा अब अमेरिकी नागरिक तथा योग्य आवेदकका लागि मात्र सीमित गरिनेछन्।
यो घोषणा वाशिङ्टन डीसीमा ह्वाइट हाउस नजिकै भएको एक प्राणघातक गोलीकाण्डपछि आएको हो। २९ वर्षीय अफगान नागरिक रहमतुल्लाह लकनवालले नेशनल गार्डका दुई सदस्यमाथि गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अर्को एक जना गम्भीर घाइते छन् । लकनवाल भिडन्तमा घाइते भएका थिए । उनी हाल प्रहरीको नियन्त्रणमा छन्। सङ्घीय निकायहरू मिलेर घटना आतंकसम्बन्धी हुनसक्ने कोण समेत अनुसन्धान गरिरहेका छन्।
आक्रमणकारी लकनवालको विगतमा अमेरिकी गुप्तचर निकायहरू (विशेष गरी सीआईए) सँग सम्बन्ध रहँदै आएको थियो। तालिबानविरुद्ध अमेरिकी सेनालाई सहयोग गरेपछि २०२१ मा उनले अफगानिस्तानबाट भागेर अमेरिका प्रवेश गर्दा सुरक्षा प्रक्रियाअन्तर्गत भेरिफाइ गरिएको बताइएको छ।
घटनापछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत आप्रवासन नीतिप्रति कडा टिप्पणी गरेका थिए। त्यसैको प्रतिक्रियामा अर्थमन्त्री बेसेन्टले हालको कडाइ थप आवश्यक रहेको बयान जारी गरेका हुन्।
ट्रम्प प्रशासनले अफगान नागरिकसहित “तेस्रो विश्वका देशहरू” बाट हुने आप्रवासनमा स्थायी रोक लगाउने घोषणा गरेको छ। रोकका कारण ग्रीनकार्ड र शरण माग प्रक्रियाहरू पनि प्रभावित भएका छन्। प्रशासनले अघिल्ला “गैर कानुनी” वा जोखिमपूर्ण प्रवेशहरूको पुनरावलोकन गर्दै राष्ट्रिय सुरक्षाका कारण यस्तो कदम आवश्यक रहेको जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
