२२ साउन काठमाडौं । नेपालको उच्च शिक्षामा स्थापित शिक्षण संस्थाको नाम हो डीएभी कलेज । डीएभीले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । डीएभीले सिपमूलक शिक्षण सिकाइ गरेर नेपालको उद्योग अथवा बजारमात्र नभई अन्तर्राष्ट्रिय स्तरको श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको दाबी गरिरहेको छ । डीएभीले दिने शैक्षिक गुणस्तर, रोजगार, शिक्षण शैली लगायत विषयमा केन्द्रित रहेर डीएभी कलेजका व्यवस्थापन संकाय संयोजक माधव अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानी :
डीएभी कलेजले व्यवस्थापन संकायमा कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
डीएभी कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन संकायको बीबीए, बीबीएम, बीबीएस र एमबीएस गरी चार वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । यी सबै कार्यक्रमका लागि निश्चित भर्ना तोकिएको छ । अहिले हामीले बीबीएमा ६० जना भर्ना लिने र ६ जना सरकारी कोटा भनेर ६६ वटा छ । बीबीएममा ४४ जना, बीबीएसमा ४० जना र एमबीएसमा ४० जना भर्ना लिने गरेका छौं ।
डीएभीमा यी कार्यक्रमहरू अन्य कलेजमा भन्दा के फरक छ ?
धेरै फरक छ । डीएभीले त्रिविले तयार गरेको पाठ्यक्रममा ‘भ्यालु एड’ गर्नका लागि व्यवस्थापन संकायमा आवश्यक पर्ने ‘नन क्रेडिट’ कार्यक्रमहरू छन् । ती कार्यक्रमको पाठ्यक्रम कलेज आफैंले विकास गर्ने गर्छ ।
एउटा थ्योरिटिकल बेस्ड लर्निङ र अर्को स्किल बेस्ड लर्निङ । स्किल बेस्ड लर्निङका लागि डीएभीले चार वर्षमा हरेक सेमेस्टरमा क्यालेन्डरमा आधारित ‘नन क्रेडिट’ कार्यक्रमहरू बनाएको छ । संसारका उत्कृष्ट शैक्षिक संस्थाले विद्यार्थीलाई सिक्ने र सिकाउने स्रोत साधनका रूपमा जोड दिएको हुन्छ, त्यसैगरी डीएभीले पनि पर्याप्त स्रोत साधन सुनिश्चितताको व्यवस्था गरेको छ ।
उदाहरणका रूपमा हामीले हाम्रा शिक्षक तथा प्राध्यापकहरूलाई देश–विदेशमा हुने तालिम, छलफल, कार्यशालामा सहभागिताका लागि पठाउने गरिरहेका छौं । जसले गर्दा डीएभीमा संसारका उत्कृष्ट शैक्षिक संस्थाले अभ्यास गरिरहेको रिसर्च कल्चर विकास भएको छ । अर्को हामीसँग दुई वटा जर्नल छन् । एउटा जर्नल अफ इमर्जिङ म्यानेजमेन्ट स्टडिज (जेम्स्) अन्र्तराष्ट्रिय स्तरको र अर्को डीएभी रिसर्च जर्नल भन्ने छ । त्यसमा विद्यार्थीले आफ्ना रिसर्च प्रकाशन गर्न पाउँछन् । अर्को आन्ट्रप्रेनियर डेभ्लपमेन्ट प्रोग्राम (ईडीपी), नन क्रेडिट कार्यक्रम छन जुन सिलेबस सँगसँगै एडिसनल स्किल प्रोग्रामहरू हरेक सेमेस्टरमा छन् । अर्को विभिन्न खालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमणहरू छन् जसबाट विद्यार्थीले बुझ्ने अवसर पाउँछन् ।
तपाईंले अघि भने जस्ता अभ्यास त अन्य कलेजले पनि गरिरहेका छन् । ती कलेजभन्दा डीएभी कसरी फरक भयो ?
होइन, डीएभीमा फरक छ । डीएभीमा विश्वव्यापीकरण शिक्षण सिकाइ हुन्छ । विश्वव्यापीकरण शिक्षामा कस्तो जोड हुन्छ भन्दा कर्पोरेट र एकेडेमिक एकअर्काबीच परिपूरक हुन्छ । त्यो भनेको उद्योग क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादन गर्न शैक्षिक संस्थाहरूले त्यही अनुरूप पाठ्यक्रम तयार गरेको हुन्छ । त्यस्तै अभ्यास सफल रूपमा डीएभीले गरिरहेको हो ।
केडिया अर्गनाइजेसन आफैंमा एउटा ७० वर्षभन्दा बढी अवधिदेखिको स्थापित व्यावसायिक घराना हो । यही घरानाद्वारा सञ्चालित कलेज हो डीएभी । केडिया अर्गनाइजेसन ५० भन्दा बढी उद्योग अथवा संघसंस्थासँग जोडिएर काम गरिरहेको छ । कलेजले तयार गरेको नन क्रेडिट कार्यक्रमहरू ती उद्योगले खोजे जस्तो जनशक्ति उत्पादन गर्ने खालको छ । उनीहरूसँग हामीले एउटा एमओयू (समझदारी) गरेका छौं । जसले हाम्रा विद्यार्थीहरूलाई ‘इमेज इन्हान्समेन्ट फर जब मार्केट एन्ड करियर थिम प्रोग्राम’ दिएको छ ।
यो एक किसिमको ‘जब फेयर’ हो । यो कार्यक्रम मार्फत ५० भन्दा बढी व्यापारिक घराना अथवा संघसंस्था र विद्यार्थी जोड्ने काम हुन्छ । यसरी हाम्रा धेरै विद्यार्थी विभिन्न उद्योगमा कार्यरत छन् । यो हाम्रो गौरवको विषय हो र यसरी डीएभी अरूभन्दा पृथक छ ।
बढ्दो वैदेशिक अध्ययन मोहलाई कसरी लिनुभएको छ ? नेपालमा गुणस्तरीय शिक्षा नभएरै विद्यार्थीहरू विदेश गइरहेका हुन् ?
अहिले विश्वव्यापीकरणको युग हो । त्यसैले नागरिक पनि कुनै निश्चित देशको मात्रै नभएर ‘ग्लोबल सिटिजन’ भन्ने मान्यता स्थापित भइरहेको छ । त्यसैले कुनै नागरिकले गुणस्तरीय शिक्षा लिन विश्वको कुनै पनि ठाउँमा जान्छु भन्नु सामान्य हो । गुणस्तरीय शिक्षा दिइरहेको शिक्षण संस्थामा पढ्न जानुलाई अन्यथा लिन मिल्दैन ।
औद्योगिक क्षेत्रले खोज्ने जनशक्ति र हाम्रो पाठ्यक्रमबीच सामन्जस्यता नहुँदा स्नातक तह सकेर अथवा स्नातकोत्तर तह सक्दा पनि बेरोजगार भइरहेको सत्य हो । जसले यहाँ पढेर जागिर पाइन्न, विदेश नै जानुपर्छ भन्ने गलत बुझाइ छ ।
तर, अहिले नेपालमा गुणस्तरीय शिक्षा पाइँदैन, गुणस्तरीय शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने भाष्य चाहिँ गलत हो । डीएभीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आइरहेको छ । हामीले अन्तर्राष्ट्रिय स्तरको टिचिङ लर्निङ पेडागोजीलाई निरन्तर अपडेट गर्दै आएका छौं ।
कुनै पनि अन्तर्राष्ट्रिय कलेजहरूले सञ्चालन गरिरहेको स्तरको स्किल बेस्ड प्रोग्रामहरू सञ्चालित छन् । विद्यार्थीले पास गर्दै गर्दा ट्रान्सक्रिप्टसँगै पाउने सिपमूलक प्रमाणपत्रका आधारमा नेपालमा मात्रै नभएर अथवा कुनै पनि देशमा गएर काममा प्रतिस्पर्धा गर्न सक्ने स्तरको जनशक्ति हामीले तयार गर्छौं ।
त्यसैले अब गुणस्तरीय शिक्षाकै लागि विदेश जानुपर्ने अवस्था छैन । व्यवस्थापन संकायका यी कार्यक्रमहरू अध्ययन गर्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूको तुलनामा कम खर्चमा उही स्तरको शिक्षा डीएभीले दिइरहेको छ ।
नेपालमा रोजगारीको अवसर नै छैन भन्ने अधिकांश युवाको गुनासो त छ नि ?
नेपाल विकासोन्मुख राष्ट्र हो । राम्रो सिप भयो भने नेपालमा अवसर अथवा रोजगारी नपाउने सम्भावना एकदमै कम छ । यहाँको समस्या एउटा के हो भने कर्पोरेट क्षेत्रमा आवश्यक सिपयुक्त जनशक्ति शैक्षिक संस्थाले उत्पादन गर्न सकिरहेका छैनन् । त्यसका लागि कर्पोरेट र एकेडेमियाबीच सहकार्य हुन जरुरी छ । नेपालको परिप्रेक्षमा सबैभन्दा ठूलो खाडल भनेकै औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्रबीच छ ।
औद्योगिक क्षेत्रले खोज्ने जनशक्ति र हाम्रो पाठ्यक्रमबीच सामन्जस्यता नहुँदा स्नातक तह सकेर अथवा स्नातकोत्तर तह सक्दा पनि बेरोजगार भइरहेको सत्य हो । जसले यहाँ पढेर जागिर पाइन्न, विदेश नै जानुपर्छ भन्ने गलत बुझाइ छ ।
तर, डीएभी कर्पोरेट र एकेडेमिया नजिक भएर सञ्चालन भएको कलेज हो । त्यसैले हामीले व्यापारिक क्षेत्र अथवा औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने खालको सिपयुक्त जनशक्ति उत्पादन गर्ने खालको कार्यक्रमहरू बनाएका छौं र त्यसैगरी शिक्षण सिकाइ भइरहेको छ । त्यसैले स्नातकपछि अथवा स्नातकोत्तरपछि हाम्रा विद्यार्थीले राम्रो ठाउँमा रोजगारी पाइरहेका छन् ।
यसको मतलब डीएभीमा पढे बेरोजगार भइँदैन ?
विद्यालय तहभन्दा फरक कार्यक्रम हो स्नातक तह । स्नातक पढिसक्दा कहाँ काम गर्ने अथवा व्यवसाय गर्ने वा विदेश जाने भन्ने सोचको विकास भइसकेको हुन्छ । सोचमा, बुझाइमा परिपक्वता विकास भइसकेको हुन्छ । चार वर्षे पढाइ सक्दै गर्दा अधिकांश विद्यार्थीले भविष्यको लक्ष्य निर्धारण गरिसकेका हुन्छन् ।
स्थानीय संस्कार, संस्कृति बुझेको व्यक्तिले विश्वको कुनै पनि ठाउँमा गएर सहजै घुलमिल हुन सक्ने भएकाले हामी जति सक्दो स्थानीय संस्कार, संस्कृतिको व्यावहारिक पक्ष सिकाउँछौं ।
तर, त्यसका लागि यो चार वर्षको समय र पैसा एकदमै सचेत भएर लगानी गर्नुपर्छ । त्यसको लागि अभिभावक, विद्यार्थीले चार वर्ष कसरी, कहाँ खर्च गर्ने भन्ने कुरा बुझेर सही ठाउँमा लगानी भयो भने स्नातकपछि नेपालमा बेरोजगार हुने जोखिम कम छ । देशभित्रै धेरै अवसर छ । त्यसका लागि डीएभी एक उपयुक्त कलेज हो भन्ने हाम्रो दाबी हो । हाम्रा विद्यार्थीले रोजगारी नै नपाउने अवस्था छैन ।
डीएभीले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सिकाइसँगै व्यावहारिक सिकाइलाई कत्तिको ध्यान दिइरहेको छ ?
अहिले ग्लोबलाइजेसनसँगै लोकलाइजेसनका कुराहरू पनि उत्तिकै प्राथमिकता साथ उठिरहेको छ । डीएभीले विश्व बजारले खोजे जस्तो जनशक्ति उत्पादन गर्ने भएकाले यी कुरालाई प्राथमिकता नदिने कुरै भएन ।
हामीले आध्यात्मिक शिक्षा, यहाँका स्थानीय संस्कार, संस्कृतिबारे पढाउँछौं । अन्तर्राष्ट्रिय स्तरको शिक्षण सिकाइ, सिपयुक्त संस्कारी, नैतिकवान् जनशक्ति उत्पादन गर्ने प्रयासमा छौं । स्थानीय संस्कार, संस्कृति बुझेको व्यक्तिले विश्वको कुनै पनि ठाउँमा गएर सहजै घुलमिल हुन सक्ने भएकाले हामी जति सक्दो स्थानीय संस्कार, संस्कृतिको व्यावहारिक पक्ष सिकाउँछौं ।