डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने, बार्षिक १० लाखभन्दा बढी नेपाली डिभीमा सहभागी



प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने, बार्षिक १० लाखभन्दा बढी नेपाली डिभीमा सहभागी

डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२६ अक्टोबरको पहिलो साता खुल्ने बताएपनि कहिलेदेखि भन्ने ठ्याक्कै मिति भने अझै तोकिएको छैन। विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई दिएको जानकारी अनुशार केही दिनमा नै अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइट र फेडरल रजिस्टरमा यसबारे सुचना प्रकाशित गर्ने तयारी गरिरहेको छ । उक्त सुचनामा डिभी भर्ने मिति, योग्यताहरु, योग्य देशहरुको सूची लगायतका विवरणहरु समावेश गरिनेछ ।

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अमेरिकी विदेश मन्त्रालयले पुन ल्याउने योजना बनाएपनि यो नियम अक्टोबरमा खुल्ने डिभीमा भने लागु नहुने भएको छ । यो नियम सुरुमा गत फेब्रुअरीमा ल्याउने योजना बनाइएपनि अब यो नियम आगामी डिसेम्बरमा मात्र प्रस्तावित नियमका रुपमा ल्याइने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसाका नियमहरूमा संशोधन प्रस्ताव गर्ने योजना बनाएको हो, जसमा आवेदकहरूले अनलाइन डिभी लोटरी भर्दा वैध, म्याद समाप्त नभएको पासपोर्टको जानकारी प्रदान गर्न आवश्यक हुनेछ।

त्यस्तै अमेरिकी विदेश मन्त्रालयले डीभी लोटरी भर्दा इलेक्ट्रोनिक फोटोहरू पेस गर्ने सम्बन्धका नियमहरूमा पनि प्राविधिक अपडेट गर्ने योजना बनाएको छ । त्यस्तै डिभी लोटरीमा अन्य केही अपडेटहरु सहित उक्त प्रस्तावित नियम आउने भएको छ । तत्कालिन ट्रम्प प्रशासनले ल्याएको भन्दा फरक प्रकृयाबाट यो नियम ल्याइने भएको छ ।

सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य गर्ने अन्तरिम अन्तिम नियम ल्याएको थियो । अदालतले ट्रम्पकालिन नियम खारेज गरिदिएको थियो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका थिए । केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए ।

सोही फैसलाको कार्यान्वयन गर्दै अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२२ मा पासपोर्ट नचाहिने अन्तिम नियम ल्याएको थियो । जसका कारण त्यसपछिका डिभी भर्दा पासपोर्ट अनिवार्य छैन । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुमा अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि ट्रम्प प्रशसनले पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया अपनाएको थिएन । त्यसैले अदालतले यसलाई गैरकानूनी रुपमा ल्याइएको ठहर गरेको थियो । तर अब बाइडेन प्रशासनले प्रकृया पूरा गरेर यो नियम ल्याउने तयारी गरेको छ ।

बार्षिक १० लाख भन्दा धेरै नेपालीहरु सहभागी हुन्छन् डिभी लोटरीमा

डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने, बार्षिक १० लाखभन्दा बढी नेपाली डिभीमा सहभागी

अमेरिकाको डिभी लोटरी कार्यक्रममा पछिल्ला बर्षमा औषतमा बार्षिक १० लाख नेपालीहरु सहभागी हुदै आएका छन् । पासपोर्ट अनिवार्य गरेका बर्षहरुमा डिभी भर्नेको संख्या केही कमी आएपनि डिभी लोटरीका लागि पासपोर्ट अनिवार्यको नियम अदालतले हटाइदियो । सन् २०१९ मा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । २०२२ र २०२३ मा खुलेको डिभीमा पासपोर्ट अनिवार्य थिएन ।

पासपोर्ट अनिवार्य गर्दा पनि डिभी २०२१ मा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए ।  प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । डिभी २०२१ मा नेपालीको सहभागिता एसियाका देशमा दोश्रो र विश्वका देशमा पाँचौं स्थानमा थियो ।

डिभी २०२० मा १० लाख २६ हजार ४२३ नेपालीहरु सहभागीहरु रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु ३ लाख ८८ हजार ७ सय २७ रहेका थिए । डिभी २०१९ मा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।

डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने, बार्षिक १० लाखभन्दा बढी नेपाली डिभीमा सहभागी
नेपाली पासपोर्ट

डिभी २०१८ मा ११ लाख ८७ हजार ३ सय ५० जना नेपालीहरु सहभागी भएका थिए । जसमा ७ लाख २८ हजार ७ सय १८ नेपाली प्राथमिक आवेदक र उनीहरुका आफन्तहरु ४ लाख ५८ हजार ६ सय ३२ रहेका थिए । डिभी २०१७ मा ११ लाख ३६ हजार ६ सय २२ जना नेपालीहरु सहभागी भए । जसमा प्राथमिक आवेदक ६ लाख ९२ हजार १ सय ३७ र आफन्तहरु ४ लाख ४४ हजार ४ सय ८५ रहेका थिए । डिभी २०१६ मा १० लाख ९० हजार ८ सय ८० नेपालीहरुले डिभी कार्यक्रममा सहभागिता जनाए । जसमा प्राथमिक आवेदक ६ लाख ६४ हजार ८ सय ५४ र आफन्तहरु ४ लाख २६ हजार २६ जना रहेका थिए ।

डिभी २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए । त्यसैगरी डिभी २०१४ का लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने डिभी २०१३ मा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

डिभी २०१२ मा ३ लाख ९७ हजार ३६ नेपालीहरु सहभागी भएका थिए, जसमध्ये प्राथमिक आवेदक २ लाख ३८ हजार ६ सय ७८ जना रहेका थिए भने परिवारका सदस्यहरु १ लाख ५८ हजार ३५८ जना रहेका थिए । डिभी २०११ मा ३ लाख २२ हजार ७ सय ५८ जना नेपालीहरु सहभागी भएका थिए । जसमध्ये १ लाख ९४ हजार ३ सय ७३ प्राथमिक आवेदकहरु र उनीहरुका परिवारका सदस्यहरु १ लाख २८ हजार ३ सय ८५ जना रहेका थिए ।

डिभी २०१० मा ३ लाख ५६ हजार २ सय १६ नेपालीहरु सहभागी भएका थिए । जसमध्ये २ लाख ११ हजार ४ सय २१ प्राथमिक आवेदकहरु र १ लाख ४४ हजार ७ सय ९५ जना परिवारका सदस्यहरु रहेका थिए । डिभी २००९ मा २ लाख ९८ हजार १ सय ४१ जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ७० हजार ७ सय १६ प्राथमिक आवेदकहरु र १ लाख २७ हजार ४ सय २५ परिवारका सदस्यहरु रहेका थिए ।

डिभी २००८ मा ३ लाख ८९ हजार ९ सय ८९ आवेदकहरु सहभागी थिए । जसमध्ये २ लाख २२ हजार ४ सय ७७ प्राथमिक आवेदकहरु र १ लाख ६७ हजार ५ सय १२ परिवारका सदस्यहरु रहेका थिए । डिभी २००७ मा ३ लाख २७ हजार ३ सय ३० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ८९ हजार ४ सय ८४ प्राथमिक आवेदकहरु र १ लाख ३७ हजार ८ सय ४६ परिवारका सदस्यहरु रहेका थिए ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School