डिभी परेपछि कक्षा १२ को नक्कली प्रमाणपत्र बनाएर अमेरिकी दूतावासमा पेस, ७ जना पक्राउ



प्रकाशित मिति : माघ १८, २०८२ आईतबार

डिभी परेपछि कक्षा १२ को नक्कली प्रमाणपत्र बनाएर अमेरिकी दूतावासमा पेस, ७ जना पक्राउ

अमेरिकी डाइर्भसिटी भिसा (डिभी) कार्यक्रमको नाममा नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको म्याग्दी गाउँपालिका–७ का १९ वर्षीय किरण सिंह ठकुरीले काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट (नक्कली) भएको पुष्टि भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धानका क्रममा उक्त नक्कली प्रमाणपत्र बनाउने तथा प्रयोग गराउने कार्यमा संलग्न ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १९ वर्षीय ठकुरीसहित पर्वतको फलेवास नगरपालिका-१० का ४० वर्षीय अनिल शर्मा, काठमाडौंको तारकेश्वर नगरपालिका-७ का ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटको ककनी गाउँपालिका-१ का ४२ वर्षीय केशव फुयाँल, नुवाकोटको तादी गाउँपालिका-४ का विष्णु पाण्डे रहेका छन् । 

यस्तै, काठमाडौं महानगरपालिका–२ की ४३ वर्षीया दिपा लावती र गुल्मीको धुर्कोट गाउँपालिका २ का ५२ वर्षीय शोभाखर खनाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूलाई आइतबार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 





Source link

Leave a Comment