डाक्टर ! अब तिम्रो पालो ! : RajdhaniDaily.com


सिरिया यतिबेला चर्चामा छ । अचानक तानाशाह बशर अल असदलाई देशबाट पलायन गरिएपछि सिरियामा असद पिता पुत्रको ५४ वर्ष लामो तानाशाही शासन अन्त्य भएको छ । अब अगाडि के हुन्छ यकिनका साथ भन्न सकिन्न । थोरै सिरियाको इतिहास केलाउँदै आजको अवस्थासम्म त्यो देश कसरी आइपुग्यो भन्ने विषयमा चर्चा गर्दै छु । संक्षिप्त चर्चा परिचर्चा अगाडि बढाउनुअघि २६ फेबु्रअरी २०११ र २ सेप्टेम्बर २०१५ को सिरियाका दुई तस्बिरहरूका ’boutमा उल्लेख गर्न चाहन्छु । सन् २०११ को तस्बिरमा एउटा सामान्य सिमेन्टको भित्तामा रातो स्प्रे रङले अरबी अक्षरमा केही लेखिएको छ । त्यो एक लाइनको अरबी अक्षरको अंग्रेजी उल्था ‘इट इज योर टर्न, डक्टर’ हो । जसको नेपालीमा मतलब हो, ‘डाक्टर ! अब तिम्रो पालो !’ हो । सन् २०१५ को तस्बिरचाहिँ दर्दनाक छ । समुद्र किनारमा घोप्टो परेको अवस्थाको एक बालकको शव छ । यी दुवै तस्बिर विश्वभर फैलिएका थिए र निकै चर्चित भएका थिए । यी तस्बिरहरूका ’boutमा पुनः उल्लेख गर्नेछु । सिलसिलेवार ढंगले सिरियाको इतिहासका ’boutमा छोटो चर्चा गरौं ।

सन् १९४५ मा फ्रान्सेली औपनैवेशिक शासन सत्ताबाट मुक्त भई सिरिया स्वतन्त्र मुलुक बन्यो । तर, सन् १९७० सम्म यो मुलुक निरन्तर अस्थिरताको भुमरीभित्र रुमलिएर रह्यो । सत्ता फेरिरहने र सैनिक विद्रोह भइरहने मुलुकका रूपमा सिरिया चर्चित थियो । १९५० को दशकको केही वर्ष त यो मुलुक इजिप्टसँग गाभिएर संयुक्त अरब गणतन्त्रसमेत बन्यो । इजिप्टबाट अलग्गीसकेपश्चात पनि सन् १९६३ मा सैनिक विद्रोह भयो । सो विद्रोहमा हाफेज अल असद सामेल थिए । सफल विद्रोहपश्चात सत्तासीन बाथ पार्टीको सरकारले उनलाई हवाई सेनाको प्रमुख बनायो । पछि सन् १९६६ मा पुनः सैनिक विद्रोह भयो । त्यस विद्रोहमा पनि हाफेज अल असद सामेल थिए । यो सफल विद्रोहले हाफेजको पदोन्नति गरायो । उनी रक्षामन्त्री बनाइए । सन् १९६७ को प्रसिद्ध इजरायलविरुद्धको ‘सिक्स डेज वार’का बेला हाफेज रक्षामन्त्री थिए र उनी मन्त्री रहँदाकै अवस्थामा सिरियाले गोलान हाइट्स गुमाएको हो । सन् १९७० मा पुनः हाफेजकै नेतृत्वमा अर्को विद्रोह भयो र यसपटकको विद्रोहपछि उनी सत्ताको केन्द्र अर्थात् सरकारप्रमुख र राष्ट्रप्रमुख बन्न पुगे ।

हाफेज अल असदको शासन लामो नटिक्ने विश्लेषण गरिएको थियो । झन्डै २ करोड जनसंख्या भएको सिरियामा ७४ प्रतिशत जनता मुसलमान सुन्नी सम्प्रदायका थिए भने १६ प्रतिशत शिया मुसलमान र बाँकी १० प्रतिशत इशाई थिए । स्वयं हाफेज अल असद अल्पसंख्यक शिया सम्प्रदायबाट आएका हुँदा उनको सत्ता लामो समय नटिक्ने अनुमान गरिएको थियो । तर, सेनामा राम्रो पकड भएका हाफेजले प्रमुख पदहरूमा तत्कालै विश्वासपात्रहरू भरे र खुफिया तन्त्रलाई अत्यन्तै बलियो बनाए । त्यसपछि कुनैखाले सानो असन्तुष्टिलाई समेत निर्ममतापूर्वक दबाउने नीति लिइयो । सन् १९८२÷८३ मा ‘मुस्लिम ब्रदरहुड’का नामबाट एउटा उल्लेखनीय विद्रोहको झिल्को देखिएको पनि थियो । तर, हाफेजले त्यसबेला झन्डै २० हजार व्यक्तिको हत्या गरेको विश्वास गरिन्छ । उनी विद्रोह दबाउन सफल रहे । बहुसंख्यकमा असन्तुष्टि रहे पनि मुलुकको आर्थिक अवस्था सन्तोषजनक थियो । जनताले रोजगारी पाएका थिए । त्यसकारण असन्तुष्टिले ठूलो विद्रोहको रूप लिन पाएन भन्दा अत्युक्ति नहोला ।

हाफेजले आफ्ना भाइ रिफातलाई उत्तराधिकारीका रूपमा तयार गरेका थिए । तर, सन् १९८३ मा हाफेज बिरामी भएका बेला महत्वाकांक्षी रिफातले सत्ता हत्याउन खोजे र फलस्वरूप उनी देशनिकालामा परे । त्यसपछि उत्तराधिकारीका रूपमा हाफेजको छनोट थियो ठूला छोरा बसिल अल असद । तर बसिल पनि एक कार दुर्घटनामा मारिन पुगे । त्यसपछि बाध्यताबस साना छोरा नेत्र चिकित्सक बशर अल असद छानिएका हुन् ।

सन् २००० मा हाफेज अल असदको मृत्यु भएपश्चात अनुभवहीन बशर अल असद सिरियाको राष्ट्रपति बने । भित्रभित्रै निकै असन्तुष्टि भए पनि बाहिर शान्ति नै थियो । असदका विरुद्ध प्रकट रूपमा आवाज उठ्न सकेको थिएन । तर, सन् २००६ देखि २०१० सम्म लगातार ४ वर्ष सिरियामा पटक्कै वर्षा भएन र एकप्रकारले अनिकाल प¥यो । जनता अत्यन्तै मुस्किलमा परे । असद परिवार र शिया समुदाय त आनन्दमै थिए । जनतामा असन्तुष्टि चुलिनु स्वाभाविक थियो । तर पनि विद्रोह प्रकट हुन सकिरहेको थिएन । असद शासनको सेनाले विद्रोहको सानो झिल्कोलाई पनि निर्ममतापूर्वक दबाउँथ्यो ।

ठीक त्यहीबेला मध्यपूर्वका अन्य देशमा विद्रोहको लहर चल्यो । ‘अरब स्प्रिङ’ नाम दिइएको त्यस विद्रोहको लहरमा लिबियाका शासक कर्णेल कद्दाफी मारिए भने इजिप्टका होस्नी मुबारक र ट्युनिसियाका बेन अलि सताच्युत भएर पलाएन हुन बाध्य भए । आफ्नो ’roundका यी परिदृश्यले असदलाई अझ कठोर र चनाखो बनाउनु स्वाभाविक थियो । उनले आफ्नो सुरक्षा खुफियातन्त्रलाई अझ कसिलो बनाए र सानोभन्दा सानो असन्तुष्टिलाई पनि तत्काल दबाउन आदेश दिए । तर इजिप्ट, लिबिया र ट्युनिसियाका रोमाञ्चक कथाहरू सिरियाली जनतामाझ पुगिरहेकै थियो र उनीहरू उकुसमुकुसको अवस्थामा थिए । सायद उनीहरू उपयुक्त अवसरको प्रतीक्षामा थिए ।

२६ फेबु्रअरी २०११ का दिन एउटा सानो झिल्को देखा प¥यो । सिरियाको ‘दारा’ भन्ने सहरको विद्यालयबाट १३–१४ वर्ष उमेरका १५ किशोर निस्के । त्यसमध्ये १४ वर्षीय मैवाविया सिस्नेहलाई के मनमा आएछ खोइ ? एउटा रातो रङको स्प्रेले विद्यालयको भित्तामा अरबी लिपिमा एक लाइन कोरे । त्यो लाइनको अंग्रेजी अर्थ थियो, ‘इट इज योर टर्न, डक्टर !’ अर्थात् नेपालीमा ‘डाक्टर ! अब तिम्रो पालो !’

२६ फेबु्रअरी २०११ का दिन एउटा सानो झिल्को देखा प-यो । सिरियाको दारा भन्ने सहरको विद्यालयबाट १३÷१४ वर्ष उमेरका १५ जना किशोरहरू निस्के । त्यसमध्ये १४ वर्षीय मैवाविया सिस्नेहलाई के मनमा आएछ खोइ एउटा रातो रङको स्प्रेले विद्यालयको भित्तामा अरबी लिपिमा एक लाइन कोरे । त्यो लाइनको अंग्रेजी अर्थ थियो, ‘इट इज योर टर्न, डक्टर !’ अर्थात् नेपालीमा ‘डाक्टर ! अब तिम्रो पालो !’ बशर अल असद नेत्र चिकित्सक थिए र त्यसैकारण उनलाई डाक्टर उपनामले पनि सम्बोधन गरिन्थ्यो । सिस्नेहले निश्चित रूपमा असदलाई इंगित गर्दै भनेका थिए– इजिप्ट, लिबिया र ट्युनिसियामा झैं अब जाने पालो तिम्रो ।

भित्तामा लेखिएको त्यो एक लाइनको नाराको तस्बिर सिरियाभरि फैलिन थाल्यो । दारा सहरका सुरक्षा प्रमुखलाई थाहा नहुने कुरै भएन । उनले भोलिपल्टै विद्यालयमा आएर १५ जना विद्यार्थीको समूहलाई नै गिरफ्तार गरेर लगे । उनलाई त्यस समूहले लेखेको भन्ने त थाहा भयो तर यसैले भनेर यकिन गर्न सकेका थिएनन् । ती किशोरलाई यातना दिन थालियो । नङ निकाल्ने, नांगै बनाएर कुट्ने र करेन्ट लगाउने जस्ता चरम यातना दिइयो । विद्यार्थीका अभिवावकहरू सुरक्षा चौकीमा आएर धर्ना दिन थाले । त्यसरी आएका अभिवावकलाई एक दिन एक सुरक्षाकर्मीले भनेछन्, ‘ती केटाकेटीलाई बिर्सिदेऊ, अर्को बच्चा जन्माउनतिर लाग, बच्चा जन्माउन सक्षम छैनौ भने तिम्रा श्रीमतीहरूलाई सुरक्षाकर्मीकहाँ पठाइदेऊ हामी जन्माइदिन्छौं ।’ सुरक्षाकर्मीको यस्तो वचनले अभिवावकहरू झनै क्रुद्ध हुनु स्वाभाविक थियो । विद्यार्थीलाई यातना दिइएको र सुरक्षाकर्मीले यस्तो अभद्र कुरो बोलेको खबर सिरियाभरि फैलिन थाल्यो र सिरियाका गाउँ सहरमा प्रदर्शन हुन थाल्यो । यस्तो चाला देखेर असद झस्के । यी प्रदर्शनले क्रान्तिको रूप लेला भन्ने डरले ती विद्यार्थीलाई तत्काल रिहा गर्न आदेश दिइयो । गिरफ्तार भएको ४५ दिनपछि ती किशोर रिहा भए ।

रिहा भएका किशोरहरूको अवस्था देखेपछि र तिनीहरूले बताएको यातनाको कथा सुनेपछि दारा सहरवासी अत्यन्तै आक्रोशित भए । भोलि वा पर्सिपल्ट शुक्रबारका दिन नमाज पढ्न जम्मा भएको भीडले बाहिर आएर सरकारविरुद्ध नारा लगाउन थाल्यो । सिरियामा सरकारविरुद्ध खुलमखुला नारा लागेको यो सायद पहिलोपटक थियो । सरकारले लठी डन्डाका साथै गोली पनि चलायो र दुई प्रदर्शनकारीको मृत्यु भयो । त्यसको भोलिपल्ट मृतकका शवका साथ झन ठूलो प्रदर्शन भयो । यस्तो प्रदर्शन मुलुकभर फैलिन थाल्यो । सरकारले टैंक र हेलिकोप्टर लगाएर गोली चलाउन थाल्यो । हजारौं निहत्था जनताको मृत्यु हुन थाल्यो र लाखौंलाख जनता पलायन हुन थाले । डेढ करोड सिरियाली जनताले मुलुक छाडेको बताइन्छ । माथि उल्लेख गरिएको मृत बालकको तस्बिर त्यस्तै पलायन हुन खोजेका मातापिताका बच्चाको हो । चरम दमनबाट आजित भएर मुलुक छोड्न खोज्ने जनतालाई पनि असद सरकारले कडीकडाउ ग¥यो । सबै नाकामा अत्यन्तै कडा भएका कारण आफ्नो सानो बच्चालाई साथै लिएर सानो डुंगाबाट समुद्री बाटो हुँदै भाग्न खोजेकालाई समुद्रको लहरले हुत्याएर किनारमा बजारिदियो र ती बच्चा त्यसरी समुद्रले हुत्याएर किनारमा पु¥याइएका हुन् ।

एकातिर निहत्था जनता र अर्कोतिर समस्त शस्त्रास्त्रसहितको सरकार । हजारौं जनता मारिन थाले । यसरी आफ्नै देशवासी आफ्नो गोलीले मारिन थालेपछि सेनाभित्र रहेका बहुसंख्यक सुन्नी समुदायले विद्रोह गर्न थाल्यो । सेनाबाट बाहिरिएका तालिमप्राप्त सेनाले आमजनतालाई समेत तालिम दिएर फ्री सिरियन आर्मी नामको बेग्लै सेना गठन ग¥यो । यसरी सिरियाली सरकारविरुद्ध बहुसंख्यक सुन्नी जुरमुराएको देखी बगदादीको आईएसआई (इस्लामिक स्टेट अफ इराक)ले नाम फेरेर आईएसआईएस (इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया) बन्दै सिरियामा असदविरुद्ध सक्रिय भयो । मुलुकको उत्तर पूर्वमा सशस्त्र कुर्द विद्रोहीहरू त छँदै थिए । अब सिरियामा सरकारविरुद्ध तीन सशस्त्र समूह सक्रिय भए । त्यसपछि त सुन्नी बहुल अरब देशहरूले पनि विद्रोहीलाई मद्दत गर्न थाले । संसारको एक मात्र शिया बहुल राष्ट्र इरानले असदलाई समर्थन ग¥यो भने मध्यपूर्वमा आधार खोजिरहेको रूसले पनि आफ्ना पुराना मित्र असदलाई समर्थन ग¥यो । रूसको प्रवेशपछि अमेरिका चुप रहने कुरै भएन । असद विरोधी समूहलाई अमेरिकाले सघाउन थाल्यो । सिरियामा त अप्रत्यक्ष नै भए पनि अमेरिकाले बगदादीलाई समेत सघाएको हो । समग्रमा सिरिया अन्तर्राष्ट्रिय चलखेलको मैदान बन्यो र चरम गृहयुद्धको थलो बन्यो ।

यति हुँदा पनि असद टिकेकै थिए । महाशक्ति राष्ट्र रूस र छिमेकी इरानको बलियो समर्थनका कारण असद टिकेका थिए । तर, विगत केही महिनायता युक्रेन युद्धका कारण रूसले सिरियालाई बलियो भरथेग गर्ने अवस्था रहेन भने हिजबुल्लाह र लेबनान अनि अन्ततः इजरायलसँग सम्भाव्य प्रत्यक्ष भिडन्तका कारण इरानको ध्यान पनि त्यतै बढी केन्द्रित हुन पुग्यो । बशर अल असद कमजोर भएको अवस्थामा विद्रोहीले अकस्मात घेरेर असदलाई लखेटेका छन् । अब सिरियामा के हुन्छ भन्ने त भविष्यकै गर्भमा छ । तर, सिरिया अक्षुण्ण रहने चाहिँ झिनो सम्भावना छ । कुर्दीस्तान बन्ने लगभग पक्का छ । इजरायल गत तीन दिनभित्रै गोलान हाइट्स भन्दा बफर जोन पनि नाघेर दमास्कसको नजिक पुगिसकेको छ । टर्कीले आफूसँग जोडिएको तेल भण्डार हत्याउने पक्का छ । सिरिया कुन रूपमा कसरी बाँकी रहने हो भन्न सकिन्न ! तानाशाहले जनतालाई कसरी आतंकित पार्छन्, कसरी कष्ट दिन्छन् र अन्ततः कसरी विदेशी भित्रन्छन् अनि मुलुकको अस्तित्व नै खतरामा पर्छ भन्ने कुराको सिरिया ज्वलन्त उदाहरण हो ।

(Visited 7 times, 1 visits today)





Source link

Leave a Comment