ट्रम्प र पुटिनबीचको टेलिफोन कुराकानी तरंग : युरोपका नेताहरुले पेरिसमा आकस्मिक बैठक गर्दै



प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

युक्रेन युद्धका बिषयमा छलफल गर्न युरोपेली संघमा आवद्ध देशहरुले आकस्मिक बैठक आयोजना गर्ने भएका छन । यो बैठक फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने बताइएको छ ।

युक्रेन युद्धको बिषयमा हुने अमेरिका र रुसबीचको शान्ती वार्तामा युरोपलाई बाहिर राखिन सकिने संभावना देखिएकाले यसबारेमा छलफल गर्न युरोपेली देशका नेताहरुले आकस्मिक छलफलका आवश्कता महशुष गरेको देखिएको छ । अर्को हप्ता यो छलफलको आयोजना गरिएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मर पेरिस जाने अपेक्षा गरिएको छ । युक्रेन युद्धका विषयमा हुने सहमतिमा युक्रेनको सहभागिता अनिवार्य रहेको उनले बताइरहेका छन ।

ट्रम्प र पुटिनबीचको टेलिफोन कुराकानी तरंग : युरोपका नेताहरुले पेरिसमा आकस्मिक बैठक गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत केथ केलीगले युरोपेली नेताहरूसँग परामर्श गरिनेछ तर कुनै पनि शान्ति वार्तामा तिनीहरूलाई सहभागी गराइने छैन भनेर अभिव्यक्ति दिएका थिए ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरू साउदी अरबमा रुस र युक्रेनी वार्ताकारसँग भेट्ने बताएका छन ।

बेलायती प्रधानमन्त्री केयरले अमेरिकी र युरोपलाई एकताबद्ध बनाइ शान्तिका लागि साझा दृष्टिकोण सुनिश्चित गर्नको भूमिका निर्वाह गर्नसक्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीले युरोपेली नेताहरूका विचारहरूका बिषयमा ट्रम्पसँग आगामी महिनाको अन्त्यमा ह्वाइट हाउसमा छलफल गर्नेछन् ।

आकस्मिक बैठकपछि युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको थप बैठक आयोजना हुनेसक्ने अपेक्षा गरिएको छ ।

ट्रम्प र पुटिनबीचको टेलिफोन कुराकानी तरंग : युरोपका नेताहरुले पेरिसमा आकस्मिक बैठक गर्दै

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार म्युनिक सुरक्षा सम्मेलनमा युरोपको सेना बनाउन माग गरेका थिए । जेलेन्स्कीले अमेरिका र युरोप बीचको पुरानो सम्बन्ध अन्त्य भएको पनि दावी गरेका छन ।





Source link

Leave a Comment