ट्रम्प प्रशासन सुरु भएदेखि अगस्तमा अहिलेसम्मकै कम नेपाली डिपोर्ट, मे को तुलनामा ७२ प्रतिशत कम



प्रकाशित मिति : भाद्र १५, २०८२ सोमबार

ट्रम्प प्रशासन सुरु भएदेखि अगस्तमा अहिलेसम्मकै कम नेपाली डिपोर्ट, मे को तुलनामा ७२ प्रतिशत कम

ट्रम्प प्रशासन सुरु भएपछि अमेरिकाबाट नेपाल फर्काइएका नेपाली नागरिकको संख्या बढेपनि पछिल्लो महिना भने डिपोर्ट हुने नेपालीहरुको संख्या घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को अगस्ट महिनामा १६ जनामात्र नेपाली डिपोर्ट भएका छन्, जसमा १ जना महिला र १५ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि जून ३० सम्ममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कुल २१५ जना नेपाली डिपोर्ट भएको तथ्यांक छ जस मध्ये १९७ जना पुरुष र १८ महिला छन् ।

नेपालीको टीपीएस समाप्त भइसकेकाले यो संख्या आगामी दिनमा बढ्ने अनुमान गरिएको छ किनभने अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीहरु टीपीएसबाट संरक्षित छन् । उनीहरुको टीपीएस अगस्त २० मा समाप्त भइसकेकाले अमेरिकी अध्यागमनले उनीहरुलाई पक्राउ गरेको खण्डमा सिधै डिपोर्ट गर्न सक्छ । त्यस्तै विगतमा टीपीएसले नसमेटेका झण्डै १५ सय नेपालीहरु पनि देशनिकालाको आदेश पाइसकेपछि अमेरिकामा नै बसिरहेको तथ्यांक हालै आइसले सार्वजनिक गरेको छ ।

जनवरीदेखि नेपालीहरुको डिपोर्टको तथ्याकं लाइ हेर्दा जनवरी, फेब्रुअरी, जुलाई र अगस्त महिनाको संख्या तुलनात्मक रुपमा कम हो । सबै भन्दा धेरै मेमा ५८ र जून महिनामा ४२ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएका थिए । मे महिनाको तुलनामा अगस्तमा डिपोर्ट हुने नेपालीहरुको संख्यामा झण्डै ७२ प्रतिशतले कमी देखिएको छ । तथ्यांकअनुसार सन् २०२५ मा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जूनमा ४२ र जुलाईमा १७ जना नेपाली डिपोर्ट भएका थिए ।

ट्रम्प प्रशासन सुरु भएदेखि अगस्तमा अहिलेसम्मकै कम नेपाली डिपोर्ट, मे को तुलनामा ७२ प्रतिशत कम

अमेरिकाको राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भय संगै देशनिकाला नीतिमा थप कडाइ गरिएको छ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यो नीतिका कारण ठूलो संख्यामा नेपालीहरू देशनिकालाको जोखिममा परेका हुन् ।

नेपालीको टीपीएस र त्यसका आधारमा प्राप्त वर्क परमिट अगस्त २० पछि अमान्य भएको युएससीआईएसले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले नेपालको टीपीएस समाप्त गरेको र अगस्ट २० मा नवौं सर्किट अदालतले समाप्ति स्थगित गर्ने तल्लो अदालतको आदेशलाई रोक लगाएकाले टीपीएसको समाप्ति प्रभावकारी बनाउन अनुमति मिलेको उल्लेख गर्दै अगस्ट २०, २०२५ देखि टीपीएस सुविधाहरू लागू नरहेको युएससीआईएसले जनाएको थियो । अमेरिकामा झण्डै ७ हजार नेपालीहरु टीपीएसमा रहेका थिए ।

नेपालले डिपोर्ट हुने आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीका लागि ट्राभल डकुमेन्ट अनुरोध गरेपछि दूतावासले सहजै कागजात उपलब्ध गराउँदै आएको छ। यद्यपि, तेस्रो मुलुक हुँदै नेपाल डिपोर्ट हुने नेपालीहरु समेत छन् ।

राष्ट्रपति ट्रम्पले डिपोर्ट हुने नागरिक स्वीकार नगर्ने देशहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कतिपय देशका सरकारी अधिकारीमाथि अमेरिकी भिसा प्रतिबन्धसमेत लगाइएको छ। तर, नेपालले आफ्ना नागरिकलाई स्वीकार गर्ने नीतिलाई निरन्तरता दिएकोले अमेरिकासँग कुनै तनाव उत्पन्न भएको छैन।

सन् २०२५ मा डिपोर्ट हुने नेपालीको संख्या उल्लेखनीय रूपमा बढेसँगै नेपाली समुदायमा चिन्ता बढेको छ। टीपीएस समाप्ति भएमा र कडा आप्रवासन नीतिहरूले यो समस्या थप जटिल बनाएको छ ।

ट्रम्प प्रशासन सुरु भएदेखि अगस्तमा अहिलेसम्मकै कम नेपाली डिपोर्ट, मे को तुलनामा ७२ प्रतिशत कम





Source link

Leave a Comment