ट्रम्प प्रशासन द्वारा यूएसएआइडीका १६०० कर्मचारी बर्खास्त, ४२०० लाई प्रशासनिक बिदामा बस्न निर्देशन



प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार

अमेरिकामा ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी)का करिव २ हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आइतबार मध्यराति देखि लागू हुने गरि १ हजार ६ सय यूएसएआइडीका कर्मचारीहरुलाई बर्खास्त गरिएको हो ।

करिव ४ हजार २ सय कर्मचारीहरुलाई प्रशासनिक बिदामा बस्न निर्देशन दिइएको छ । प्रशासनिक बिदामा बस्न लगाइएका कर्मचारीहरुलाई पुन रोजगारीको अवसर दिइने छ या स्थायी रुपमै उनीहरुको पद खारेज गरिने छ भनेर बताइएको छैन ।

हजारौं यूएसएआइडीका कर्मचारीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार नै यो निर्णय भएको हो ।

ट्रम्प प्रशासन द्वारा यूएसएआइडीका १६०० कर्मचारी बर्खास्त, ४२०० लाई प्रशासनिक बिदामा बस्न निर्देशन

ट्रम्प प्रशासन द्वारा यूएसएआइडीका १६०० कर्मचारी बर्खास्त, ४२०० लाई प्रशासनिक बिदामा बस्न निर्देशन

एक संघीय न्यायाधीशले अस्थायी रुपमा यूएसएआइडीका कर्मचारीहरूलाई घटाउने योजनामा रोक लगाएको भएता पनि उक्त रोक स्थायी नहुने बताएका कारण प्रशासनले यो निर्णय गरेको हो ।

सन १९६१ मा स्थापना भएको यूएसएआइडी ले हालसम्म १० हजार कर्मचारीलाई रोजगार दिइरहेको थियो ।

आईतबारका दिन यूएसएआइडीका कर्मचारीहरूलाई पठाइएको सूचनामा प्रशासनिक कार्यकारी कार्यालयले महत्वपूर्ण कार्यहरूमा संलग्न वा नेतृत्वमा रहेका कर्मचारीहरुलाई प्रशासनिक बिदाबाट मुक्त गरिने उल्लेख छ ।

कति कर्मचारीहरू यूएसएआइडीमा राखिनेछन् बताइएको छैन । तर यूएसएआइडी ले पहिले ६११ जना कर्मचारीलाई आवश्यक मान्दै उनीहरूलाई विशेष मान्यता दिएको थियो ।

सूचनामा यूएसएआइडी ले विदेशमा कार्यरत कर्मचारीहरूको स्वदेश फिर्तीको खर्च बहन गर्ने योजना रहेको पनि उल्लेख गरिएको छ ।

ट्रम्प प्रशासन द्वारा यूएसएआइडीका १६०० कर्मचारी बर्खास्त, ४२०० लाई प्रशासनिक बिदामा बस्न निर्देशन

कम्तीमा ५ हजार ८ सय कर्मचारी प्रशासनिक बिदामा वा बर्खास्त हुनसक्ने देखिएको छ ।

गत शुक्रबार वाशिंगटन डिसी का न्यायाधीश कार्ल निकोल्स द्वारा गरिएको निर्णयपछि पछिल्लो घटनाक्रम विकसित भएको हो ।

न्यायाधीशको निर्णयमा ट्रम्प प्रशासनलाई यूएसएआइडीका कर्मचारीहरूलाई हटाउने योजनामा अघि बढ्न अनुमति दिइएको छ ।

ट्रम्प प्रशासनले संघीय श्रमिक बललाई घटाउने र लागत कटौती गर्ने योजना बनाएको छ । जसको नेतृत्व एलन मस्कले गरिरहेका छन ।





Source link

Leave a Comment