ट्रम्प प्रशासनले ५ हजार डलरको चेक दिएमा कम आम्दानी हुनेले नपाउने सम्भावना



प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

ट्रम्प प्रशासनले ५ हजार डलरको चेक दिएमा कम आम्दानी हुनेले नपाउने सम्भावना

एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी करदातालाई सरकारी दक्षता विभागको तर्फबाट ५ हजार डलरको लाभांश चेक हस्तान्तरण गर्ने चर्चाले गत हप्तामा समाचारका हेडलाइनहरू समेत बनाएको थियो । सरकारी दक्षता विभागले उत्पन्न गरेको बचतको २० प्रतिशत रकम योग्य करदाताहरूलाई फिर्ता गर्ने प्रस्ताव अनुरुप यो विषय चर्चामा आएको हो । यद्यपी यसबारे कुनै निर्णय भने भइसकेको छैन ।

सुरुमा जेम्स फिशब्याकले प्रस्तुत गरेको योजनामा विभागले २ ट्रिलियन डलर बचत गरेको खण्डमा त्यसको २० प्रतिशत अर्थात् ४ सय बिलियन लगभग ७९ मिलियन करदाताका परिवारहरूमा बाड्दा प्रति परिवार ५ हजार डलर हुन आउँछ । तर त्यो लक्ष्य पूरा हुन निकै मुस्किल रहेको छ । किनभने वास्तविक तथ्यांक यो भन्दा निकै फरक रहेको छ ।

यदि विभागले १ ट्रिलियन डलर बचत गर्न सकेमा यो रकम आधामा झर्नेछ । तर उक्त लक्ष्य समेत पूरा हुन मुस्किल रहेको छ । विभागको दावी अनुशार अहिलेसम्म विभागले ५५ बिलियन डलर बचत गरेको छ । यसलाई आधार मान्ने हो भने २० प्रतिशत भनेको ११ बिलियन हुन आउँछ । यो ७९ मिलियन करदातालाई बाड्दा हरेकको भागमा १३९ डलरमात्र पर्न आउँछ । फिशब्याकले सन् २०२६ को जुलाईमा विभागको समाप्तीपछि यो चेक पठाउन सुझाव दिएका थिए ।

ट्रम्प प्रशासनले ५ हजार डलरको चेक दिएमा कम आम्दानी हुनेले नपाउने सम्भावना

ट्रम्प प्रशासनले ५ हजार डलरको चेक दिएमा कम आम्दानी हुनेले नपाउने सम्भावना

तर विभागले अहिले दावी गरेको ५५ बिलियन डलरबारे पनि प्रश्न उठेको छ । न्युयोर्क टाइम्सले यो दावी गलत रहेको बताएको थियो । यो विवरणमा लेखा त्रुटिहरू, गलत अनुमानहरू, पुरानो डाटा र अन्य गल्तीहरूले बिग्रिएको विवरण रहेको न्युयोर्क टाइम्सको अनुसन्धानबाट पत्ता लागेको थियो । केहि बचतहरू दोब्बर वा तीन गुणा गणना गरिएको थियो। विभागले एउटा सम्झौतामा ८ बिलियन बचत भएको थियो तर वास्तविक रुपमा यो संख्या ८ मिलियन रहेको थियो ।

पोलिटिकोले अहिलेको दावी काटछाँट गरेर साढे २७ बिलियनमा झार्ने हो भने एउटा करदाता परिवारले ७० डलरको चेक पाउने विश्लेषण गरेको थियो । अर्कोतर्फ कम आम्दानी हुनेहरुले यो चेक नपाउने देखिएको छ । किनभने प्रारम्भिक प्रस्तावमा यो चेक आयकर तिर्ने ७९ मिलियन अमेरिकनहरुलाईमात्र दिने उल्लेख थियो । तर अमेरिकामा बार्षिक ४० हजार डलरभन्दा कम आम्दानी हुने अधिकांश अमेरिकनले ट्याक्स फाइल गर्दा सरकारलाई तिर्न नपर्ने तथ्यांक रहेको छ । अर्थात् उनीहरुले ट्याक्स फाइल गर्दा आईआरएसबाट विभिन्न ट्याक्स क्रेडिटहरुबापत रिफण्ड प्राप्त गर्छन् । यसरी रिफण्ड पाउनेहरु मस्कको दक्षता विभागबाट चेक पाउन योग्य हुनेछैनन् ।

फिशब्याकका अनुशार यो लाभांश चेक विगतमा कोरोना महामारीका बेलामा दिइएको राहत चेकभन्दा फरक हुनेछ । विगतको राहत चेक ट्याक्स तिर्न नपर्ने भएतापनि ट्याक्स फाइल गर्ने प्राय सबैले पाएका भएपनि यो लाभांश चेक भने कर तिर्ने घरपरिवारहरूले मात्र प्राप्त गर्ने उनको भनाई छ । एक अन्तर्वार्तामा फिशब्याकले यो लाभांश चेक तोकिएको भन्दा माथि आम्दानी हुने घरपरिवारहरूमा मात्र जाने बताएका छन् । अर्थात् कम आम्दानी हुनेलाई चेक पठाइने छैन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School