ट्रम्प प्रशासनले संघीय अनुदान रोक्ने निर्णय गरेपछि अमेरिकी विश्वविद्यालयहरुमा तनाव



प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

अमेरिकी ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयको २ बिलियन डलर भन्दा बढीको अनुदान रोकिएपछि अमेरिकी विश्वविद्यालयहरूमा तनाव चुलियो छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई सरकारको नीति परिवर्तन गर्न अस्वीकार गरेपछि २ बिलियन डलरभन्दा बढीको बहुवर्षीय अनुदान र सम्झौताहरू रोकिदिएपछि अमेरिकी विश्वविद्यालयमा तनाव सिर्जना भएको हो ।

ट्रम्प प्रशासनले विविधता, समानता र समावेशिता डीइआई कार्यक्रमहरू हटाउनु पर्ने , क्याम्पसमा विरोध प्रदर्शनका क्रममा मास्क लगाउन निषेध गरिनु पर्ने, योग्यता आधारित भर्ना र नियुक्ति प्रणाली लागू गर्नुपर्ने,शिक्षाभन्दा बढी राजनीतिक आन्दोलनमा संलग्न भनिएका प्राध्यापक र प्रशासकहरूको अधिकार कटौती गर्नुपर्ने माग विश्वविद्यालयले प्ुरा गर्नुपर्ने बताउदै आएको छ ।

ट्रम्प प्रशासनले संघीय अनुदान रोक्ने निर्णय गरेपछि अमेरिकी विश्वविद्यालयहरुमा तनाव

ट्रम्प प्रशासनले संघीय अनुदान रोक्ने निर्णय गरेपछि अमेरिकी विश्वविद्यालयहरुमा तनाव

हार्वर्ड विश्वविद्यालयले ती मागहरू अस्वीकार गरेपछि प्रशासनले प्रशासनले कडा कदम चालेको हो । ट्रम्प प्रशासनले मागहरू इजरायल हमास युद्धको प्रतिक्रियामा क्याम्पसमा यहूदी विद्यार्थीहरूप्रति भएको द्वेषभावना रोक्नका लागि अगाडी सारिएको बताएको छ ।

तर विश्वविद्यालयहरू भने यसलाई “राजनीतिक दवाब” र “अवैधानिक हस्तक्षेप” भनी विरोध गरिरहेका छन् ।

पूर्व वित्तमन्त्री र हार्वर्डका पूर्व अध्यक्ष लरी समर्सले “सरकारको यस्तो कदम ‘सिधा आक्रमण’ र ‘अवैधानिक दण्ड’ हो भनेका छन । सरकारले कानून तोडेर राजनीतिक मागहरू थोपर्न नसक्ने उनले बताएका छन ।

कोलम्बिया विश्वविद्यालयले ४०० मिलियन अनुदान रोक्ने धम्कीपछि ट्रम्प प्रशासनसँग नीति वार्ता थालेको थियो । तर कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले सरकारको कडा निर्देशनले स्वतन्त्रता र सुधारलाई कमजोर पार्न सक्ने भएकाले आत्मसमर्पण नगर्ने बताएका छन ।

स्ट्यानफोर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनले यहूदीविरोधी गतिविधिका लागि अनुसन्धान गरिरहेको बताएको छ । अध्यक्ष जोनाथन लेविन र प्रोभोस्ट जेनी मार्टिनेजले सरकारको लगानीले विश्वविद्यालय बलियो बनाएको हो तर नियन्त्रणले होइन भनेको छ ।

ट्रम्प प्रशासनले संघीय अनुदान रोक्ने निर्णय गरेपछि अमेरिकी विश्वविद्यालयहरुमा तनाव

प्रिन्सटन विश्वविद्यालयले २१० मिलियन अनुसन्धान अनुदान रोकिएको बताएको छ ।

अध्यक्ष क्रिस्टोफर यो कदम १९५० को रेड स्केयरपछि अमेरिकी विश्वविद्यालयमाथिको सबैभन्दा ठूलो खतरा हो भन्दै हार्वर्डको साथमा रहेको बताएका छन ।





Source link

Leave a Comment