ट्रम्प प्रशासनले गर्‍यो एसाइलम सम्बन्धी सबै निर्णयहरू रोक्ने घोषणा



प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार

ट्रम्प प्रशासनले गर्‍यो एसाइलम सम्बन्धी सबै निर्णयहरू रोक्ने घोषणा

अमेरिकी ट्रम्प प्रशासनले सबै आश्रय (एसाइलम) सम्बन्धी निर्णयहरू रोक्ने घोषणा गरेको छ।

वाशिङ्टन डीसीमा दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन्। यो निर्णय केही समय कायम रहने अनुमान गरिएको छ।

यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्विसेस (यूएससीआइएस) का निर्देशक जोसेफ एड्लोले ‘एक्स’ मा लेख्दै प्रत्येक विदेशी नागरिकलाई चेकजाँच गर्ने सुनिश्चितता भएपछि मात्र यो रोकावट हटाइने उल्लेख गरेका छन्।

सबै तेस्रो विश्वका देशहरूबाट अमेरिकातर्फको आप्रवासन स्थायी रूपमा रोक्ने ट्रम्प प्रशासनको प्रतिबद्धतापछि यो घोषणा ट्रम्पले त्यसै दिन गरेका हुन्।

ट्रम्प प्रशासनले गर्‍यो एसाइलम सम्बन्धी सबै निर्णयहरू रोक्ने घोषणा

बुधबार भएको गोलीकाण्डमा आक्रमणकारीका रूपमा एकजना अफगानी नागरिक पक्राउ परेपछि घटनाले ठूलो राजनीतिक प्रतिक्रिया उत्पन्न गरेको छ। घटनामा घाइते भएकी एकजना नेसनल गार्ड सदस्यको मृत्यु भइसकेको छ। अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

यूएससीआइएसका कर्मचारीहरूलाई सबै देशका आश्रय निवेदनहरूलाई स्थगन गर्न आदेश गरिएको छ। यो घटनापछि ट्रम्प प्रशासनले आप्रवासनमै कडाइ गर्दै आएका कदमहरूलाई अझ कडा बनाएको छ।

अवैध रूपमा प्रवेश गर्ने आप्रवासीहरूको सामूहिक देश निकाला, शरणार्थी स्वीकृति कोटा उल्लेखनीय रूपमा घटाउने, अमेरिकी भूमिमा जन्मिने अधिकांश व्यक्तिलाई स्वतः अमेरिकी नागरिकता दिने अधिकार अन्त्य गर्ने प्रयास लगायतका विषयमा ट्रम्प प्रशासन कठोर बन्दै गएको देखिएको छ।

यसै क्रममा, अमेरिकी सरकारले बुधबारदेखि अफगान नागरिकहरूसँग सम्बन्धित सबै इमिग्रेशन प्रक्रिया पनि रोकेको छ।

यूएससीआइएसले १९ देशबाट आएका आप्रवासीलाई जारी गरिएका ग्रिन कार्डको पुनः परीक्षण गर्ने भनेर यसको छानबिन सुरु गरिसकेको छ।

ट्रम्पले शरणार्थीहरूले अमेरिकामा “सामाजिक अव्यवस्था” उत्पन्न गराएको आरोप लगाउँदै “तेस्रो विश्वका सबै देशहरूबाट हुने आप्रवासन स्थायी रूपमा रोक्ने” बताएका थिए।

उनले सोमालियाबाट आएका शरणार्थीहरूले मिनेसोटा राज्य “कब्जा गरेको” जस्ता विवादास्पद टिप्पणी पनि गरेका छन्।

संयुक्त राष्ट्रसंघले भने सबै देशलाई १९५३ को शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पालन गर्न आग्रह गरेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment